Trending Dipu

Trending Dipu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trending Dipu, Social service, Kathmandu.

तार्केश्वर ११ वार्ड सदस्यको रूपमा स्वतन्त्र उम्मेदवारी दिएपछि राजनीति कति निर्मम र केही व्यक्तिको कब्जामा रहेको महसुस गरें। यो अवस्थाबाट आमजनतालाई मुक्त गराउन म अब निरन्तर छु। 🙏भ्रष्टाचार र बेथितिको राजनीति विरुद्ध सधै आवज बुलन्द बनाउने...(दिपु उप्रेती)

10/03/2026
Photos from Tarakeswor Aawaj's post 02/03/2026
09/02/2026

मनको पीडा बिसाउने आफ्नै काँधमा
गरे राम्रो, नगरे नराम्रो आफ्नै हातमा
दुखमा टाढिने आफन्त, सुखमा चाहिँ साथमा
बिहानको घामभन्दा राम्रो लाग्दैछ औँसीको रातमा

09/02/2026

हिसाब कहिले गर्ने भन्दै आए रवि लामिछाने

26/12/2025

“काठमाडौँ क्षेत्र नम्बर ६ मा अब चुनाव केवल सत्ता र पदको प्रतिस्पर्धा होइन, परिवर्तन र इमानदार नेतृत्वको निर्णायक संघर्ष बनेको छ। यही जनआवाज बोकेर जेन्जी पुस्ताको प्रतिनिधित्व गर्ने सामाजिक अभियन्ता दिपु उप्रेती स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिने घोषणा गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्।
काठमाडौँ क्षेत्र नम्बर ६ का हरेक समस्या नजिकबाट बुझेका उप्रेती जन्मदेखि कर्मसम्म यही क्षेत्रसँग जोडिएका छन्। सामुदायिक विद्यालय श्री मानसिंह धर्म माध्यमिक विद्यालयबाट शिक्षा हासिल गरेका, सरल स्वभावका धनी र व्यावसायिक पृष्ठभूमि भएका उनले मन, वचन र कर्मले पवित्र रहँदै जनताको सेवामा समर्पित रहने संकल्प सार्वजनिक गरेका छन्।
स्थानीय तहदेखि प्रतिनिधि सभासम्मका चुनावमा सहभागी भई अनुभव बटुलेका उनले घरदैलो अभियानमार्फत जनताको पीडा र अपेक्षा सिधै सुन्न थालेका छन्। आम मतदाताको ‘तिमी उठ्नुपर्छ’ भन्ने आग्रहलाई शिरोपर गर्दै डुप्चेश्वर महादेव मन्दिरमा पूजाआजा गरी अन्याय, भ्रष्टाचार र निराशाविरुद्धको संघर्षको घोषणा गरेका छन्।
कुनै पनि राज्यको सेवा–सुविधा नलिई जनताको सेवामा तल्लीन रहने वाचा गर्दै अघि बढेको यो अभियान कुनै व्यक्तिको मात्र होइन, काठमाडौँ–६ का आम नागरिकको आवाज हो। परिवर्तनको आँधी अब रोकिँदैन।”

14/12/2025

Associets Dip Investment Pvt. Ltd., तारकेश्वर आवाज प्रा.लि. का सञ्चालक,
सचेतना नागरिक संस्था नेपालका अध्यक्ष तथा
नेपाल निर्माण सामग्री व्यापार सङ्घका सह–कोषाध्यक्ष
आदरणीय दिपु उप्रेती ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।

“जे गर्छु, नेपालमै गर्छु” भन्ने अडानका साथ शिक्षा, स्वास्थ्य, जनचेतना र सामाजिक न्यायका क्षेत्रमा उहाँको योगदान प्रेरणादायी छ।
राजनीतिलाई सेवा र जिम्मेवारीको उच्च माध्यम ठानी, परिवर्तनको पक्षमा निडर उभिनु उहाँको पहिचान हो।

दूरदर्शी सोच, स्पष्ट बोली र जनताप्रतिको उत्तरदायित्वले उहाँ भोलिको समुन्नत नेपालका आशाका किरण हुनुहुन्छ।

सुस्वास्थ्य, दीर्घायु र समाज रूपान्तरणको यात्राले अझ उच्च शिखर चुमोस्—यही शुभकामना।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
44600