12/05/2026
हिजोको बटौली !
Lets hand together with us for Nation Building .
12/05/2026
हिजोको बटौली !
12/05/2026
बधाई तथा शुभकामना 💐
12/05/2026
सुचना !
30/04/2026
सीप सिकौ, आत्मनिर्भर बनौं !
अति संवेदनशील क्षेत्र
25/04/2026
मगरांत लुम्बिनी प्रदेशको तेश्रो बैठक सम्पन्न
मुलुककै गर्विलो ईतिहास बोकेको नेपाल मगर संघ (मगरांत/लुम्बिनी) प्रदेशको तेस्रो बैठक मगरांत भुमी पाल्पाको माथागढी गाउँपालिका-३ वडाकार्यलयको भवनमा प्रदेश अध्यक्ष खुल प्रसाद पुन मगरको अध्यक्षता सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकको पहिलो चरणमा संगठन सुदृढीकरण, सांस्कृतिक संरक्षण, सामाजिक एकता, र आगामी कार्ययोजना सम्बन्धी महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको जानकारी कार्यक्रम संचालन जेबि दर्लामी मगरले दिइएका छन।
प्रदेश समितिको आयोजनामा राखिएको दोश्रो चरणको अन्तरक्रिया कार्यक्रममा मगर समुदायको हक–अधिकार संरक्षण, भाषा र संस्कृतिको प्रवर्द्धन र मगर संस्कृति र परम्पराको दस्तावेजिकरण गर्ने महत्त्वपूर्ण विषयक सहभागी मगर अगुवाहरुले खोज अनुसन्धान सहितको तर्क प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै संघका सह अध्यक्ष द्वय सल बहादुर बिरकट्टा मगर, गंगा खासु मगर र वरिष्ठ उपाध्यक्ष डिबि पुन मगरले प्रदेशस्तरीय गतिविधिहरूलाई थप प्रभावकारी बनाउने दिशामा विशेष जोड दिएका थिए। साथै, आगामी दिनहरूमा संगठनलाई अझ सशक्त र सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएका थिए।
उक्त बैठकमा माथागढी गाउँपालिका अध्यक्ष यम मगरले मगर समुदायबीच आपसी सहकार्य, एकता र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै स्थानीय सरकारमा मगर हक अधिकारको निम्ति बिबिध कार्यक्रम गर्दै आएको केही महत्त्वपूर्ण तथ्यांक उपस्थिति मगर अगुवा माझ साझा गरेका थिए।
15/04/2026
निर्वाचन खर्च विवरण सार्वजनिक
तानसेन, पाल्पा।
पाल्पा क्षेत्र नम्बर–२ बाट सार्वभौम नागरिक पार्टी तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनु भएका राम बहादुर अस्लामी मगरले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार निर्वाचन अवधिमा कुल खर्च रु. १,२२,००० (एक लाख बाईस हजार) भएको छ।
जिल्ला निर्वाचन कार्यालय, पाल्पामा खर्च विवरण बुझाउँदै उहाँले भन्नुभयो कि सार्वभौम नागरिक पार्टीको मुख्य उद्देश्य “Cost Minimize (खर्च कटौती)” नीति अवलम्बन गर्नु हो।
उहाँले वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएको उल्लेख गर्दै, यस्तो प्रवृत्तिले भविष्यमा राजनीतिक भ्रष्टाचार बढ्ने जोखिम रहने धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार: निर्वाचन खर्च न्यून गर्नु सुशासनको सकारात्मक पक्ष हो अतयधिक खर्चले राजनीतिक विकृति र भ्रष्टाचारलाई बढावा दिन सक्छ
मतदाताले पनि अनावश्यक अपेक्षा वा “भोट खरिद–बिक्री” जस्ता अभ्यासबाट टाढा रहनु आवश्यक छ
उहाँले थप भन्नुभयो कि निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्न निर्वाचन आयोगले बैंक खाता अनिवार्य गर्ने व्यवस्था लागू गर्नु सकारात्मक कदम हो।
निर्वाचन आयोग नेपाल ले निर्वाचन आचारसंहिता र निर्देशिकालाई अझ कडाइका साथ लागू गर्नु सुशासन र पारदर्शिताका लागि महत्वपूर्ण भएको पनि उहाँको भनाइ छ।
उहाँले निर्वाचनमा सहभागिता कुनै व्यक्तिगत स्वार्थ वा सौख नभई राष्ट्र निर्माणको उद्देश्यसहितको एक निस्वार्थ प्रयास भएको बताउनुभयो। उहाँका अनुसार यो प्रक्रिया देशलाई “अँध्यारोबाट उज्यालोतर्फ” लैजाने संघर्ष हो।
🙏 आभार
अन्त्यमा उहाँले पाल्पा–२ का सम्पूर्ण मतदाता, सहयोगी, शुभचिन्तक, सञ्चारकर्मी तथा समर्थकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
13/04/2026
ग्यास अभाव भए निम्न नम्बर कल गरौं !
