मैले सपना देख्न छोडेनि माया
सागर सङ्ग मनका कुरा
सागर चापागाईं द्वारा लिखित मनछुने ने?
01/08/2023
छुट्ने बेलामा उनले भनेकी थिइन् फेरी चुरोट नखानु है
अनि मैले उनको मुहारमा हेरेर भनेको थिए अब हामी छुटिन्छौं अब तिमी अर्कैको हुन लागेको छौ अनि तिमीलाई अब के नै फरक पर्छ र ?
उनले आँखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी थिइन् त्यसो न भन्नु न पिलिज कसम तोड्नु हुन्छ ?
मलाई उनको कुराको जबाफ त आएको थियो तर उनलाई जानेबेलामा रुवाउन चाहनथे त्यसैले मैले उनको अनुहारबाट नजर हटाउँदै भनेको थिए छोड यस्ता कुरा बरु अरु भन
उसले उस्तै स्वरमा जिद्दी गर्दै भनेकी थिई कहिल्यै खान्न भन्नु न पिलिज मैले केई समय पछि विस्तारै बोलेको थिए
खादिन कहिल्यै अब भो ?
उनी सामु चुहिनै लागेको आँखाले मलाई हेर्दै थोरै
मुस्कुराएको थिई, मैले उनको मुहार हेर्दै भनेको थिए
" मुस्कुराउँदा सारै राम्री देखिन्छौ मुस्कुराउन नछोड्नु कहिल्यै" र आज सम्म पनि मैले चुरोट पिउन छोडेको छैन
हरेक पटक जब चुरोट सल्काउन लाग्छु तब मलाई उनीसँग खाएका कसम याद आउँछ, फेरी सोच्छु आखिर के नै फरक पर्छ र कसम त कहिल्यै नछुट्ने उनले पनि खाएको थिईन ।
"Su***de is NOT a Solution"
यो कुरा भन्न सजिलो छ।
जब Anxiety Attack का कारण सास फेर्ने गार्हाे भएर छट्पटीदै गर्दा कसैको साथ पाईदैन...।😥
सबैले आ-आफ्नो Sucess Stories सेयर गर्दै गर्दा आफुले आफुलाई Failure सम्झिदा कसैले पनि "You Can Do It....Try त गर्" भन्दिदैन उल्टो अरुको मजाक-हाँसाे अरुको पात्र भईन्छ....।💔
केही गर्छु भनेर आँट गर्यो.....साथ कसैले दिदैन
जब असफल भईन्छ नि तब हजारौंले साथ-साथै परिवारले पनि नालायककाे संज्ञा दिन्छ.....।😥 परिवारले कमाएको पैसा पनि 1 हप्ता मा 3 दिन बिहोस भएर सबै सक्काउनु परेको हुन्छ...
साथी-भाई.....आफन्त टाढिदै जाँदाकाे त्याे एक्लाेपन र नैराश्यता....।😓
साथकाे अपेक्षा राखिएकाहरुबाट पाईएकाे त्याे ignorance...!
याे सहन साँच्चै कठिन छ.....याे सहनु र स्विकार्नु भन्दा मृत्यु सजिलो लाग्न थाल्छ.....।💔
के हामी कसैले कसैकाे मनाेभाव बुझ्ने काेसिस गरेका छाै र Su***de is NOT a Solution भनेर भन्छाै ?
कसैलाई साथ चाहिदा हामीले के साथ दियाैं र?
माया दिन सक्याै र?
So,Yes Mental Health Matter's.
