शिवम मार्ग टोल सुधार समिति

शिवम मार्ग टोल सुधार समिति

Share

Official Page / आधिकारिक पेज
"स्वच्छ, सफा हराभरा बनाऔं कागेश्वरी मनोहरा"

16/04/2026

शुभ सन्ध्या, नमस्कार 🙏
शिवम मार्ग टोल निवासी श्री सुदर्शन कुमार श्रेष्ठ दाजुको शुभ जन्मदिनको अवसरमा मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
उहाँ ब्यक्तिगत र पारिवारिक जीवन सदा स्वस्थ खुशी र मंगल रहोस भन्ने कामना गर्दै शुभ जन्म दिनको खुसीमा यस टोलको लागी २ थान कुर्सी उपहार प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।
धन्यवाद ।

Photos from शिवम मार्ग टोल सुधार समिति's post 03/04/2026

#बार्षिक_कार्य_प्रगति_सम्बन्धमा
सम्पूर्ण टोलबासी आमा-बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार।

हजुरहरु सम्पूर्ण शिवम मार्ग टोलबासी ज्युहरुको साथ-सहयोग, मन, वचन र कर्मको सहयोगले २०८१ चैत्र १६ गते निर्वाचित भए संगै हामीले पारदर्शी अपनाउंदै गरेका कार्यहरुलाई सार्वजनीक गर्ने भन्ने बाचालाई मनन गर्दै २०८२ चैत्र १५ गते सम्म टोल सुधार समीतीले गरेका विमिन्न कार्यहरु मध्ये मुख्य-मुख्य कार्यहरु यस प्रकार छन्;

१. तत्कालिन बागमती प्रदेश मन्त्री माननीय लक्ष्मण लम्साल ज्युको सहयोगमा २० लाख प्रदेस बजेट पारेर रोहीत घिमीरेको घरदेखी शुदर्शन पोखरेलको घर सम्म प्लम्ब वाल र ग्रेवल गर्न सफल भयौ र उक्त बाटो कालोपत्रेको लागी हामी टोलका दाजुभाइले अनुरोध गरेपछी मेयर उपेन्द्र कार्की ज्यु को मौखिक आदेशमा ३९२ मिटर पिच गर्न सफल।

२. रोहीत घिमीरेको घरदेखी शुदर्शन पोखरेलको घर सम्म सडक स्तरोनती (विर्को हुमपाइप राख्न) लाइ नपुग खर्च ३ लाख २० हजार समितीको आन्तरीक श्रोतबाट निकासा।

३. स्थानिय सरकार नगर प्रमुख उपेन्द्र कार्की र तल्कालीन वडा अध्यक्ष स्व. भिमसेन थापाको नेतृत्वले हाम्रो टोललाइ माया गरेर करिब १ करोड १४ लाख वरावर पिच गर्ने कार्य टेण्डर मार्फत टोलमा पिच गर्ने काम सम्पन्न भयो।

४. वचत रकमको मुनाफावाट कार्यलयको मासीक भाडा तिरीरहेको

५. सेन्सर वति २१ थान फिटिङ सहित पुरानो मर्मत (संस्थाको आन्तरिक श्रोतबाट)

६. सुदर्सन पोख्रेलको घरको चोकमा नया पोल सहित तार फेरेको

७. वडा नं ७ अन्तरगतका गल्ली एंव गोरेटो बाटोहरुमा इन्टरलक बलक विछ्याउने करिव रु.२५ लाख बजेटको काम शिवम मार्ग संस्थाबाट सम्पन्न

८. सिताराम थापाको घर जाने वाटो ढुङ्गा वाल लगाउने कार्य सम्पन्न

९. सम्पर्ण टोलवासीहरुको सहयोगवाट संकलीत रकम रु.८०,८७४ काडाघारी प्रहरी चौकी निर्माणमा सहयोग

१०. श्री राम हुमागाइको टोलमा क्याचपीटमा १४ थान जाली फिट

११. बारम्बार ढल, मंगल मर्मत कार्य सम्पन्न

१२. संस्कृति जगेर्ना अनुरुप शिवम मार्गी एकिकृत महिला समाजसंग सहकार्य गर्दै हरितालिका तिज, देउंसी-भैलो, होली, शिवरात्री बिभिन्न कार्यक्रम गरी मनाउने थितीको बिकास

१३. जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप २२ थान कुर्सी, १ थान बुक ऱ्याक र १ थान कम्प्युटर सेट प्राप्त

१४. फुटसल देखि छत्र बहादुर कार्कीको घरसम्म करिब ८० मिटर बाटोमा प्लव बाल स्थानीय सरकार र समितिको सहकार्यमा सम्पन्न, जनश्रमदान अन्तर्गतको रु. ८८,००० समितिको आन्तरिक श्रोतबाट निकासा

१५. वडाबाट १ थान Convex Mirror प्राप्त (बिग्रेपछी फेर्नलाई स्टक छ)