09/04/2026
पाल्पाको मुटुमा बस्ने जापानी 'बाजे': जसले आफ्नै देश बिर्सिए तर पहाडका बस्ती बिर्सिएनन्
पाल्पा । काँधमा एउटा सानो झोला, खुट्टामा साधारण चप्पल, र अनुहारमा सधैँ झुल्किरहने त्यो आत्मीय मुस्कान। उमेरले ८ दशक पार गरिसक्दा पनि पाल्पाका भिराला पाखाहरूमा उहाँको पाइला रोकिएको छैन। उहाँ अर्थात् काजुमासा काकिमी, जसलाई पाल्पालीहरूले दशकौँदेखि नामले होइन, नाताले चिन्छन्— 'ओके बाजे'।
जापानको टोकियो जस्तो अत्याधुनिक सहरमा जन्मिएका काकिमी ३१ वर्षअघि पर्यटक बनेर नेपाल आउँदा सायदै कसैले सोचेका थिए होलान्, यो मान्छे एकदिन यहीँको धुलोमैलो र गरिबीसँग आफ्नो भाग्य जोड्न आइपुग्नेछ। तर, पाल्पाको विकट ग्रामीण परिवेश र त्यहाँका मानिसहरूको सरल व्यवहारले उहाँलाई यसरी बाँधिदियो कि उहाँले जापानको सुख-सुविधा मात्र होइन, आफ्नै परिवार र आफन्त समेत भुल्नुभयो।
'ओके' बाट सुरु भएको ममताको साइनो
सुरुका दिनमा नेपाली भाषा नबुझ्दा बालबालिकाले सोधेका हरेक कुरामा मुन्टो हल्लाउँदै 'ओके' भन्ने उहाँको त्यही एउटा शब्द आज पाल्पाको पहिचान बनेको छ। "सुरुमा भाषा नबुझेर ओके भनेको थिएँ, अहिले त यहाँका मान्छेको मन बुझ्ने भएँ," उहाँ हाँस्दै भन्नुहुन्छ। आज उहाँ जापानी भाषा भन्दा स्पष्टसँग नेपाली र स्थानीय मगर भाषा बोल्नुहुन्छ। उहाँका लागि जापान अब केवल एउटा सम्झना मात्र हो, तर पाल्पाको माटो वर्तमान र भविष्य।
पेन्सन र सम्पत्ति: सबै नेपाली बालबालिकाकै नाममा
ओके बाजेले आफ्नो जीवनभरको कमाइ र जापानबाट पाउने पेन्सनको एक-एक पैसा नेपालका विद्यालय, स्वास्थ्य चौकी र खानेपानीका लागि खर्च गरिसक्नुभएको छ। उहाँले बनाइदिएका २०० भन्दा बढी विद्यालयका भवनहरूमा आज हजारौँ बालबालिकाहरू आफ्नो भविष्य कोरिरहेका छन्। उहाँ आफू सामान्य कोठामा बस्नुहुन्छ, साधारण दाल-भात खानुहुन्छ, तर कसैले 'म गरिब भएँ, पढ्न पाइनँ' भन्दै आँखा रसाएर आएमा उहाँको मन पग्लिहाल्छ।
"उहाँ विदेशी भएर पनि हाम्रा लागि भगवान् बन्नुभयो," एक स्थानीय वृद्ध भन्छन्, "आफ्नै सन्तानले नहेर्ने यो जमानामा जापानी बाजेले हाम्रो आँखाको ज्योति फर्काइदिनुभयो, गाउँमा पानी ल्याइदिनुभयो।"
"यहीँको माटोमा बिलिन हुन पाऊँ"
केही समयअघि रामपुरमा गरिएको भव्य नागरिक अभिनन्दनमा ओके बाजे निकै भावुक देखिनुहुन्थ्यो। हजारौँको उपस्थितिमा उहाँले भन्नुभयो, "म जापानी शरीर लिएर आए पनि मेरो आत्मा नेपाली भइसकेको छ। मलाई मेरो देश (जापान) जान मन छैन, म यही पाल्पाकै माटोमा अन्तिम सास फेर्न चाहन्छु।"
नेपाल सरकारले उहाँको योगदानको कदर गर्दै मानार्थ आवासीय भिसा दिएको छ। तर, उहाँका लागि त्यो कागजको टुक्राभन्दा ठुलो सम्मान स्थानीयले दिने 'बाजे' भन्ने पुकार हो। जापानी 'काजुमासा' आज पाल्पाको एउटा यस्तो जीवित इतिहास बन्नुभएको छ, जसले सिकाउनुभयो कि– 'सेवा गर्नलाई एउटै रगत हुनु पर्दैन, केवल एउटा सफा मन भए पुग्छ।'
साभार: लुम्बिनी मिडिया हब
03/04/2026
अचम्म छैन त ?
Gen-Z Palpa