Coffee Bhatti

Coffee Bhatti

Share

Produce : Speciality Organic Primium Nepali Arabica Sustainability Circularity and Climate Change. Single origin , 1200 ASL , Bourbon

04/02/2026

|| Sustainability || Climate || Circular Economy ||

03/02/2026

नेपाली युवाका लागि अवसर! | Entrepreneurship Skill-Building Program 2026 🇳🇵

तपाईंको आइडिया अब वास्तविक व्यवसाय बनाउने समय आएको छ!
U.S. Embassy Nepal र AmCham Nepal को सहकार्यमा सञ्चालन हुने Entrepreneurship Skill-Building Program ले देशभरका युवालाई व्यवसाय सुरु गर्न र बढाउन आवश्यक सीप, आत्मविश्वास र मार्गदर्शन प्रदान गर्दैछ।

नेपालका ७ शहर/प्रदेशमा २ दिने प्रत्यक्ष प्रशिक्षण
अनुभवी व्यवसायी, मेन्टर र इकोसिस्टम लिडरहरूसँग भेटघाट
Business Plan, Digital Marketing, Financial Literacy र Investment Readiness मा Hands-on सिकाइ
लगानीकर्ता र खरिदकर्तासँग प्रत्यक्ष जडानको अवसर

• स्टार्टअप सुरु गर्न चाहने युवा
• Early-stage Entrepreneur
• आइडियालाई व्यवसायमा बदल्न चाहने जो–कोही

🗓 आवेदन अन्तिम मिति: २५ फेब्रुअरी २०२६

Link
🔗 Apply / Register यहाँ गर्नुहोस्:
https://docs.google.com/forms/d/e/1FAIpQLSf8eH5blEYXXa7XcVbM9IO2OnYBfmQpzIsImbJHcRj8oxfrDg/viewform?pli=1

Photos from Coffee Bhatti 's post 26/01/2026

☕ नेपाली युवाहरूका लागि सुनौलो अवसर! —
BARISTA FREE TRAINING
सीप, रोजगारी र आम्दानी 🇳🇵

National Tea and Coffee Board
आयोजित (BARISTA) बारिस्टा तालिम कार्यक्रम मार्फत क्याफे/कफी उद्योगमा पेशागत सीप सिक्ने, रोजगारी पाउने र आफ्नै कफी व्यवसाय सुरु गर्ने अवसर प्राप्त गर्नुहोस्।

तालिममा के-के सिकिन्छ?
✅ कफीको आधारभूत ज्ञान र ब्रुइङ टेक्निक
✅ एस्प्रेसो, क्यापुचिनो, ल्याटे आर्ट
✅ क्याफे सञ्चालन र ग्राहक सेवा
✅ रोजगारी तथा उद्यमशीलता मार्गदर्शन

कसले आवेदन गर्न सक्छ?
🔹 नेपाली युवा/युवती
🔹 कफी/क्याफे क्षेत्रमा रुचि भएका
🔹 सीप विकास र रोजगारी खोज्ने

आफ्नो भविष्य कफीको कपबाट सुरु गरौं।
सीप सिकौं, रोजगारी बनाऔं, आम्दानी बढाऔं! ☕🌱

Link:
https://teacoffee.gov.np/content/19/notification-regarding-the-application-for-those-interested/

24/01/2026

☕🌱 Calling Changemakers in Nepal’s
Agriculture Sector 🌱☕
At Coffee Bhatti, we use coffee as a way to Coffee Connects Community ( CCC ) and people's ideas, opportunities and impact.
If you have a project, concept, or opportunity that can create positive change for farmers and local communities through:
✔️ Climate-resilient agriculture
✔️ Circular economy practices
✔️ Sustainable coffee, herbs, and agroforestry systems
✔️ Community-based development models
✔️ Green entrepreneurship and rural livelihoods

Can apply here. ⬇️

Got an idea to fix Nepal’s agri-food system?
This is your moment.✨

Applications are now open for 100 Ideas in 100 Days for the Four Betters, a nationwide call to action for young changemakers across Nepal. We invite youth to turn bold ideas into real, scalable solutions that address agri-food system challenges aligned with the Four Betters: Better Production, Better Nutrition, Better Environment, and Better Life. 🌎

📖 Application Guidelines: https://bit.ly/ApplicationGuidelines100ideasin100days
🗓️ Application Deadline: 3 February 2026
🔗 Apply here: https://bit.ly/Apply100ideasin100days

23/01/2026

ॐ ऐँ गौरी वद वद गिरि परमेश्वर्य सिद्ध्यर्थं ऐँ।।

Photos from Coffee Bhatti 's post 12/01/2026

The Coffee Guide (ITC)

Photos from Coffee Bhatti 's post 10/01/2026

कफीले किसानको आम्दानी कसरी बढाउँछ?

