21/03/2026
हार्दिक बधाई तथा शुभकामना 🙏🙏
प्रवास विभाग
21/03/2026
हार्दिक बधाई तथा शुभकामना 🙏🙏
12/03/2026
प्रश्नहरु तयार भएपछि काउन्टर प्रश्न र उत्तरको खोजी हुन्छ।
१-राजा मान्ने हुँ भन्नेहरुले राजा र राप्रपाको दुरी नियोजित रुपमा बढाउन खोजेको हो ?
२-राजाले चुनावमा भाग नलिनु भनेको कि चुनाव अगाडि सहमति गर्नु भनेको ? राजाको भनाइको आफू खुशी व्याख्या गर्दै भ्रम सिर्जना गरेको किन ?
३-राजाको एजेण्डा नबोक्ने दलले चुनाव जित्दा खुसी हुने राजाका भक्तहरुलाई कसरी बुझ्ने .?
४-राजाकै कारण चुनावमा हार जित हुने भए राजालाई आस्थाको रुपमा नबोक्ने सबै दलले चुनाव हारे होइन त ?
५-राप्रपा बलियो बनाउन आस्थावालाहरुको के योगदान हुनुपर्ने कि बनेको माहोल बिगार्न समर्थक परिचालन हुनु पर्ने ?
६-राप्रपा कमजोर हुँदा राजा र हिन्दुत्व बलियो भयो कि कमजोर .?
७-राप्रपाका नेता कार्यकर्ताले आफ्नो पेट काटेर खर्च गर्दै बनाएको संगठन घरी घरी बिगार्ने आस्था नै बोकेर हिड्ने मानव किन हुन्छन .?
८-सदा ४ वर्ष ३६४ दिन राजा र हिन्दु चाइयो भन्ने चुनावमा भोट हाल्नेबेला राजा र हिन्दु विरोधीलाई भोट हाल्ने गुरु र राजाका भक्तहरु नसमालिनुमा राजा र गुरुहरुलाई दोष लाग्दैन .?
९-पार्टीको नेता भएर बस्ने चुनावमा राजाको वक्तव्य देखाएर भोट समेत नहाल्ने, हाल्न नजाने राजनीतिक ठगहरु बोकेर कहाँ पुगिएला ? राजाले भोट नहाल्नु भनेर कतै भन्नुभएको छ ?
१०-पार्टीको नेता हुने, चुनाव लड्न नमान्ने , पार्टीको टिकट लिएर चुनाव लड्न भनेर जाने, उमेदवारी नदिएर कमजोर उम्मेदवार उठाएर जिम्मेवारी बाट भाग्ने कसरी नेता हुन्छ ? यो कस्तो राजनीतिक संस्कार हो ? पार्टीका संगठनहरु बलियो बनाउन सहयोग गर्न नसक्ने तर उल्टो कमजोर चिन्तन बोक्दै कार्यकर्ता जुधाएर उल्टो पार्टी कार्यालयमा चुनावको मुखमा तमासा देखाउने, सामाजिक सञ्जालमा घृणा र उत्तेजना फैलाउने काममा लाग्दा पार्टीको माहोल बन्यो कि बिग्रियो ? अब जिम्मा कसले लिने .?
११-देश र धर्मको लागि व्यक्ति हो कि .? व्यक्तिको लागि देश र धर्म .? नैतिकता देखाएर सबैले योगदान गर्नु पर्दैन .?
१२-बिहान बेलुका फेसवुकमा दुस्मन हँसाउन मनपरी लेख्ने जमातले राप्रपा बनाउन के योगदान दिएको छ .? वडा ,नगर ,क्षेत्र जित्न वा जिताउन सक्छ .? सक्दैन भने आफु भन्दा बढी अनुभव र योगदान भएका मान्छेलाई अपमान गर्ने साहस के खाएर आउँछ ? सामान्य नैतिक दायित्व नबुझ्ने मान्छे कसरी धार्मिक हुन सक्छ .? नैतिकता नै नभएको अधर्मी मान्छेले कसरी राजाको मर्यादा राख्न सक्छ .?
१३- त्यसैले असफलताको कारण नैतिकता देखाएर राजिनामा गर्ने भए सबै पदाधिकारी , कार्यसम्पादन समिति ,केन्द्रीय समिति ,प्रदेश ,जिल्ला,नगर,गाउँपालिका र वडा सम्म राजिनामा गरेर पार्टी पुःन निर्माण गरौँ भन्ने क्षमता छ त .? छैन भने एउटा व्यक्तिले सबै थेग्दिनु पर्ने वरिपरिकाले तमासा हेरेर बस्दैमा नेता किन मान्ने .?
त्यसैले अब राप्रपा धार्मिक संस्कार अनुसार बढ्नु पर्यो। नबढ्ने हो भने राप्रपा बनाउनु पर्छ भनेर आएका हामी सबैले उचित कदम चालेर अगाडि बढ्छौँ तर देश र धर्म कमजोर बनाउन योगदान गर्नेलाई नेता मानेर बस्दैनौँ।
तपाईंहरुको केही दिन यताका फेसवुक पोस्टहरुले त गलत अर्थ लगायो है प्रभुहरु ..! सहमत हुन सकिएन।
जसरी राजाको राजनीतिमा अलग मर्यादा हुन्छ। त्यस्तै दलको राजनीतिमा पनि अलग्गै राख्नुपर्ने वैधानिक साङ्गठनिक धर्म र मर्यादा हुन्छन्। एकले अर्कोलाई समन्वय गर्न नजान्दा राजसंस्था र धर्म गएको नबिर्सौं। राप्रपा सकेर नै राजसंस्था आउन सजिलो हुने हो र यसैगरी राजाका समर्थकले सार्वजनिक रुपमा राप्रपाको अपमान गरिरहने हो भने दरबारबाट विज्ञप्ति निकालेर राप्रपा विघटन गर्न आदेश दिन भन्नुस। हामी सबै छोडेर नयाँ दल बनाम्ला। नत्र खाइ-नखाइ जीवन दिएका नेता-कार्यकर्ताको यो लेबलको अपमान राम्रो संस्कार हैन भन्ने लाग्छ। आसा छ। यो पोस्ट पढ्नेहरुले पनि मनन् गरेर समाधानको बाटो खोज्नु होला ..!
हामी त यही एजेण्डा बोकेका कारण अनेक हण्डर खाएका छौँ र खाइरहने छौँ। सबैमा सद्बुद्धि आओस्। जयसंगत।
12/03/2026
राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई लिङदेनले गरे पदमुक्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेताहरूमाथि कारबाही गरेका छन...