Ujyalo Nepal - उज्यालो भविष्य

Ujyalo Nepal - उज्यालो भविष्य

Share

सुशासन, समृद्धि र समाजिक न्याय ! “Photography is a love affair with life.”

18/04/2026

उज्यालो अभियान अन्तर्गत 'निशुल्क स्वास्थ्य जाँच शिबिर' कार्यक्रम पुर्वमन्त्री तथा उज्यालो नेपालको अध्यक्ष Ghising को बिशेष उपस्थितिमा सम्पन्न भएको छ ।
मकवानपुर, थाहा-१० चित्लाङ । बैशाख ५

14/04/2026

मुडेमा, उज्यालो नेपालको अध्यक्ष Kulman Ghising 💡
जनताको समस्याको समाधान प्रयासमा ।
लिसंखु पाखर, सिन्धुपाल्चोक

13/04/2026

लिसंखुपाखर लोखरमा जनताको समस्या सुन्दै Kulman Ghising💡

13/04/2026

दोलालघाट बजार, काभ्रे ।
उज्यालो नेपालको अध्यक्ष Ghising
चैत्र ३०

12/04/2026

कुन मन्त्रीसंग कति तोला छ सुन, हेरौं ।

06/04/2026

यो प्रश्नको उत्तर हामी कहिले पाउँछौं सरकार ?

Photos from Ujyalo Nepal - उज्यालो भविष्य's post 25/03/2026

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङले आज ‘बागमती प्रदेश अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम’मा बोल्ने क्रममा भन्नुभयो;
"उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिइएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र देशलाई समृद्धि तर्फ लानको लागि सशक्त भुमिका हामी निभाउने छौँ । राम्रा कुरालाई समर्थन गर्नेछौं । नराम्रा कुरालाई खबरदारी गर्दै देशलाई सहि बाटोमा अगाडी बढाउनलाई हामी सशक्त रुपमा अगाडी बढ्ने छौँ । यो हाम्रो प्रतिवद्धता हो ।"

चैत्र ११, २०८२
सुकेधारा, युनिभर्सल रिसेप्सन

23/03/2026

कति ग्याँस ग्याँस भनेर कराइराखेको ? कुलमान घिसिङले २४ सै घण्टा बत्ती आउने बनाइ दिएकै छ त ! एउटा इन्डक्स चूलो किनेर ल्याउनुस पकाउनुस खानुस ! चुनावमा भोट हाल्ने बेला बिर्सेपनि इन्डक्सनमा भात पकाउने बेला एकपटक सम्झनुस है।
Video Credit: Bikash Ghimire

20/03/2026

जनताको कुरा 💡

18/03/2026

भदौ २३ र २४ को जेनजी आन्दोलन बारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग !
- उज्यालो नेपाल पार्टी नेपालले सरकारसमक्ष राखेका मागहरु :
👉गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।
👉प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो भने त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समय सीमा सार्वजनिक गरियोस् ।
👉प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया तत्काल अघि बढाइयोस् ।
👉पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुने गरी आवश्यक निर्णय गरियोस् ।
👉भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति सम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस् ।

18/03/2026

ज्ञानेन्द्र शाही भन्छन्: “कुकुर जसरी कराएँ, तर मन्त्रीहरूले सुनेनन्, कुलमान घिसिङले सुने 🔥🔥

एक अन्तर्वार्तामा ज्ञानेन्द्र शाहीले आफ्नो अनुभव सुनाउँदै भने—
“मन्त्रीहरूलाई बारम्बार आग्रह गरेँ, कुकुर जसरी कराएँ… तर कसैले सुनेन। अवस्था यस्तो भयो—कुट्न मात्रै बाँकी थियो।”

उनका अनुसार लामो समयसम्म प्रयास गर्दा पनि सरकारी तहबाट कुनै प्रतिक्रिया आएन।

पछि उनले कुलमान घिसिङसँग सम्पर्क गरे।

शाहीका अनुसार कुलमान घिसिङले भने—
“म आज साँझ ८ बजे राजीनामा दिँदैछु, तर त्यसअघि तपाईंको फाइलमा साइन गर्छु।”

त्यसपछि साँझ ६ बजेतिर रारा जाने बाटो पिच गर्ने फाइलमा साइन भयो,

हाल करिब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको रारा जाने सडकको ठेक्का प्रक्रिया अघि बढिसकेको बताइएको छ। 😃😃

यो जानकारी ज्ञानेन्द्र शाहीले आफ्नै अन्तर्वार्तामा दिएको दाबीमा आधारित छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu