आकाशमा हेर घाम छ !
☀
चुनाव चिन्हको सुरुमै नाम छ !
☀
आँखा बन्द गरेर चिपिक्क भोट हाल !
☀
अरुलाइ बाईबाई सूर्यलाइ मात्रै ठाम छ !!
☀
CPN UML
The Nepalease Communist Party is the core of
leadership of the whole Nepalease people. Without
this core, the cause of socialism cannot be
victorious.
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो।
२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र
एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज
नेकपा (एमाले) लगाएत अन्य विभिन्न
ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्।
यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद
तथा साम्राज्यवादका शोषण उत्प
☀☀हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट आगामी संविधानसभा निर्वाचनमा मनोनित हरेक (प्रत्यक्छ्य एवं समानुपातिक) उमेदवारमा हार्दिक वधाई एवं शुभकामना ।
#अपिल
साथसाथै सम्पूर्ण मतदाता, समर्थक, शुभचिन्तक एवम् आम जनसमुदायबाट
सहयोग र सल्लाहको लागि नेकपा एमाले हार्दिक निवेदन गर्दछ ।
साथै सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आउँदै गरेको दशैं,
तिहार,छठलगायतका चाडपर्वको अवसरमा उन्नति, प्रगति र
समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
#नेकपा_एमाले_परिवार
21/09/2013
हाम्रो संगठन अनेरास्ववियु को राष्ट्रिय महाधिबेशन को एक
फोटो पनि नछापेर समाचार पनि दिन कन्जुस्याइ गर्ने यो कान्तिपुर लाई
नेपाली काङ्रेशको मुखपत्र भन्दा हुने भो अब त ।
Copied; UML Achham
19/09/2013
"दिगो शान्ति र संघिय लोकतान्त्रिक गणतन्त्रको सँस्थागत विकाशका लागि नयाँ संबिधान ॥
गुणस्तरिय र प्राबिधिक शिक्षामा सहज पहँुचका लागि २१औँ राष्ट्रिय महाधिवेशन ॥"
शुभकामना सम्पूर्ण विध्यार्थी कमरेडहरूलाई ।
17/09/2013
जुट्दैछ एमाले ☀
उठ्दैछ एमाले ☀
देशभर अब उर्लिँदैछ एमाले ☀
12/09/2013
"मंसीर ४ मा ‘नेकपा(एमाले)लाई खोजौ, सूर्य चिन्हलाई रोजौ’ ।
Copied....
एमाओबादीले चुनाबी नाराहरु तय गरेछ नि, थाहा पाउनु भो ??
--------------------------------------------------------------
१. गरीबी र अशिक्षाको खेती गरौ, क्रान्तिकारि कार्यकर्ता उत्पादन
गरौ !
२. सत्रौ सताब्दी तीर फर्कौ, अग्रगमनको यात्रा गरौ । ३. माओबादीको मूल मन्त्र, धम्की, बन्द र छाडा तन्त्र ।
४. सिध्दान्तको खोल ओढौ, भए भरका संरचना सबै तोडौं ।
५. आफ्ना छोरा छोरी बिदेशमा पढाऔ,
जनताका छोराछोरी आपसमा लडाऔ ।
६. करोडको काम अरबको कमिसन, पैसा कमाउ मोज गर एउटै मात्र
मिसन । ७. गाउको झुपडी पार्टीलाई दान, शहरमा महल आलिशान ।
८. हिसीला मातालाई गड्यौला चढाउ, पार्टी भित्र हैसियत बढाउ ।
९. शहरलाई गाउ बनाऊ, गाउलाई शहर, निरन्तरतामा क्रमभंगता,
बुढो गोरूलाई बनाऊ बहर ।
१०.बाहिर बाहिर सुरूङ युद्ध, भित्र भित्र तेल मालिस ।
