Youth Awakening Group

Youth Awakening Group

Share

Youths Are The Future, Don't let them sleep in their days of learning and developing. Social Work

Photos from Youth Awakening Group's post 04/06/2023

राजेन्द्र लिङ्देन ज्यूको साहसी आवाजले सदन नै खलबलिएको र देशका लागि केही दलाल, गुण्डा नाइके, विदेशी शक्तिद्वारा परिचालित नेता वाहेक देशलाई माया गर्ने र असल नेताहरु एक जुठ भएको देख्दा एक सच्चा देश भक्तको शक्ति के रैछ आज महसुश भयाे ।

१.देशको सबै भन्दा एतिहासिक र विश्व भरी देशलाई चिनाउने , एसिया महादेशको प्रकाश लाई जन्म दिने भूमि कपिलवस्तु लुम्बिनी छिमेकी राष्ट्रले आफ्नो भनी नकसमै प्रकाशित गर्दा समेत किन मौन छ नेपाल सरकार??

२.देशको नागरिकता जस्तो संवेदनशील प्रमाणपत्र चलचित्रको टीकट जसरी बढ्ने निर्णय जुन सदनबाट पारित गरिउने पर्ने निर्णय किन सुटिक राष्ट्रपति द्वारा प्रमाणीकरण ??

३. देशको तीन तहको न्यायलय बाट दोषी ठहर आजीवन कारावास सजाय फैसला भएको रेशम चौधारी लाई पूर्णपाठ नाउँदाई किन हतार गरी राष्ट्रपति द्वारा आममाफी प्रदान गरी सजाय मिनाहा??

(यो रेशम चौधरी र पहिचानका मुद्दाको विरोध हैन यो प्रणाली, व्यवस्था , शक्ति दुरूपयोग,विदेशी हस्तक्षेप र परिचालन को विरोध हो)

यी सब प्रधानमन्त्री भारत भ्रमण जानु अघि भएको देख्दा प्रचण्ड लगायत गठबंधन नेताहरु भारतीय शक्ति द्वारा परिचालित रहेको कुरा प्रस्ट प्रमाणित भएको छ र यो सब कुरा हरू लाई दबाउन र ध्यान अन्तै मोड्न भैंसी र राँगो ल्याएर जनता लाई ठुलो विकाश गर्यो भनेर हल्ला गर्ने देशद्रोही, भारतीय दलाल पार्टी माओवादी र भारतद्वारा परिचालित गठबंधनका नेता र चम्चे झोलेहरू ले नेपाली जनता लाई के सोच्दा रहेछन पनि प्रष्ट देखियो।

अझै लाटो बनाउने भनेर न सोचे हुन्छ जनता सचेत र शिक्षित भइसके यस्ता बकम्फुसे, लज्जास्पद,अर्थहीन राजनीतिक षड्यन्त्र,तरिका र प्रविधिले अब काम गर्ने छैन, यस्तै हो भने कडा भन्दा कडा र जनयुद्ध भन्दा पनि क्रूर र ठूलो विद्रोह हुने छ। भारतीय दलाल, देशद्रोही, आतङ्ककारी , नेपाली आमाका भूमि बेचुवा, जनता सोसकी गठबन्धनका नेता र चमचे हरू होसियार।

26/05/2023

मिति: २०८०-०२-१३
प्रिय, नेपाली आमा बुबा , दाजु भाई तथा दिदी बहिनी(नेपाली जनता)
नेपाल

विषय: जानकारी, सावधान र ध्यानाकर्षण सूचना सम्बन्धमा
उपरोक्त सम्बन्धमा वर्तमान नेपाल देशको राजनीतिक अवस्था बारे जानकारी , सावधान र ध्यानाकर्षण सूचना बारेमा भन्नु पर्दा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल , एकिकृत समाजबादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल , नागरिक उन्मुक्ति पार्टी हरुका गठबंधन द्वारा गठन भएको तेस्रो दाहाल मन्त्रिपरिषद्को वर्तमान सरकारले र पार्टीका नेता र कार्यकर्ताहरु विकास को कार्य, देश र जनताका समस्या समधान र देश सञ्चालन गर्नू भन्दा प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही लगायत नेता र कार्यकर्ताहरुको संगठित ढंगले विरोध गर्ने, झुठा भ्रष्टाचारका आरोप लाउने र हावादारी मुद्दा हाल्ने कार्य मात्र गरेको पाइयो।
त्यति मात्रै नभई को पी शर्मा ओली माथि ज्यान्धरी आक्रमण पनि भइसकेको र देश भरी पनि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित जनप्रतिनिधि, नेता र कार्यकर्ताहरु माथि पनि संगठित ढंगले ज्यान्धरि शारीरिक आक्रमण गर्ने, झुठा भ्रष्टाचारका आरोप लाई चरित्र हत्या गर्ने र विरोधका घटनाहरू तिब्र गतिमा बढीरहेको छ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता, कार्यकर्ता र समर्थक हरु सबैको ज्यानको सुरक्षा जोखिम पूर्ण अवस्थामा भएको जानकारी र ध्यानाकर्षण गर्दै साथ साथै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता, कार्यकर्ता र समर्थक हरु सबैमा निडर र साहसी भई यस्तो देशद्रोही,आतङ्ककारी र विदेशी शक्तिका दलाल हरु विरोध गर्न र देश र जनताका हित र विकासको लागि लडिरहनू अनुरोध गर्दै , धन्यवाद दिँदै र भ्रष्ट, आतङ्ककारी, देशद्रोही र विदेशी शक्तिका दलाल सरकार पक्ष हरु लाई यस्ता गतिविधि नसहने र कडा विद्रोह हुने बारे होसियार पनि गराउँन चाहन्छु ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि देशको हित र विकास , अनि जनताका अधिकार, आवाज र भविष्य सुनिश्चित गर्ने मिलेर अगी बढ्नु पर्ने वर्तमान अवस्थाको माग र जरुरी पनि देखियो।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको हाम्रो नजिकका छिमेकी सुनकोशी गाउँपालिका र हाम्रो यसै लिसंखु पाखर गाउँपालिका का जिम्मेवार नेता,कार्यकर्ता र समर्थक संग अनौपचारिक सम्पर्क र छलफल भएकोले र अब आफ्नो वडामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विस्तार कार्यमा सहयोग र साथ दिने र चाँडै औपचारिक छलफल गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश कार्यक्रम हुने कुरा पनि जानकारी गराउँन चाहन्छु।

