Nepal Buddhist Tamang Development Committee

Nepal Buddhist Tamang Development Committee

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Buddhist Tamang Development Committee, Social service, Gokarneswor Municipality, Ward-04, Makalbari, Kathmandu.

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति वि.सं. २०५७ सालमा स्थापना भएको एक गैर-नाफामूलक सेवामूखी सामाजिक संस्था हो जसले मूलत तामाङ जातिको मौलिक पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्दै समुदायको आर्थिक र सामाजिक विकासको लागि काम गर्दछ।

17/04/2026

🙏 गुम्बामा आज सम्पन्न पवित्र पूजा कार्यक्रम 🙏

आज गुम्बामा श्रद्धा र भक्तिभावका साथ
पवित्र पूजा सम्पन्न गरियो।

☸️ सबै दिवंगत आमा तथा सम्पूर्ण प्राणीहरूको
शुभ पुनर्जन्मको कामना गर्दछौं।

🌿 जीवित आमा तथा परिवारहरूमा
सधैं सुख, शान्ति र समृद्धि रहिरहोस्।

🧘‍♂️ भगवान बुद्धको शिक्षाअनुसार
करुणा, मैत्री र धर्मको मार्गमा
हामी सधैं अघि बढ्न सकौं।

🙏 सर्वे भवन्तु सुखिनः 🙏


17/04/2026

!!! हार्दिक श्रद्धाञ्जली !!!

17/04/2026

आमाको मुख हेर्ने दिन मातातिर्थ औसि को मंगलमय शुभकामना 🕊️

नेपाल तामाङ बुद्धिस्ट सुधार समितिको तर्फबाट
सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछौं। 🙏

भगवान बुद्धको वचन अनुसार:
“आमाबुबा सन्तानका पहिलो गुरु हुन्,
उनीहरूको सेवा र सम्मान गर्नु नै
सबैभन्दा ठूलो पुण्य हो।” ☸️

आमाको माया करुणा, मैत्री र त्यागको प्रतिरूप हो।
उहाँहरूको आशीर्वादले हाम्रो जीवनमा
शान्ति, सुख र समृद्धि ल्याओस्। 🌼

☸️ सबै आमाहरू सधैं स्वस्थ, सुखी र दीर्घायु रहून्। ☸️

🙏 सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः 🙏

14/04/2026

🕊️ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🕊️

सम्पूर्ण श्रद्धालु भक्तजन, समाजसेवी तथा शुभेच्छुकहरूमा
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏

यो नयाँ वर्षले
☸️ मनमा शान्ति
🧘‍♂️ आत्मिक ऊर्जा
🌼 करुणा र मैत्री भावना
🌿 सुख, शान्ति र समृद्धि
ल्याओस् भन्ने कामना गर्दछौँ।

भगवान बुद्धको आशीर्वाद सधैं
तपाईंहरूसँग रहिरहोस्।

🙏 सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः 🙏

🌸 नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना! 🌸

नेपाल बुद्धिस्ट तामाङ सुधार समिति परिवार 🙏

#नयाँवर्ष२०८३



02/03/2026

फागु पूर्णिमा (होली) को पावन अवसरमा
सम्पूर्ण हिन्दु धर्मावलम्बी तथा देश-विदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा
शान्ति, मैत्री, सहिष्णुता र आपसी सद्भावको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पर्वले सबैमा प्रेम, समझदारी र सामाजिक एकता अझ बलियो बनाओस् भन्ने कामना गर्दछौँ।
— नेपाल बुद्धिष्ट तामाङ सुधार समिति परिवार

#फागुपूर्णिमा #होली२०८२
#मंगलमयशुभकामना #शुभकामना #सद्भाव #सहिष्णुता #मैत्री #शान्ति
#तामाङसमुदाय #बौद्धधर्म #सांस्कृतिकएकता

22/02/2026

नव-निर्वाचित कार्यसमिति सपथ ग्रहण गर्दै

Photos from Nepal Buddhist Tamang Development Committee's post 22/02/2026

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको १२औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा निवर्तमान कार्यसमितिको सम्मान कार्यक्रम मिति २०८२/११/०९ गते शनिबार संस्थाका अध्यक्ष दिपक तामाङ ज्यूको सभाध्यक्षता, संस्थाका कानूनी सल्लाहकार तथा १२औं अधिवेशनका निर्वाचन संयोजक अधिवक्ता बासुदेव खत्री ज्यूको प्रमुख आतिथ्यता, १२औं अधिवेशनका निर्वाचन अधिकृत राम शंकर बस्तेन ज्यूको विशिष्ठ आतिथ्यता, संस्थाका संरक्षक तथा पूर्व अध्यक्षज्यूहरुको आतिथ्यता र संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरुको गरिमामय उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो। कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष रुप तामाङ ज्यू, वरिष्ठ उपाध्यक्ष रेनु तामाङ ज्यू र सदस्य डल्ले थिङ ज्यू लाई उहाँहरुले संस्थाको विकासमा पूर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान गरिएको थियो।

Photos from Nepal Buddhist Tamang Development Committee's post 15/02/2026

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको २५औं बार्षिक साधारणसभा तथा १२औं अधिवेशन एवं +२ उतिर्ण विद्यार्थी सम्मान कार्यक्रम-२०८२ मिति २०८२ फागुन ०२ गते शनिबार संस्थाका अध्यक्ष रुप तामाङज्यूको सभाध्यक्षता, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालज्यूको प्रमुख आतिथ्यता, नगर उपप्रमुख सन्नानी लामाज्यूको विशिष्ठ आतिथ्यता, गोकर्णेश्वर-४ का वडा अध्यक्ष जयराम महतज्यू तथा विभिन्न संघ-संस्थाहरुका प्रतिनिधिज्यूहरुको आतिथ्यता र संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरुको गरिमामय उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो। कार्यक्रममा संस्थालाई आर्थिक तथा आवश्यक सामाग्री सहयोग गर्नुहुने महानुभावहरु तथा २०८२ सालमा +२ उतिर्ण हुनुभएका संस्थाका भाइ-बहिनिहरुलाई सम्मान गरिएको थियो।

यसैगरि संस्थाको १२औं अधिवेशनबाट निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरियो।

नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष: दिपक तामाङ
वरिष्ठ उपाध्यक्ष: सोम ब. तामाङ
महासचिव: चन्द्र मान तामाङ
कोषाध्यक्ष: आङमाया तामाङ
सदस्य: राम ब. तामाङ

नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति परिवार

08/02/2026

२५औं बार्षिक साधारणसभा तथा १२औं महाधिवेशन सम्बन्धमा सूचना

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gokarneswor Municipality, Ward-04, Makalbari
Kathmandu