Neta Jawaf Deu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Neta Jawaf Deu, Social service, Nepal, Kathmandu.
शासक होइन, सेवक बन! 🚫 नेताको स्टन्टबाजी बन्द गर, जनताको प्रश्नको जवाफ देऊ। नागरिकको साझा मञ्च। तपाईंको अधिकार खोसिएको छ? हामीलाई भन्नुहोस्। नेपालका हरेक कुनाका अन्यायलाई यहाँबाट नंग्याइनेछ। #NetaJawafDeu
01/06/2026
जेलबाट फरारपछि आतंक फैलाउँदै हिँडेका गणेश कार्की गो ली लागेर प क्राउ
जडीबुटी क्षेत्रमा गो ली प्रहारपछि पक्रा उ परेका गणेश कार्की पूर्व प्रहरी जवान रहेको र पछि विभिन्न आपराधिक घटनामा संलग्न हुँदै जेल सजाय भोगेर समेत फरार भएका व्यक्ति भएको प्रहरीले जनाएको छ। २०६१ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले २०६४ सालमा जागिर छाडेका थिए। त्यसपछि उनी अभद्र व्यवहार, हातहतियार तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भई कैद सजाय समेत भोगेका थिए।
२०७९ सालमा डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका उनी २०८२ भदौमा कारागारबाट फरार भएका थिए। फरार भएपछि उनले काठमाडौं उपत्यकामा प्रहरीको नक्कली परिचय दिँदै लुटपाट, चोरी तथा विभिन्न आपराधिक गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ। कपन, गौशाला, तिलगंगा लगायत क्षेत्रमा भएका लुटपाट घटनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ।
खोजीका क्रममा गएराति जडीबुटीमा पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा लिइएको र उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
Thanks everyone for your support! 🎉
01/06/2026
Damak Case Update : दमकमा मृत अवस्थामा फेला परेकी एक महिलाको पहिचान खुलेको छ। प्रहरीले दिएको जानकारी अनुसार मृतक जिल्ला दमक नगरपालिका–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको सनाखत भएको हो। मिति २०८३ जेठ १७ गते मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर रमा तिवारी भएको पुष्टि गरेका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा रमा तिवारी मिति २०८३ जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी र त्यसपछि घर नफर्किएको बुझिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
🚨ब्याकिङ न्युज: पुल मुनि सेतो बोरामा शव फेला !
नमस्कार, यतिबेलाको एउटा ठुलो र निकै दुःखद खबर। पुल मुनि एउटा शंकास्पद सेतो बोराभित्र मानिसको शव फेला परेपछि यतिबेला स्थानीय क्षेत्रमा ठुलो खैलाबैला मच्चिएको छ।खोलाको पुल मुनि फालेको अवस्थामा स्थानीयबासीले एउटा सेतो प्लास्टिकको बोरा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा भित्र क्षतविक्षत अवस्थामा शव फेला परेको छ। प्रारम्भिक दृश्य हेर्दा कसैले हत्या गरेर प्रमाण लुकाउनकै लागि शवलाई बोरामा कसेर पुल मुनि फालेको हुन सक्ने अनुमान गरिएको छ।अहिले घटनास्थलमा नेपाल प्रहरीको विशेष अनुसन्धान टोली र डिएसपी (DSP) को कमाण्डमा टोली पुगिसकेको छ। प्रहरीले घटनास्थललाई घेराउ गरेर कानुनी प्रक्रिया सुरु गरिसकेको छ भने शवको पहिचान खुल्न अझै बाँकी रहेको बताइएको छ। आखिर यो शव कसको हो र कसले हत्या गरेर यहाँ फाल्यो? प्रहरीले यस घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरिसकेको छ। थप विवरण आउन बाँकी छ। हेर्दै गर्नुहोला 🚨 ब्रेकिङ न्युज: पुल मुनि सेतो बोरामा बाँधेर फालिएको अवस्थामा शव फेला! हत्या गरेर फालिएको आशंकामा प्रहरीले सुरु गर्यो गम्भीर अनुसन्धान। (थप विवरण भिडियोमा हेर्नुहोस्) 👇
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
44600
