युवा पार्टी नेपाल Yuba Party Nepal

युवा पार्टी नेपाल Yuba Party Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from युवा पार्टी नेपाल Yuba Party Nepal, Political organisation, Kathmandu, Nepal, .

11/05/2012

आउनुहोश ६० बर्ष नाघेका बुढाखाडा लाई राजनीतिबाट बहिस्कार गरौ ।

ईतिहास साक्षी छ नेपालमा जुनसुकै क्रान्ति सफल पार्न युवा को योगदान नै सर्बोपरी छ । उनिहरुले आफ्नो भबिस्य थाती राखेर देश र जनताको लागि रगत बगाएका छन , ज्यान आहुती दिएका छन तर अफसोच त्यस्ता युवा हरुको टाउकोमा टेकेर शासन गर्ने सबै जो सारिरिक तथा मानसिक रुपमा असक्त ब्रिद्ध हरुको जमात छ । जो आँफैमा कसैको साहारा खोज्दछ भने उसले जनता र राष्ट्र को बारेमा के सोच्न सक्छ ? एकातिर राष्ट्र को ठुलो लगानी भएको र लामो अनुभब भएका राष्ट्रसेवक हरुलाई ५८। ६० उमेरको कारणले हटाइन्छ अर्कोतिर मृत्‍यु सैया मा हुदापनि सत्ता लिप्सामा लिप्त भएर राजनैतीक नेत्रित्वमा टासिरहने यो कस्तो ब्यवस्था हो ? राजनीति गरेको जोगी बन्न हैन भन्ने सोच भएका ब्यक्ती हरुको नेत्रित्वले देश र जनताले के आशा गर्ने ? हो कुनै जमानामा उनिहरुको गरेको योग्दान लाई पनि बिर्सन हुन्न . देश लाई यो स्थिति सम्म ल्याउन धेरथोर त्याग गरेकै हुन तर त्यो त्याग लाई अहिले आएर पैसा र पदको लागि हतियार बनाए । यिनिहरुले अहिले आएर जुन त्याग गर्नु पर्थ्यो तो गर्न सकेनन र अब सक्दैनन पनि । न यिनिहरुले संबिधान बनाउछन , न गणतन्त्र लाई संस्थागत गरेर देशलाई शान्त र सम्ब्रिध् बनाउछन । बुढो गोरुले गाई ओगटे जस्तो गरेर देश लाई अनिर्णयको बन्दी बनाउन पाईन्छ ? नेपाल र नेपाली जनता तिनिहरुको बिर्ता हो ? यि २।४ जाना बुढा ले निर्णय गरेर संबिधान बनाउने अथवा सबै निर्णय गर्ने हो भने अर्बौको बजेट रित्याएर ६०१ सभासद पाल्नुको औचित्य के ?
अबको नेपाल युवाको , तसर्थ सम्पुर्ण पार्टी या दलमा युवाहरुले आफ्नो हक र अधिकारको लागि ससक्त संघर्स गरौ । जुन पार्टी या दलले युवालाई सम्पूर्ण रुपमा अगाडि सार्छ त्यस्तो पार्टी या दललाई सहयोग गरौ । ६० बर्ष नाघेका सम्पूर्ण बुढा झ्याउरे नेता हरुलाई राजनैतीक अवकास दिनको लागि राजनैतीक पद र कार्यक्रममा बहिस्कार गरौ । देश र जनता लाई शही निकास दिन अब युवाको अर्को योग्दान जरुरी छ , जसको लागि युवा जाग्नु पर्‍यो र देशको बाग्डोर युवा हातमा हातमा लिउ । जाग युवा युवा जाग । जय युवा जय देश ।

22/07/2011

जनता ले धेरैको रगत बगाएर ठूला ठूला क्रांति गरे तर जहिलेपनी शासक हरुले सत्तालाई आफ्नो मागी खाने भांडो बनाए, आफु आफ्नो परिवार र आफ्नो पार्टी भन्दा माथि जान सकेनन, सबैले सत्ताको लुछा चूड़ी र भ्रस्टचार गरेर पुस्तौ पुग्ने सम्पति कमाए जनता हेरेको हेरै, अबको देश हाक्ने पालो युवा को, युवा ले नै देशलाई सकारात्मक गति दिन सक्छन , बुढा खाडाले देश चलाउने हैन , सबै युवा जागौ र देशको बागडोर युवाले लिऊ
जय देश, जय युवा पार्टी नेपाल !

Want your business to be the top-listed Government Service?

Culinary Team

Attire

Website