आफ्नाहरुकाे अवस्था र मनाेभाव बुझ्ने काेसिस गराै।
29/09/2020
शीर्षक = मेरी डल्ली
लेखक = विमल खत्री
भाग = ११
मेरो खुसी भनेको नै तिमी हौ तिमी बिना कसरी पो खुसी हुन सक्छु र म मेरो जिउने आधार नै तिमी र मामु त होनि म माया गर्दैन भन्दै के साच्चिकै माया गर्दैन त,
तिम्रो माया न भएको भए तिमीलाई यति धेरै याद किन गर्थे र, यो तीन महिना तिमी सँग बोल्न भेट्न न पाउँदा किन तिम्रै यादमा तड्पिएर जिउठे त त्यही माया नै भयर त तिम्रो हर दम याद आई रहन्छ ।
यति धेरै माया गर्नु हुन्छ भने फेरी बिहे किन गर्दैन भन्नु हुन्छ नी फेरी की म सँग जिन्दगी बिताउन सक्नु हुन्न र कस्ले भन्यो तिमी सँग जिन्दगी बिताउन सक्दैन भनेर पुरै जिन्दगी तिमी संगै बिताउन कै लागि त यति माया यति ख्याल गरेको छु तिम्रो तिमीलाई मेरो मनले रोजेको मान्छे हो त्यसैले यति माया गर्छु तिमीलाई म आफूलाई भुल्न सक्छौं तर तिमीलाई भुल्न सक्दिन ।
कसम खानु की मलाई छोडी अरु कुनै केटी सँग जानु हुन्न अरु केटी सँग बोल्नु हुन्न र म बाहेक अरु कुनै केटी सँग माया गर्नु हुन्न हस् महारानी हस् कसैलाई माया गर्दैन अब खुस, कुरा गर्दै गर्दा मामुले चिया नास्ता लिएर आउनु भो अनि सबै सँगै बसी नास्ता गरियो ।
अस्मी ले घर जान्छन् भन्दै थिए तर मामुले मान्नु भएन कती समय पछि आको छौ खाना खाएर जाउला भनी रोक्नु भो, अनि मामु खाना बनाउन किचन तिर लाग्नु भो
हामी तीन त्यही कुरा गर्दै बसियो,
अस्मी बोलिन हेर रुबी मेरो बुढो र मेरो घर कती राम्रो छ है मेरो बुढो जस्तै भनिन रुबी र म हसिम, साच्चै म सँग बिहे गर्नी विचार छर डल्ली तिम्रो न भएको भए किन भन्थे र रिसाउँदै बोलिन, हेर त रुबी तिम्रो दिदी रिसाउँदा झन् ख्या राम्री देखिएकी महारानी जस्तै, उसलाई जिस्काउन थाले झन् रिसाउँदै बोलिन धेरै न जिस्काउनु है फेरी जिन्दगी भरि बोल्दैन थाहा होला बल्ल, साच्चै बोल्दैनौ त भनी फकाउन थाले बोल्दैन भने पछि बोल्दैन बोल्दैन बोल्दैन सुन्नु भएन र कि बहिरो हुनुहुन्छ ।
ठीक छ अब न बोल्ने मान्छे सँग किन बोली राख्ने भनी म त्यहाँ बाट बाहिर निस्किए, उनी त्यही न्याउरी मुहार बनाएर बसी रहिन, सायद उनले सोची रहेको हुनु पर्छ ।
आखिर मैले यस्तो मान्छे सँग माया चाहिँ किन गरे ?
जसले रिसाएको मान्छेलाई फकाउन सक्दैन आखिर त्यस्तो मान्छेले मलाई के माया गर्ला र ?
यस्तै यस्तै सायद धेरै कुरा खेलेको हुनु पर्छ, एक चोटि उनलाई हेरेँ उनको आँखामा आँसु आउन लागेको थियो ।
क्रमश ...
01/10/2019
की कसो ?
15/08/2019
स्रावन को महिना थियो,
पुर्निमा को रात थियो,
म उनि सँगइ थिए,
उनी म सँगइ थिइन्
फेरी उनि मेरो अझ नजिक आइन्
र अलिकती घबाराइ
जब मैले उनको हात समाते
तब उनि अलिकती लजाइ
उनले भनेए आज हामी
यस्तो बन्धन मा बान्दिउ
कोइ ताकत ले पनि तोड्न न सकोस्
मेरो खुशी को सिमा रहेन्
सिमाहिन भयो मेरो खुशी
तर यसपछी जे भयो
त्यो बताउन पनि काठइन छ
उनले मेरो हात्,
आफ्नो हात म लिएर भनि
यो त जनम जनम को
को बन्धन हो
फेरी मलाई याद आयो
वो साउन को महिना
वो पुर्निमा को रात्
यो त रक्षा बन्धन हो '/
Happy Janai Purnima & Raksha Bandan To All...😍😍
चोरि नै गरेको भए दिल त तिम्रो एकछिन मै चोर्न सक्थे नि कान्छि,😉😉
तर ममिले भन्नू भाछ चोरी गर्नु पाप हो।त्यसैले मात्र तिम्रो दिल जित्ने प्रयास गर्दै छु।।😍😍
(Ankit Dumre, Nawalparasi)
10/04/2019
रुपमा के नै राख्या छ'र ?
कालो होस या गोरो , छाला चाउरिनेछ्न एकदिन😐
सुखको होस या सङघर्सको यात्रा टुंगिनेछ एकदिन !!
अनि आर्यघाटमा पुगेर हराउनेछौ एकदिन !!
आखिर येहि रहेछ जिवन😊🌹
© Sagar chapagain
तपाइको प्रतिक्रिया दिनुहोस ?
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