१६.चैत्र १४ गते बनभोज साथै वार्षिक साधारण सभा २०८२ कार्यक्रम सम्पन्न।

यो संगै टोलमा थुप्रै कार्यक्रम, सहकार्य, समन्वय एंव मेल-मिलापका कार्यहरु भैरहेको छ। हामी सम्पूर्ण टोलवासीको एकता र कागेश्वरी मनोहरा नगर प्रमुख ज्यू एंव वडा अध्यक्ष ज्यू, शिवम मार्गी एकिकृत महिला समाजको अपार माया र भरोसाले गर्दा सिमीत श्रोत र साधनका विच पनि आज हामीले यती गर्न सम्भव भएको हो। अन्तमा, आगामी दिनहरुमा यस टोललाई नमुना टोलको रुपमा स्थापित गर्न समिती सदैव तदारुकका साथ अघि बढीरहने कुरा अवगत गराउंदै यसका लागी संधै हजुरहरुको साथ, सल्लाह र सहयोग अपरिहार्य रहनेछ भन्दै सम्पूर्ण टोलवासी ज्युहरुमा समिती परिवार हार्दिक आभार प्रकट गर्दछ। धन्यवाद।

अध्यक्ष
विष्णु लम्साल
एंव
शिवम् मार्ग टोल सुधार समिती परिवार

08/03/2026

नारी जननी हुन, नारी देबी हुन तसर्थ जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। सम्पूर्ण आमा दिदिबहिनीज्यूहरुमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना।🙏

03/03/2026

शिवम मार्ग टोल सुधार समितिका सदस्यता निर्धारण उप समितिका संयोजक सामाजिक ब्यक्तित्व, प्रष्ट बिचारका धनी राम प्रसाद घिमिरे ज्यू द्वारा आफ्नो जन्मदिनको शुभ अवसरमा शिवम मार्ग टोल सुधार समिति लाई ( २ ) दुई थान कुर्सी उपहार स्वरुप प्रदान गर्नु भएको हुँदा उहाँ प्रती धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्दै जन्म दिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
शिवम मार्ग टोल सुधार समिती परिवार

02/03/2026

होलिको रंग झै तपाईं तथा तपाईंको परिवारको जीवन पनि रंगिन, उल्लासमय तथा खुसिले भरिपुर्ण रहोस्। सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा फागु पुर्णिामा अर्थात होलीको हार्दिक मंगलमय शुभकामना।
शिवम मार्ग टोल सुधार समिति परिवार 🎊🙏

07/02/2026

यस शिवम मार्ग टोल सुधार समिति का सल्लाहकार भद्र, सालिन र शैक्षिक ब्यक्तित्व Bhardwaj Prem ज्यू द्वारा आफ्नो जन्मदिनको शुभ अवसरमा शिवम मार्ग टोल सुधार समिति लाई ( २ ) दुई थान कुर्सी उपहार स्वरुप प्रदान गर्नु भएको हुँदा उहाँ प्रती धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्दै जन्म दिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
शिवम मार्ग टोल सुधार समिती परिवार

17/01/2026

यस शिवम मार्ग टोल सुधार समिति का सदस्य श्री शंकर काफ्ले ज्यू द्वारा आफ्नो शुभ जन्मदिनको अवसरमा समितिलाई २ थान कुर्सी उपहार प्रदान गर्नु भएकोमा उहाँलाई धेरै-धेरै धन्यवाद साथै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको जीवन सदा सुस्वास्थ्य एंव सुखी रहोस।

Photos from शिवम मार्ग टोल सुधार समिति's post 13/01/2026

शिवम मार्ग टोल सुधार समिति का उपाध्यक्ष श्री भिम प्रसाद पाण्डे ज्यू द्वारा आफ्नो शुभ जन्मदिनको अवसरमा यस शिवम मार्ग टोल सुधार समिति लाई २ थान कुर्सी उपहार प्रदान गर्नु भएकोमा उहाँ प्रती धेरै धेरै आभारी छौ कृतज्ञ छौ । उहाँको जीवन सदा सुस्वास्थ्य खुशी र सुखी रहोस हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
शिवम मार्ग टोल सुधार समिती परिवार 🙏

Photos from Upendra Karki - उपेन्द्र कार्की's post 13/01/2026
Photos from Kageshworinews's post 13/01/2026
08/01/2026

शिवम मार्ग टोल सुधार समितीका जेष्ठ सदस्य श्री जयन्त कुमार अधिकारी ज्यू द्वारा आफ्नो शुभ जन्मदिनको अवसरमा यस शिवम मार्ग टोल सुधार समिति लाई २ थान कुर्सी र ज्ञानको भण्डार पुस्तकालय स्थापना गर्ने योजना लाई सार्थक तुल्याउन १३ थान पुस्तक उपहार प्रदान गर्नु भएकोमा उहाँ प्रती धेरै धेरै आभारी छौ कृतज्ञ छौ । उहाँको जीवन सदा सुस्वास्थ्य खुशी र सुखी रहोस हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
शिवम मार्ग टोल सुधार समिती परिवार 🙏

28/12/2025

शिवम मार्गी एकिकृत महिला समाजको सचिव श्री बिमला श्रेष्ठ ज्यू द्वारा आफ्नो शुभ जन्मदिनको अवसरमा शिवम मार्ग टोल सुधार समितिको लागि २ थान कुर्सी उपहार प्रदान गर्नु भएकोमा शिवम मार्ग टोल सुधार समिती परिवार उहाँ प्रती धेरै धेरै धन्यवाद प्रकट गर्दछौ ।
उहाँ जीवन सदा खुशी र सामाजिक रहोस भन्ने कामना गर्दछौं ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

कागेश्वरी मनोहरा वडा नं/७ हरहरमहादेव
Kathmandu