30/03/2026
“प्रत्येक वडा कार्यालयमा १ जना वडा अध्यक्ष मात्रै पर्याप्त, सदस्यको आवश्यकता छैन। ५० हजारको काम ल्याएर १० लाखसम्म भ्रष्टाचार भएको देखेको छु,” : बालेन्द्र शाह
30/03/2026
“प्रत्येक वडा कार्यालयमा १ जना वडा अध्यक्ष मात्रै पर्याप्त, सदस्यको आवश्यकता छैन। ५० हजारको काम ल्याएर १० लाखसम्म भ्रष्टाचार भएको देखेको छु,” : बालेन्द्र शाह
30/03/2026
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो सार्वजनिक गर्न प्रधानमन्त्रीले कडा अडान लिएपछि राष्ट्रिय परीक्षा बोर्डभित्र दबाब बढेको बताइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलले शिक्षामन्त्रीसमक्ष एसईई नतिजा सार्वजनिक गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिएका थिए। तर, प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै १५ दिनभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने स्पष्ट अडान राखेपछि सम्बन्धित निकायमा दबाब सिर्जना भएको स्रोतले जनाएको छ।
मन्त्रालयका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीको अंक बढ्ने वा घट्ने चिन्ता नगर्नुहोस्, १५ दिनभित्र नतिजा कसरी सार्वजनिक गर्न सकिन्छ त्यसको योजना ल्याउनुहोस्” भन्ने निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको यस निर्देशनपछि परीक्षा प्रणालीलाई छिटो र प्रभावकारी बनाउने विषयमा आन्तरिक तयारी सुरु भएको छ। यद्यपि, यो विषयमा राष्ट्रिय परीक्षा बोर्डभित्र औपचारिक छलफल भने अझै हुन बाँकी रहेको बताइएको छ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा छिटो सार्वजनिक गर्ने विषयमा कार्यविधि तयार गर्ने काम भइरहेको पुष्टि गरेका छन्। तर, बोर्डमा आधिकारिक निर्णय नभएसम्म थप टिप्पणी गर्न नसकिने उनले बताएका छन्।
प्रधानमन्त्रीको यो कदमलाई शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ यथार्थपरक समयसीमा र व्यवस्थापन क्षमतामाथि प्रश्न पनि उठ्न थालेका छन्।
30/03/2026
दौरा-सुरूवाल लगाएर मात्र औपचारिक बैठकहरूमा भाग लिने पूर्ववर्ती सरकार-प्रमुखहरूको शैली प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले तोडेका छन्। उनी सोमबारको मन्त्रिपरिषद बैठक र त्यसअघि सांसदहरूसँगको छलफलमा कोट र टिसर्टमा देखिए। यो उनको चिरपरिचित अनौपचारिक शैली हो। उनले काठमाडौं महानगरको मेयर हुँदा पनि औपचारिक कार्यक्रमहरूमा कोट र टिसर्ट लगाउने गरेका थिए।
30/03/2026
प्रहरीको तलब बढाउने पक्षमा गृहमन्त्री सुदन गुरुङ, सेवा सुविधा बढाउने घोषणा
👇👇
गृहमन्त्री सुदन गुरुङले प्रहरीको तलब बढाउने संकेत गरेका छन्। सोमबार प्रहरी प्रधान कार्यालय पुगेका बेला उनले सो संकेत गरेका हुन्।
गृहमन्त्री गुरुङले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको दुःख-पीडा नजिकबाट देखेको बताउँदै आवश्यक सेवा सुविधाका विषयलाई सम्बोधन गरिने घोषणा गरे।
30/03/2026
ग्रेटर नेपालको नक्सा खोई सारै चलाख रहेछौ यार महानगरको मेयर हुदा ग्रेटर नेपालको नक्सा राखेर नेपाली जनतालाई सारै ढाटेउ बालेन सरकार धेरै विश्वास गरेको थियो प्रधानमंत्री निवाशमा अब नेपालको ग्रेटर नक्सा हुन्छ भएन
आइ जि पि दान बहादुर कार्की बोल्दा बोल्दै यसरी रोहे।
29/03/2026
सूचना
एमाले प्रदर्शन माइतीघर
माइतीघर मन्डलामा जे देखियो
28/03/2026
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सडकमा विरोध प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् । उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून छ ।
एमाले कार्यकर्ता सडकमा
गृहमन्त्री ट्राफिक निमम तोड्दै गाढी चलाउदै ललितपुर