20/08/2023
सगरमाथा राष्ट्रीय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पंच बर्षे कार्यकाल समाप्त भै नया समिती गठन भएको छ ।खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ का अध्यक्ष नुरु जाङबु शेर्पाको अध्यक्षतामा बसेको बैठकले आङ नुरु शेर्पाको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको छ ।नव गठित सम्पुर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभ कामना ब्यक्त गर्दछु|
अध्यक्ष : आङ नुरु शेर्पा
उपाध्यक्ष: ङिमा दावा शेर्पा
सचिव :फुनुरु शेर्पा
सह सचिव : अनिता राई शेर्पा
कोषाध्यक्ष : दावा ग्याल्जेन शेर्पा
सदस्य: दावा छिरि शेर्पा
सदस्य: फु ल्हामु शेर्पा
सदस्य: आङ गेलु शेर्पा
सदस्य: दा नुरु शेर्पा
सदस्य: राम कुमारी मगर
सदस्य: पासाङ दावा शेर्पा
सदस्य: पाल्देन डोमा शेर्पा
सदस्य: ङिमा ल्हामु शेर्पा
सदस्य: पासाङ नुरु शेर्पा
सदस्य: याङजी राई शेर्पा
14/04/2023
नयाँ वर्ष २०८० सालको सुखद उपलक्ष्यमा यहाँहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏
आङ नुरू शेर्पा
अध्यक्ष
चैारीखर्क मध्यवर्त्ती क्षेत्र उपभोक्ता समिती
21/02/2023
महायनी बौद्ध धर्मावलम्बिहरुको नयाँ बर्ष तथा शेर्पा समुदायको महान चाड क्ष्यू मो ह्ये लो (खरायो )बर्ष २१५० औं ग्याल्पो लोसारको पावन अवसरमा चैारीखर्क मध्यवर्त्ती क्षेत्र उपभोक्ता समितीको तर्फबाट देश तथा विदेशमा रहनु भएका सम्पुर्ण ग्याल्पो लोसारप्रेमीहरुमा हार्दिक टाशिदेलेक व्यक्त गर्न चाहान्छु । साथै यहाँहरु सम्पूर्णमा सु-स्वास्थ्य, सुख शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
आङ नुरू शेर्पा
अध्यक्ष
चैारीखर्क मध्यवर्त्ती क्षेत्र उपभोक्ता समिती
24/07/2022
चौरिखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति पुनर्गठन भएको छ।
स्थानीय तह निर्वाचन २०७९ पछि समितिको अध्यक्ष, उपाध्यक्ष सचिव सहित सदस्यहरुको पद रिक्त भएको हुँदा समितिको पुनर्गठन भएको हो ।
समितिका ज्येष्ठ सदस्य दा छिरी शेर्पाको अध्यक्षतामा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न एक कर्यक्रमका बिच आङ नुरु शेर्पाको अध्यक्षतामा १५ सदस्यिय समिती गठन भएको हो ।
पुनर्गठन कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टसी ल्हामु शेर्पा, वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङबु शेर्पा, वडा नम्बर २ का वडाध्यक्ष आङ फुर्बा शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, कार्यपालिका सदस्य ल्हाक्पा गेल्जेन शेर्पा, सगरमाथा राष्ट्रिय निकुञ्जका रेन्जर श्याम प्रकाश तामाङ चौरिखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको कार्यलय सहायक ङवाङ छिरिङ शेर्पा लगायात चौरिखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिती अन्तर्गतको १० वटै समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो। नव गठित समुहको विवरण यस प्रकार रहेको छ।
१.अध्यक्ष : आङ नुरु शेर्पा
२.उपाध्यक्ष : किरण राई
३.सचिव : फुनुरु शेर्पा
४.कोषाध्यक्ष : दावा गेल्जेन शेर्पा
५.सह सचिव : आङ दाली शेर्पा
६.सदस्य : दा छिरी शेर्पा
७.सदस्य : पासाङ नुरु शेर्पा
८.सदस्य : आङ सार्की शेर्पा
९.सदस्य : याङजी राई
१०.सदस्य : ङिमा ल्हामु शेर्पा
११.सदस्य : फु डोमा शेर्पा
१२.सदस्य : आङ रिता शेर्पा
१३.सदस्य : आङ गेलु शेर्पा
१४.सदस्य : पाल्देन डोमा शेर्पा
१५.सदस्य : ङिमा दावा शेर्पा
यस भन्दा अघि कार्यरत चौरिखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पा खुम्बु पासाङल्हामु गाउपालिकाको कार्यपालिका सदस्य पदमा निर्वाचित भएपछी समितिको अध्यक्ष बाट राजिनामा दिनुभएको थियो, त्यस्तै उपाध्यक्ष नाम्गेल शेर्पाले गाउपालिकाको वडा नम्बर २ को वडाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएपछी समितिको विधान बमोजिम उक्त पद रिक्त भएको थियो, त्यस्तै सचिव नुरु जाङबु शेर्पा वडा नम्बर ३ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएपछी सचिवबाट राजिनामा दिनुभएको थियो र समितिका सदस्य ल्हाक्पा गेलु शेर्पा वडा नम्बर २ को वडा सदस्यमा निर्वाचत हुनु भई राजिनामा दिएपछी उक्त पदहरु रिक्त रहेको थियो ।
22/07/2022
खुम्बु पासाङल्हामु गाउपालिका वडा नं २ मा रहेको मेरा पिक मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको अध्यक्ष ङिमा दावा शेर्पा उपाध्यक्षमा राम कुमारि मगर सचिबमा किरन राई मिति २०७९ साल साउन ६ गते बसेको बैठकको निर्णय अनुसार नयाँ कार्यसमिती गठन भएको छ ।
नव गठित कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।
16/07/2022
गौतमबुद्घ मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको कार्यसमिती पुनर्गठन भएको छ ।
खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ३ मा रहेको गौतमबुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको अध्यक्ष नुरू जाङबु शेर्पा स्थानिय तह निर्वाचन २०७९ मा खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ३ को वडाध्यक्ष पदमा निर्वाचित हुनु भई उहाले दिनु भएको राजिनामा स्विकृत भएपश्चात मिति २०७९ साल आषाढ ३२ गते बसेको बैठकको निर्णयानुसार दावा जाङबु शेर्पाको अध्यक्षतामा नया कार्यसमिती गठन भएको हो । समुहको उपाध्यक्षमा याङजी राई र सचिवमा फुनुरू शेर्पा चयन हुनु भएको छ । नव गठित कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।
07/03/2022
यहाँहरूको अमूल्य सहयोग र योगदान प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टर आउदै
सुबास दर्नाल सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणका लागि...
27/01/2022
हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !
04/12/2021
मतदाता नामावली दर्ता सम्बन्धी संसोधित सुचना ।