Jaya Nepal

Jaya Nepal

Share

तथ्य तथा ताजा खबर का लागि हामीलाई फलो गर्नु होला । राजनीतिक अभियान

01/06/2026

विपक्षी दलहरुको बैठक शुरु ।

01/06/2026

प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टीको धारणा:

प्रेस विज्ञप्ति
यही जेठ १७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीबाट नेपाल-भारत सीमा सम्बन्धमा व्यक्त धारणाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत छ। हाम्रो पार्टी उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछ ।
अन्तर्राष्ट्रिय जमिन अतिक्रमण (Encroachment) र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल-बदल (Cross-Holding) दुई भिन्न विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा आपसी सहमति वा कानुनी अधिकारविना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई 'अतिक्रमण' भनिन्छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको ऑतक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।
सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल-भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई 'कब्जा' भनिदैन। यसलाई जग्गाको भोगचलन (Land Cross-Holding) को अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसद्‌को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ ।
नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसलाई कूटनीतिक माध्यमवाट हल गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं। तर, हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा गरेको छैन भन्ने तथ्यमा टेकेर मात्रै हाम्रो दाबी कायम रहन्छ । यही आधारमा लिम्पियाधुरा क्षेत्रमा नेपालले आफ्नो दावी कायमै राखी चुच्चे नक्सा जारी गरेको छ। यता, सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (EPG) को प्रतिवेदन भारतले हालसम्म पनि सार्वजनिक गरेको छैन। यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीबाट व्यक्त धारणाले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुऱ्याएको छ । अतः उक्त भनाइ तत्काल सच्याउन, संसद्‌को रेकर्डवाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।
मिति : २०८३०२।१८
प्रकाश ज्वाला प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी

01/06/2026

बालेनविरुद्ध सडकमा प्रदर्शन ।

31/05/2026

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि सडकमै पोखियो विरोध ।

31/05/2026

करेण्टबाट माछा मार्दा एकजनाको मृत्यु #जयनेपाल

29/05/2026

संयोजक प्रचण्डद्वारा गणतन्त्र दिवस-२०८३ को शुभकामना
आदरणीय जनसमुदाय,
गणतन्त्र दिवस-२०८३ का अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षधर समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो। तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन।
संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता हो। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो। "गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो।" त्यसका लागि समावेशी, पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई झनै मजबुत बनाउनु अपरिहार्य छ।
आज देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक छ। सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु हाम्रो साझा राष्ट्रिय संकल्प हो।
हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो। परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ। नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट बनौं।
सबैमा पुनः हार्दिक शुभकामना!
१५ जेठ २०८३
ने.सं.११४६ अनालाथ्व त्रयोदशी

पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

28/05/2026

जेनजी आन्दोलनका बेला सेना मूकदर्शक #जयनेपाल

27/05/2026

चुपचाप घण्टी छाप, जताततै कुटाकुट र गोदागोद । प्रसंग पर्सा घण्टी

26/05/2026

रविलाई भारत गएर लिपुलेकबारे बोल्न हर्कको सुझाव

***n

26/05/2026

लुम्बिनीमा कांग्रेसले अड्कायो हलो ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Basundhara
Kathmandu
00977