हाम्रो यात्रा हाम्रो अभियान Hamro Yatra Hamro Abhiyan

हाम्रो यात्रा हाम्रो अभियान Hamro Yatra Hamro Abhiyan

Share

It’s a social service.

05/10/2025

अरनिको राजमार्ग र बिपि राजमार्ग हुंदै यात्रा गर्दे गर्दा अलपत्र अवस्थामा कोही हुनुहुन्छ भने धुलिखेलमा रहेको “Hotel Bihani Dhulikhel” ले निशुल्क खाने बस्ने ब्यवस्था गरेको यस होटलका सन्चालकले जानकारी गराउनु भएको छ।सरहानिय कार्यको लागि धन्यबाद!
सम्पर्क- 9766474747

02/10/2025

विजयादशमी २०८२ सालको सुखद अबसरमा हजुर र हजुरको सम्पुर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

25/09/2025

वरिष्ठ, आदरणीय, सम्माननीय भएर होइन पुजनीय भएर जीवन जिउनुपर्छ। लोभलाग्दो भएर जीवन जिउनुपर्छ, घिनलाग्दो तरिकाबाट बाट होइन।
🙏मेरो सानो सहयोग

खाना न पाउनेलाई खाना खान दिए लाउन न पाउनेलाई बोरा ओढाएर भए पनि न्यानो दिलाए !गोपाल वन बाबा 24/09/2025

यो कलियुग हो नगदमा रक्सी-उधारोमा दुध दरबारमा कुकुर सडकमा गाई टेबुलमा जुता-भुइँमा किताब विदेशमा छोराछोरी-वृद्धाश्रममा बुबाआमा 😭😭

खाना न पाउनेलाई खाना खान दिए लाउन न पाउनेलाई बोरा ओढाएर भए पनि न्यानो दिलाए !गोपाल वन बाबा धर्म भनेको आपत परेकोलाई सेवा गर्नु नै महाधर्म भनिन्छ।गोपाल बन बाबा !खाना न पाउनेलाई खाना खान दिए लाउन न पाउनेलाई ब...

10/02/2025

जानकारी तथा जनहितमा जारी सुचना !!!

मिति २०८१/०१/२६ गते बेलुकी अं १७:३० बजेको समयमा जिल्ला सर्लाही हरीपुर न.पा. ४ हरैया बस्ने दिलिप सिंह दनुवारको बर्ष ६ कि छोरी काव्या सिंह ( राम्रो सँग बोल्न नसक्ने) आफ्नै घर आँगनमा खेलिरहेको क्रममा अचानक हराई बेपत्ता भई खोजतलास गर्ने क्रममा यस ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले करिब ४ घण्टा पछी ऐ. अ. ९:३० बजेको समयमा घरभन्दा करिब २ कि.मि. टाढा सडक किनारामा सकुशल फेला पारी निज बालिकाको अभिभावकलाई जिम्मा लगाईएको ।

साथै सम्पुर्ण आमा बुबा दाजूभाई दिदिबहिनिहरुलाई आफ्ना नानि बाबुहरु ( विशेष गरि राम्ररी बोल्न नसक्ने, सुस्त मनस्थितिका, फरक क्षमता भएका बालबालिकाहरू) लाई घर या कहिँकतै पनि एक्लै नछोड्न, काम विशेष ले घर बाहिर जानुपर्दा भरपर्दो व्यक्ति वा आफन्तलाई जिम्मा लगाई जान , बालबालिकाहरुलाई सडक छेउमा खेल्न नछाड्न, तथा आफ्ना साना नानीबाबुहरुको उचित ख्याल राख्न यसै सुचनाद्वारा जानकारी गराईन्छ ।

सावधान बनौँ । सचेत बनौँ ।। साना नानिबाबुहरुको विशेष ख्याल गरौँ ।।।

07/10/2024

असोज १२ गतेको काभ्रेमा आएको बाढी पहिरोमा निधन भएकी आमाको किरिया बसिरहेका यी पनौती नगरपालिका-१ का ५ वर्षीय टुहुरो बालकलाई SoS बालग्राम धुलिखेलले आश्रय दिने भएको छ। अब १८ वर्ष सम्म SoS ला पाल्ने पढाउने गर्ने भएको छ। धन्यवाद छ संस्थालाई। माईतमा बसेर ज्याला मजदुरी गरेर बच्चा पाल्दै आएकी उनकी आमाको निधन भएपछि बालकले पहिरोमा आमासँगै सानिमा पनि गुमाए भने हजुर आमा पनि अपाङ्ग हुनेगरि घाईते भईन्। यी बालकले अहिले बेसहारा भएका थिए तर अब आश्रय पाउने भए।

18/09/2024

If possible we will change our fate, otherwise we will change our karma.
Life isn'… See more

12/07/2024

दु:खद खबर !
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको छ। बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ। १७ किलोमा ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी छ।

12/03/2024

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमदान आजदेखि सुरु भएको छ। रमदान अवधिभर एक महिनासम्म मुस्लिम समुदाय दिनभर निराहार बस्छन्। सबैलाई रमदानको शुभकामना !!

22/10/2023

तपाई जहाँ हुनुहुन्छ,त्यही सुरक्षित रहेर,स्वास्थ्यको ख्याल गरेर,सामाजिक सदभाव सहित यो सांस्कृतिक पर्व मनाउनु होला,बडादशैंको हार्दिक शुभकामना ।

25/07/2023

मनमा निरासपन हुनु, सानो कुरामा चिटचिटाहट हुनु, केही काममा जाँगर नहुनु, थकान हुनु, काममा ध्यान केन्द्रित नहुनु, निद्रा नलाग्नु डिप्रेसनका प्रमुख लक्षण हुन्।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bhaktapur, Naya Thimi
Kathmandu