हामीले बुझ्यौं—कफी भनेको के हो। आज बुझौँ
👉 कफीले किसानको आम्दानी कसरी बढाउँछ?
🔑 मुख्य कुरा: गुणस्तर (Quality)

कफी खेतीमा सबैभन्दा ठूलो कुरा 👉 गुणस्तर हो।
यदि कफी राम्रो भयो भने:
• ✔️ राम्रो मूल्य पाइन्छ
• ✔️ कफी बेच्ने चिन्ता हुँदैन
• ✔️ बजारले आफै खोज्छ

तर प्रश्न यही हो—❓ गुणस्तर वा कफीको मूल्य कसरी बढ्छ?

🌱 कफीको मूल्य बढ्ने ३ स्पष्ट कारण

1️⃣ समयमै Processing (Washing)
(कफी टिपेपछि ढिला भयो भने गुणस्तर घट्छ।)

👉 गाउँ नजिकै washing center भए:
• कफी समयमै धोइन्छ
• राम्रोसँग सुकाइन्छ
• aroma र मिठास सुरक्षित हुन्छ
➡️ नतिजा: मूल्य बढ्छ

2️⃣ सामूहिक काम (Community Approach)

एक्लै किसान कमजोर हुन्छ।
तर किसान मिल्दा शक्ति बन्छ।

👉 सामूहिक रूपमा:
• धेरै कफी एकै ठाउँमा हुन्छ
• बजारसँग बलियो मित्रता हुन्छ
• मूल्य तय गर्न सजिलो हुन्छ

➡️ नतिजा: किसान बलियो हुन्छ

3️⃣ बजारसँग सिधा सम्बन्ध : दलाल धेरै भए किसानको हातमा कम मुल्य आउँछ।

👉 सिधा बजारसँग जोडिँदा:
• पारदर्शी मूल्य पाइन्छ
• मेहनतको सही मूल्य मिल्छ
• दीर्घकालीन सम्बन्ध बन्छ

➡️ नतिजा: आम्दानी स्थिर हुन्छ

👨‍🌾 किसान र युवाका लागि

किसानका लागि:

कफी केवल सानो खेती होइन।
👉 यो नगदे बाली (Cash Crop) हो।

सही प्रणाली भए:
• आम्दानी बढ्छ
• खेती सुरक्षित हुन्छ
• परिवारको जीवन सुध्रिन्छ

युवाका लागि:

कफी खेती मात्र होइन।

युवाले:
• ☕ Processing सिक्न सक्छन्
• 📊 Quality control गर्न सक्छन्
• 📦 Marketing र व्यापारमा जोडिन सक्छन्

👉 गाउँमै रोजगारी सम्भव छ।

🌍 कफी र जलवायु (Climate)

जलवायु परिवर्तनको बेला
कफी सही तरिकाले खेती गरियो भने:
• 🌱 माटो जोगिन्छ
• 💧 पानी बचत हुन्छ
• 💰 आम्दानी सुरक्षित हुन्छ

👉 कफी = खेती + जलवायु समाधान

📩 क्रमशः अर्को पोस्टमा…

➡️ "कफी गुणस्तर (Quality केहो ?
➡️ “कफीबाट स्थायी आम्दानी कसरी बनाउने?”

कफी खेती गर्ने
वा सुरु गर्न चाहने
किसान र युवाले
comment वा WhatsApp message गर्नुहोस्।

#नेपालीकफी

09/01/2026


Shreedhar Neupane

Photos from Coffee Bhatti 's post 09/01/2026

कफी भनेको के हो?
यसले नेपाली किसानको जीवन कसरी बदल्न सक्छ ।

कफी केवल पिउने चिज मात्र होइन।
कफी एउटा खेती बाली, आम्दानीको स्रोत र जीवन सुधार्ने अवसर हो।कफी बोटमा फल्ने फल (चेरी) हो। यो चेरी टिपेपछि सीधै कफी हुँदैन।यसलाई राम्रोसँग प्रशोधन गरेपछि मात्रै बजारमा बेच्न मिल्ने कफी बन्छ।
कफी खेती गर्न किसानले डेढ वर्ष धैर्य गर्नुपर्छ।
तर एकपटक राम्रो उत्पादन सुरु भएपछि कफीले धेरै वर्षसम्म आम्दानी दिन सक्छ।

