MOAFE Nepal

MOAFE Nepal

Share

Official page of Ministry of Agriculture, Forests and Environment - Nepal
कृषि, वन तथा पर्यावरण मन्त्रालय - नेपाल

Photos from MOAFE Nepal's post 16/07/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले चितवन राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रहरुमा आतंक मच्चाईरहेको जंगली हात्ती (धुर्बे) को दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायलाई निर्देशन दिनु भएको थियो जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ। रेडियो कलरमार्फत हात्तीको अवस्थिति र गतिविधिको जानकारी छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले नियमित अनुगमन गर्न सहज हुने विश्वास गरिएको छ। यस प्रविधिले हात्तीको जीपीएस लोकेसन तत्काल प्राप्त हुने, जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान गर्न सकिने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने छ। चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी गर्दै आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ।

Photos from MOAFE Nepal's post 15/07/2026

माइतीघर मण्डलामा उत्पादनको उचित मूल्य नपाएको भनि प्रदर्शनरत किसानहरूसंग माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले छलफल गरी किसानहरूको मागहरु सम्बोधन गरी समस्याको समाधानका लागि निर्देशन सहित कार्यक्रम सम्पन्न भएको छ।

Photos from MOAFE Nepal's post 15/07/2026

आज बिहान माइतीघर मण्डलामा उत्पादनको उचित मूल्य नपाएको भनि गोलभेँडा फालेर प्रदर्शनरत किसानहरूसंग माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले छलफल गरी किसानहरूको कृषि बिमा, गोलभेँडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्यलगायत किसानहरूको उत्पादनका लागि बजार व्यवस्थापनका मागहरु सम्बोधन गर्नुहुदै मन्त्रालय तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभयो।

Photos from MOAFE Nepal's post 15/07/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सल्लाहकार टिमसंग मन्त्रालयको कृषि, वन तथा पर्यावरणको तथ्यांक सम्बधी छलफल कार्यक्रम।
PMO Nepal

Photos from MOAFE Nepal's post 12/07/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारको घरदैलोमै पुगेर भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा उहाँले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ साथै घाइतेको उपचार र पीडित परिवारलाई उचित राहत एवम् पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भयो।
मन्त्रीज्यूले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको र भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन प्रभावकारी र दीर्घकालीन उपायहरू तत्काल अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो।
नागरिकको सुरक्षा र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।

Photos from MOAFE Nepal's post 12/07/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले धान रोपाइँ तथा बाली लगाउने मुख्य समयमा किसानले पाएको सेवा-सुविधा र समस्या बुझ्न शनिबार बिहानैदेखि चितवनका खेतबारी र गाउँ-गाउँमा पुगेर स्थलगत अनुगमन तथा किसानसँग भेटघाट गर्नुभएको छ।
🌾 किसानसँग प्रत्यक्ष संवाद: मल, बीउ, विषादी, सिँचाइ, उत्पादन लागत र बजार व्यवस्थापनबारे किसानसँगै खेतमै पुगेर गुनासो र सुझाव सङ्कलन।
📞 तत्काल समाधानको निर्देशन: किसानका समस्या सुन्नासाथ सम्बन्धित सरकारी निकायका अधिकारीहरूलाई फोनमार्फत समाधानका लागि कडा निर्देशन।
🚫 कालोबजारी र कृत्रिम अभावमा शून्य सहनशीलता: कृषि सामग्री लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा मूल्यवृद्धि गर्नेमाथि कानुनबमोजिम कडा कारबाही हुने प्रतिबद्धता।
📞 उजुरीका लागि हटलाइन: कालोबजारी वा अनुचित गतिविधि देखिएमा तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान तथा सर्वसाधारणमा आग्रह।
साथै समयमै कृषि सामग्रीको उपलब्धता र किसानको हित रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ।

Photos from MOAFE Nepal's post 10/07/2026

आज मिति २०८३/०३/२६ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयमा काठमाडौं उपत्यकाका स्थानीय तहहरूमा पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयन सम्बन्धी बैठक सम्पन्न भएको छ।

Photos from MOAFE Nepal's post 09/07/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा यस मन्त्रालयले सम्पादन गरेका प्रमुख कार्य, हासिल भएका उपलब्धिहरू तथा आगामी दिनका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्ने, साथै सञ्चारकर्मी मित्रहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

Photos from MOAFE Nepal's post 09/07/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०८३।०३।२४ गते संयुक्त रुपमा प्रदूषण परीक्षणमा तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेपछि कानूनबमोजिम कारबाही गरिएको छ। स्वच्छ हावा, स्वस्थ वातावरण र जिम्मेवार सवारी सञ्चालनका लागि प्रदूषण परीक्षण निरन्तर जारी रहनेछ। सबै सवारीधनीलाई नियमित मर्मत–सम्भार, प्रदूषण परीक्षण तथा तोकिएको मापदण्डको पूर्ण पालना गर्न हार्दिक अनुरोध गर्दछौँ।

Photos from MOAFE Nepal's post 08/07/2026

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकहरूको सम्मान तथा अभिमुखीकरण कार्यक्रममा माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले सम्बोधन गर्नु भएको छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

सिंहदरबार, काठमाडौं, नेपाल
Kathmandu