Jaya Nepal

Call Website Contact the organization

Jaya Nepal तथ्य तथा ताजा खबर का लागि हामीलाई फलो गर्नु होला । राजनीतिक अभियान

22/09/2026

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी budhathoki को अनुरोध ।

दाङ । चाडपर्वलाई लक्षित गरेर तुलसीपुर यातायात प्रालिले दाङ काठमाडौं संचालन गर्नेगरी थप ४ वटा एसी गरुड बस भित्र्याएको छ ।...
17/09/2026

दाङ । चाडपर्वलाई लक्षित गरेर तुलसीपुर यातायात प्रालिले दाङ काठमाडौं संचालन गर्नेगरी थप ४ वटा एसी गरुड बस भित्र्याएको छ । गरुड नामाकरण गरिएका ती बसहरुको आज प्रालिका अध्यक्ष पवनराज बुढाथोकी र सल्लाहकार जनक खरालले रिबन काटेर सेवा संचालनको शुभारम्भ गर्नुभयो ।
एक करोड मूल्यका बसमा ३७ वटा सोफा सिट र ६ वटा सिल्पिङ सिट रहेका छन् । प्रालिका कर्मचारी तथा नारायणपुर काउन्टरका इञ्चार्ज प्रबीण बुढाथोकीका अनुसार प्रालिले यात्रुका लागि गुणस्तरीय सेवा प्रदान गर्नेगरी बसमा पानी र ब्ल्याङकेटको सुविधा उपलब्ध गराएको छ ।
यात्रुहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको तुलसीपुर यातायात प्रालिले यश अघि शुभकामना बस ४ वटा, यार्सा बस ४ वटा, क्वीन बस ४ वटा र मयुर बस ४ वटा संचालनमा ल्याइसकेको छ ।

पहल थिएटर निर्माण तीव्र, सहयोगका लागि सार्वजनिक अपिलघोराही, दाङ । दाङमा जनस्तरबाट निर्माण भइरहेको पहल थिएटर (सामुदायिक क...
16/09/2026

पहल थिएटर निर्माण तीव्र, सहयोगका लागि सार्वजनिक अपिल
घोराही, दाङ । दाङमा जनस्तरबाट निर्माण भइरहेको पहल थिएटर (सामुदायिक कलाघर) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा अघि बढिरहेको छ। सीमित स्रोत–साधनका बीच स्थानीय समुदाय, कलाकार, साहित्यकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहयोगमा निर्माण भइरहेको कलाघरको संरचनाले क्रमशः आकार लिन थालेको छ।
पहल थिएटरलाई दाङको कला, साहित्य, चलचित्र, संगीत तथा रंगमञ्चको विकासका लागि साझा सांस्कृतिक थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विशेषगरी स्थानीय प्रतिभालाई प्रशिक्षण, सिर्जना र प्रस्तुतीकरणको अवसर दिने तथा नयाँ पुस्तालाई कला र संस्कृतिसँग जोड्ने उद्देश्यले सामुदायिक कलाघर निर्माण अघि बढाइएको हो।
हाल भवनको मुख्य संरचना निर्माणको चरणमा पुगे पनि निर्माण सम्पन्न गर्न अझै आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको पहल थिएटरले जनाएको छ। भवन निर्माणसँगै रंगमञ्च, प्रकाश तथा ध्वनि प्रणाली, दर्शकदीर्घा, आवश्यक प्राविधिक सामग्रीलगायतका पूर्वाधार व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको आवश्यकता रहेको हो।
“पहल थिएटर एउटा व्यक्तिको मात्र सपना होइन, दाङको कला र संस्कृतिको साझा घर हो।” निर्माण अभियानले सहयोग गर्न चाहने व्यक्ति, संस्था, उद्योगी–व्यवसायी, कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा देश–विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरेको छ।
सानो सहयोगले पनि ठूलो सांस्कृतिक अभियानलाई अघि बढाउन सक्ने भन्दै पहल थिएटरले “आजको सहयोग, भोलिको पुस्ताका लागि सिर्जनाको घर” बन्ने विश्वास व्यक्त गरेको छ।

13/09/2026

भण्टा कि गोभी ?