नेपालमा कफी किन राम्रो हुन्छ?
नेपालको मध्यपहाडी क्षेत्र कफीका लागि धेरै उपयुक्त छ।
• राम्रो हावापानी
• चिसो–न्यानो सन्तुलन
• उचाइ
• प्रायः जैविक खेती
यही कारण नेपाली कफीमा:
• राम्रो aroma (सुगन्ध)
• प्राकृतिक मिठास
विदेशी बजारमा यस्तो कफीको धेरै माग छ।

किसानले किन कम मूल्य पाउँछन्?
कफी खराब भएर होइन,
प्रणाली कमजोर भएर किसानले कम मूल्य पाएका हुन्।
मुख्य समस्या:
• कफी बेच्ने ठाउँ टाढा
• समयमै Pulping or drying नहुने
• सही तरिकाले सुकाउन नपाउने
• दलालमा निर्भर हुनुपर्ने
• मौसम परिवर्तनको असर

समाधान के हो?
समाधान हो —
गाउँ नजिकै सामूहिक Washing Collection center।
जब किसानले:
• समयमै कफी धोएर
• राम्रोसँग सुकाएर
• मिलेर बेच्न सके
त्यसपछि कफीको गुणस्तर बढ्छ र मूल्य पनि बढ्छ।

कफीबाट आम्दानी कसरी बढ्छ?
किसानको आम्दानी बढ्ने ३ कारण:
1️⃣ राम्रो processing (washing र drying)
2️⃣ धेरै किसानको कफी एकै ठाउँमा
3️⃣ सिधै बजारसँग जोडिनु
यसले गर्दा:
• राम्रो मूल्य पाइन्छ
• कफी बेच्ने सुनिश्चित हुन्छ
• आम्दानी स्थिर हुन्छ

जलवायु र कफी खेती
जलवायु परिवर्तनले कफी खेतीलाई असर गरिरहेको छ।
तर सही तरिकाले खेती गरे:
• छायाँमा कफी लगाउँदा
• पानी संकलन (rainwater harvesting) गर्दा
• कफीको बोक्राबाट कम्पोस्ट बनाउँदा
खेती सुरक्षित र दिगो हुन्छ।

कफीले जीवन कसरी बदल्छ?
जब कफीबाट राम्रो आम्दानी आउँछ:
• बच्चाको पढाइ राम्रो हुन्छ
• स्वास्थ्यमा लगानी गर्न सकिन्छ
• युवाहरू विदेश जानु पर्दैन
• गाउँमै रोजगारी बन्छ

अन्त्यमा
कफी केवल पेय पदार्थ होइन।
कफी भनेको किसानको भविष्य,
गाउँको आम्दानी,र नेपालको पहिचान हो।

सही प्रणाली, सहकार्य र विश्वास भए
नेपाली कफीले किसानको जीवन बदल्न सक्छ।

क्रमशः

Photos from Coffee Bhatti 's post 08/12/2024

🌟 2024: First Ecosystem Night Concluded! A Celebration of Collaboration and Networking! 🌟

We had the incredible honor of participating in the Ecosystem Night as part of the Asia-Pacific (APAC) Regional Gathering 2024! Organized by Impact Hub Kathmandu in collaboration with Youth Co:Lab (co-led by UNDP and Citi Foundation), Youth Empowerment in Climate Action Platform (YECAP) - APAC Community, and ICIMOD, the event brought together changemakers, entrepreneurs, and innovators from across the Asia-Pacific region.

The evening was packed with inspiration and powerful exchanges.

It was a privilege for us at Coffee Bhatti to share our journey on “Nepali Coffee Circularity and Waste to Prosperity”—a story of transforming coffee waste into opportunities, creating a sustainable impact in the coffee industry, and elevating Nepali Specialty Arabica Coffee on the global stage.

We extend our heartfelt gratitude to the organizers for creating this platform to spotlight innovations and collaborations that inspire collective action. Together, we’re reimagining a resilient, sustainable future!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu