04/02/2015
२०७१/१०/२१ : वैदेशिक रोजगार विभागको अत्यन्त जरुरि सूचना
http://www.dofe.gov.np/new/news/details/101
DOFE | नेपाल सरकार::बैदेशिक रोजगार बिभाग
Department Of Foreign Employment
20/01/2015
२०७१/१०/०६ : आर्थिक कारोबार बैंक मार्फत गर्ने बारे १५ दिने सूचना
20/01/2015
२०७१/१०/०६ : अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई अत्यन्त जरुरी सूचना
18/01/2015
बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि अत्यन्त जरुरी सूचना
बैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्याई, यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र बैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. बैदेशिक रोजगारमा जानका लागि तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन, उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन, तथा खारेजीमा परेको छ छैन बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली राजदूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।
२. देश, कम्पनी, कामगर्ने पद र पेशा, तलवभत्ता ,अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सोको १ प्रति आफूसँग राख्नुहोला । दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।
३. दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म ,ट्राभल एजेन्सी , मनी ट्रान्सफर चेन्जर ,दलाल , एजेन्ट , कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनु होस ठगिने वढी सम्भावना हुन्छ ।
४. आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।
५. इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो रु एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।
६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति ,रहन सहन, चालचलन , रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।
७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना , अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।
८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिनुहोस् ।
९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।
१०. कल्याणकारी कोषमा रु १,००० ।—बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।
११. विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखिकरण तालिम तालिम तथा जाने मुलुकको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम कानून सम्बन्धी जानकारी लिनुहोुस् ।
१२. वैदेशिक रोजगारीमा विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानपर्ने कागजातहरु रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।
१३. विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुदै हवाई टिकट खरीद नगर्नु होला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस । यदि कसैले तपाईलाई ललाईफकाई लैजादै छ भने स्थानीय प्रहरीलाई खवर गर्नुहोस ।
१४. लुकीछिपी जाँदा कानूनी कार्वाही हुने , अलपत्र पर्ने ,दुर्घटना हुने ,सम्झौता बमोजिम काम नपाउने , उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष ,बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनुहोस् ।
१५. बैदेशिक रोजगारमा हुने ठगी र अन्य स्ूचना लिन र दिन हटलाइन फोन नं. ९७७(१(४११२३५० को टेलीफोन लाइनको व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस । साथै बैदेशिक रोजगारप्रबद्र्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५मा पनि आफ्नो समस्या राख्न सकिन्छ ।
१६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा बैदेशिक रोजगारमा पुन जाँदा अनिवार्यरुपले पुन ः श्रम स्वीकृति (नविकरण)लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर ,गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नविकरण गर्नुहोस् ।
१७. कुनै पनि व्यक्तिले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन ,प्रहरी ,बैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् ।
१८. बैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा बैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित LT No . टाइप गरि ४००१ मा SMS .गरि आधिकारिकता बुझ्नु होस ।
१९. बैदेशिक रोजगारमा जाँदा ज्क्ष्ख्रब्क्ष्म्क् तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला ।
२०. बैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ती नगर्नुहोस् ।
२१. मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिए विभागमा सम्पर्क गर्नुहोला ।
09/12/2014
सुरक्षीत आप्रवासन तथा वैदेशिक रोजगारमा ठगि नियन्त्रणमा संचारकर्मीको भूमिका बिषयमा पूर्वान्चल क्षेत्रका विधुतीय तथा छापा माध्यमका पत्रकारहरुलाई झापाको दमकमा विभागका महानिर्देशकज्युले दिनुभएको सचेतना तालिम तथा अन्तरक्रिया कार्यक्रम आज मिति २०७१-०८-२३ गते मंगलवारका दिन सफलताका साथ सम्पन्न भयो। यसबाट सकारात्मक सूचना सम्प्रेषण गर्न मद्दत पुग्ने र वैदेशिक रोजगारमा जाने सेवाग्राहीहरु संचार कर्मीहरुले निर्भाह गर्ने भूमिका बाट लाभान्वित हुने कुरामा विश्वास लईएको छ ।
08/12/2014
सूचना सूचना सूचना
--------------------------------------------------------------------
वैदेशिक रोजगारीको शिलशिलाका लागि छापिने गरेको विज्ञापनको आधिकारिकता जाच गरि मात्र वैदेशिक रोजगारको निर्णय लिऔ l
www.dofe.gov.np मा गई विज्ञापनमा लेखिएको LT number search box मा राखि चेक गर्नुहोस् l
अथवा आफनो mobile को message box मा गई LT lot-number (e.g 12345) टाईप गरि ४००१ मा send गर्नुहोस् l
DOFE | नेपाल सरकार::बैदेशिक रोजगार बिभाग
Department Of Foreign Employment
12/08/2014
सुचना सूचना सुचना
----------------------------
मिति : २०७१/०४/२७ देखि वैदेशिक रोजगार विभाग तिनकुने बाट गरिदै आएको श्रम स्वीकृति सम्बन्धि सम्पूर्ण कार्य वैदेशिक रोजगार कार्यलय, ताहाचल, काठमाडौँ र शाखा कार्यालयहरु बाट सम्पन्न गरिने भएकोले सम्बन्धित सबैलाई यसै सूचना मार्फत सुचित गरिन्छ |
--वैदेशिक रोजगार विभाग, तिनकुने
24/06/2014
वैदेशिक रोजगारीको सिलसिलामा ईराकमा रहेका नेपालीहरुको यथार्थ बिवरण निज स्वयंम वा परिवारजन बाट तल उल्लेखित लिंक मा गई नेपाल सरकारलाई पठाउन हुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ |
official link : http://dofe.gov.np/new/rescue
DOFE | नेपाल सरकार::बैदेशिक रोजगार बिभाग
Department Of Foreign Employment
28/05/2014
बैदेशिक रोजगार विभागको नया Website कस्तो लाग्यो ? के कस्ता Content हरु राख्दा website को प्रभावकारिता बढ्छ होला ?
22/02/2014
“घुम्ती शिविर संचालन” सम्बन्धी प्रेश विज्ञप्ती
वैदेशिक रोजगार विभागले आउँदो साताबाट देशका विभिन्न जिल्लाहरुमा घुम्ती शिविर संचालन गर्ने कार्यक्रम अघि बढाएको छ । सो क्रममा मिति २०७०/११/१४ गते बुधबार विराटनगरमा स्थानिय सूरक्षा निकाय तथा सरोकारवाला अन्य निकायहरुको सहकार्य र सहयोगमा विभागको घुम्ती शिविर कार्यक्रम संचालन गरिने र सो क्रममा वैदेशिक रोजगार सम्बन्धी नियमन, अनुगमन, छलफल, अन्तत्र्रिया, उजुरीको उपयुक्त व्यवस्थापन लगायतका कामहरु स्थलगत रुपमा सम्पादन गर्ने प्रयास गरिनेछ । साथै यस कार्यक्रमको प्रभावकारीता र पृष्ठपोषणको आधारमा उपयुक्त सुधार सहित क्रमशः अन्य जिल्लाहरुमा समेत संचालन गरिने व्यहोरा समेत सम्बन्धित सबै सरोकारवाला निकायहरुको सहयोग र जानकारीको लागि यो विज्ञप्ती जारी गरिएको छ ।
20/02/2014
विभागको महानिर्देशक ज्युको सयोजकत्वमा गठित Rapid Response Task Force ले विभाग र प्रधानमन्त्री तथा मन्त्री परीशदको कार्यालयमा प्राप्त उजुरी उपर ५ वटा वैदेशिक रोजगार व्यवसाय सन्चालन गर्ने प्रा. लि.को MAI (Management Audit Inspection) स्थलगत निरिक्षण गर्यो
१ मोन्टेज ओभर्शिज प्रा लि
शनिस्चरे ९ झापा बस्ने नारायण प्रसाद गजुरेलको उक्त प्रा लि ले राहदानी नदिएको सम्बन्धमा सस्थाबाट लिखित जवाफ सहित निजको राहदनी टोलिले बिभागमा ल्याएको ।
२ राज ओभर्शिज प्रा लि
मृतक हर्क घिसिङ्को करार अवधी भन्दा थप समय बसेको हुँदा नियमानुशार अन्य क्षतिपुर्ती नपाएको अवस्थामा सस्था ले नै मानविय नाताले रु २५००० दिएको र निजको छोरा बालिग भ इ सकेकाले निजलाई नि शुल्क बैदेशिक रोजगार मा पठाउने भनि प्रतिबद्धता सहितको लिखित जवाफ टोलिले सकलन गरी ल्याएको ।
३ व्यवस्थापन परिक्षण : माथी का दुबै सस्था को व्यवस्थापन परिक्षण गरी एको ।
४ अभिमुखीकरन तालिम : लिट्रेड स्कूल ले सन्चालन गरेको हाउसमेड र अभिमुखीकरन तालिम को छड्के निरिक्षण गर्दा तोके अनुसार को प्रशिक्षण भइ रहेको पाइएको ।