शुभ प्रभातका विद्यार्थीले खाजा खर्च कटाएर बाढीपीडितका लागि जुटाए १० हजार बढीदाङ, घोराही । घोराही उपमहानगरपालिका–१४ नयाँब...
11/09/2026

शुभ प्रभातका विद्यार्थीले खाजा खर्च कटाएर बाढीपीडितका लागि जुटाए १० हजार बढी
दाङ, घोराही । घोराही उपमहानगरपालिका–१४ नयाँबजारस्थित शुभ प्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सहयोग जुटाएका छन्। विद्यार्थीहरूले सामूहिक रूपमा १० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेका हुन्।
बाढी तथा विपद्का कारण पीडित बनेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफूले दैनिक खाजाका लागि खर्च गर्ने रकमबाट केही हिस्सा बचत गर्दै सहयोग रकम संकलन गरेका हुन्। सानै उमेरमा विपद्मा परेका नागरिकप्रति सहयोग र सहानुभूतिको भावना देखाउँदै विद्यार्थीहरूले गरेको यो प्रयास प्रशंसनीय र प्रेरणादायी बनेको छ।
विद्यालयका प्रधानाध्यापक रुद्र बुढाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा संकलित रकम सार्वजनिक गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूले आफूहरूले आफ्नो खाजा खर्च कटाएर बाढीपीडितका लागि सहयोग रकम संकलन गरेको बताएका थिए। उनीहरूले संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विद्यार्थीहरूले विद्यालयमा अध्ययनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्नु आवश्यक रहेको सन्देशसमेत दिएका छन्। आफूले पाउने खाजा खर्चबाट केही रकम बचाएर अरूको दुःखमा सहयोग गर्नु उनीहरूको उमेरका हिसाबले मात्र होइन, सामाजिक चेतनाका दृष्टिले पनि महत्वपूर्ण कदम भएको सहभागीहरूले बताएका छन्।
विशेषगरी सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर विपद् प्रभावित नागरिकका लागि रकम संकलन गर्नु अत्यन्तै सकारात्मक र अनुकरणीय कार्य भएको कार्यक्रममा सहभागीहरूले बताएका थिए। सहयोगको रकम ठूलो वा सानोभन्दा पनि त्यसमा जोडिएको भावना, त्याग र मानवीय संवेदना महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।
विद्यार्थीहरूको यो कार्यले विद्यालय शिक्षा केवल किताब र कक्षाकोठामा सीमित नभई सामाजिक उत्तरदायित्व, सहयोग, सहकार्य र मानवीय सेवासँग पनि जोडिनुपर्ने सन्देश दिएको छ। विपद्को समयमा समाजका सबै वर्गले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उदाहरणसमेत विद्यार्थीहरूले प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूको यस मानवीय पहलका लागि विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गरिएको छ। सानो उमेरमा आफूले पाउने सुविधाबाट केही त्याग गरेर पीडितको दुःखमा साथ दिने उनीहरूको संस्कारले भविष्यमा जिम्मेवार र संवेदनशील नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शुभ प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूले देखाएको यो उदाहरणले ‘सहयोग गर्न ठूलो धन होइन, ठूलो मन चाहिन्छ’ भन्ने सन्देशलाई सार्थक बनाएको छ।

11/09/2026

चितवनमा बाटोमा गुड्दा गुड्दैको इभी गाडीमा यसरी आगो लाग्यो ।

बाढीपीडितलाई अम्बिकेश्वरी मन्दिरको आर्थिक सहयोगघोराही, दाङ — बाढी तथा विपद्बाट प्रभावित पीडित परिवारका लागि अम्बिकेश्वरी...
11/09/2026

बाढीपीडितलाई अम्बिकेश्वरी मन्दिरको आर्थिक सहयोग

घोराही, दाङ — बाढी तथा विपद्बाट प्रभावित पीडित परिवारका लागि अम्बिकेश्वरी मन्दिरले आर्थिक सहयोग गरेको छ।

मन्दिर व्यवस्थापन समितिको तर्फबाट एकाउन्न हजार एक सय पाँच रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याइएको हो।

विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै मन्दिरले सहयोग गरेको जनाएको छ।

10/09/2026
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी य...
10/09/2026

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले आज प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी हुन्।

09/09/2026

बर्दीको इज्जत #जयनेपाल

Address

Basundhara
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Jaya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jaya Nepal:

Shortcuts

Share