११.माओबादीलाई मतदान, आफ्नै खुट्टामा बन्चराले हान् । १२.जात जातलाई राज्य बाडौ, वन जोगाउन जंगल फाडौ ।
१३.दूईचार बर्षमा स्वीकारौला गल्ती, मौका पाएको बेला भरिहालौ खल्ती ।
१४.अध्यक्ष लाई हेलिकप्टर, कार्यकर्तालाई पल्सर, बाबुरामको कुबुद्दीले
देशलाई लागो अल्सर ।
१५.महलमा काम , रिसोर्टमा आराम, चपाउने बैध्य, देखाउने बाबु…
एमालेमा उम्मेद्वार तोक्ने समय आज सकिँदै
२५ भदौ, काठमाण्डौं । नेकपा एमालेले
संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट
उम्मेदवारहरूको सिफारिस गर्न तोकेको समय आज सकिदै छ । एमालेले
आज सम्म संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट
उम्मेदवारहरूको सिफारिस र राय आगामी भदौ २० गतेभित्र पठाइसक्न मातहतको पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । आज
भित्रमा उम्मेदवारहरूको नाम आइसक्ने र बुधबार बस्ने
स्थायी समितिको बैठकमा त्यस बिषयमा छलफल हुने एमालेले जनाएको छ ।
भदौ मसान्तभित्र उम्मेदवारहरूको प्रस्ताव तयार गरी केन्द्रीय
कमिटीसमक्ष प्रस्तुत गर्ने एमालेको तयारी छ । अहिले सम्म ६०
भन्दा बढि जिल्लाहरुबाट उम्मेदवारहरूको नाम आइसकेको एमालेले जनाएको छ । आज बाँकी स्थानहरुबाट पनि नाम आउने सचिब युबराज
ज्ञवालीले जानकारी दिनुभयो । विशेषज्ञ, दलित, महिला, जनजाति र
तराई-मधेस क्षेत्रको प्रतिनिधित्वका निम्ति अत्यावश्यक महसुस
भएको अवस्थामा बाहेक विगतको निर्वाचनमा समानुपातिक सूचीबाट
संविधानसभाको सदस्य भएका व्यक्तिहरूलाई समानुपातिकतर्फको उम्मेदवार नबनाउने एमालेले निर्णय गरीसकेको छ ।
यदि राजनितिमा भाग लिनु हुन्न भने त्यसको परिणाम आफू भन्दा घटियाले तपाईं माथि राज गर्नेछन् ।
( If you choose not to participate in politics you end up being governed by individuals who lie )
☀ ☀ ☀
09/09/2013
Just Trying
मेरो प्रयास
- सृष्टि अर्याल
हो, म हराएको थिएँ ।
म केही खोज्दै थिएँ, भेटाउन मुस्किल थियो ।
तर,
अचानक म एक ठाँउमा आईपुगेको छु
जुन खुल्ला र उज्यालो लाग्छ मलाई ।
एक अदभूत सूर्य खुशी खर्दैछ यहाँ
खुल्ला आकाश बादल वारपार
देखाउँछ मलाई आँशुरहित बिदाईको निष्कर्ष
जुन म खोजीरहेथेँ ।
यि हात एक्ला छन् मेरा
त्यसैले भात्ृ भाव खोज्दैछु सम्हाल्ने ।
हो खोज लामो हुनसक्छ
तर पाउने स्वतन्त्रता सत्य र सहासि हुनेछ ।
िवश्वास छ म अवश्य त्यो स्वच्छ धारा पिउनेछु
अनि लाखौँ परेवा प्वाँख् छर्नेछन्
जहाँ जगतले उज्यालो किरण छर्नेछ
हो यहि उदेश्यले स्वतन्त्रता ल्याउनेछ ।
अवश्यनै लाखौँ बिरूवा पालुवा फेर्नेछन् ।
मैले देखेको छु, हो मैले देखेकोछु
र म अन्धो हुने पनि छैन ।
स्वर्ग खोजिरहनेछु, कहाँ छ ??
जहाँ दुष्टकृत्य लछारेर फ्यालिन्छ,
हो, जहाँ सूर्य उदाउँछ....
अनि अँध्यारोको विलय ।
09/09/2013
एमालेको निति एमालेकै नेत्रित्व...!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