युवा जागरण समुह

Photos from Youth Awakening Group's post 20/05/2023

“प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाल सरकार र तेस्रो दाहाल मन्त्रिपरिषद्ले नेपालको जनयुद्धको अवसरमा राष्ट्रव्यापी सार्वजनिक बिदा दिने निर्णयको आज हामी विरोध गर्दछौ । जनयुद्ध हाम्रो इतिहासको कालो र पिडायुक्त अवधि हो।
पीडितको सम्झना उपचार र मेलमिलापको लागि काम गर्नुको सट्टा, सरकारले विभाजन, हिंसा र हारको समयलाई महिमा दिने छनौट गर्दछ। जुन युद्धले हाम्रो राष्ट्रलाई टुक्राटुक्रा पारेको र अझै निको नभएको घाउ दिएको छ त्यस युद्ध मनाउँदैछौं भनि विचलित पार्ने सन्देश दिऐको छ।
हामीलाई एकता, प्रगति र नागरिकको हितलाई प्राथमिकता दिने नेताहरू चाहिन्छ। यो निर्णयले विभाजन मात्र नभई गरिबी, बेरोजगारी र चलिरहेको आर्थिक महामारी जस्ता ध्यान दिनु पर्ने महत्वपुर्ण मुद्दाहरूलाई पनि बेवास्ता गर्छ।
म नेपाल सरकारलाई यो गलत निर्णयमा पुनर्विचार गर्न र शान्ति, सद्भाव र सामाजिक-आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दछु। जनयुद्धलाई हाम्रो इतिहासको पीडादायी अध्यायको रूपमा सम्झौं र हामी सबैलाई एकताबद्ध गर्ने उज्यालो भविष्यतर्फ लागौं।
War "

30/04/2023

आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, वर्तमान सरकारको काम कारबाही र जनताको हितमा भएको बेवास्ताबाट हामी अत्यन्तै दुखित छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैका नीति तथा निर्णयले हाम्रो देशमा थप अशान्ति र अस्थिरता निम्त्याएको छ । म उहाँको राजिनामाको जोडदार माग गर्दछु र जनताको समस्या र चिन्तालाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछु। हामी एकजुट भएर न्याय र हाम्रो राष्ट्रको राम्रो भविष्यको लागि आवाज उठाऔं।"

Demand for Prime Minister's Resignation.

"Dear Mother's and Father's, Brother's and sister's, We are deeply troubled by the actions of the current government and their disregard for the welfare of the people. The recent policies and decisions taken by Prime Minister Mr. Pushpa Kamal Dahal have only led to further unrest and instability in our country. I strongly demand his resignation and call upon the government to address the issues and concerns of the citizens. Let us unite and raise our voice for justice and a better future for our nation."



30/04/2023

आवाज र ऊर्जाको प्रदान गर्नु हुने राष्ट्रिय युवा सघं अध्यक्ष आदरणीय क्षितिज थेबे दाई लाई धेरै धेरै धन्यवाद,

Mahabir Pun Chairman of National Innovation Center राष्ट्रिय युवा संघ नेपाल Communist Party of Nepal, UML
National Youth Federation Nepal राष्ट्रिय युवा संघ नेपाल

Photos from Youth Awakening Group's post 30/04/2023

Attention, Not posting this supporting or promotion of the related party.
This is 100% wrong and Injustice to people
So, We Youth Awakening Group Also Protest against the government with Nepals One of the top, talented and true citizen of our country Honourable Mr.Mahabir.Pun. And National Youth Federation Respected Chairman Mr.Ksh*tiz Thebe Sir, Thanks a lot for doing duties so splendidly. राष्ट्रिय युवा संघ नेपाल Mahabir Pun Chairman of National Innovation Center

Photos from Youth Awakening Group's post 26/04/2023

Vacancy For Teachers

21/04/2023

लिसांखु पाखर गाउँपालिका-७ ठूलोपाखरका आदरणीय वडा अध्यक्ष श्री दिनेश लामा, लिसांखु पाखर गाउँपालिका-७ ठूलोपाखर स्थानीय रजिष्टर श्री राजेश लामा, वन रेन्जर श्री किरण सर डाँडापाखार युवा क्लबका अध्यक्ष श्री चन्द्र बाहदुर तामाङ ज्यू र थुटेमाने बन समिति का सचिव श्री वाङगेल लामा ज्यू सबैले गरेको कामको लागि कृतज्ञता जनाउन चाहन्छौ। तपाईंको काम र समय को लागि धेरै धेरै धन्यवाद।
वडा अध्यक्ष ज्यूको श्रमदान र सहयोगी भावना धरान उप महानगरपालिका अध्यक्ष हर्क साम्पाङ राई भन्दा कम छैन।

Appreciate the work done By Respected Ward Chairman of Lisankhu Pakhar Rural Municipality -7 Thulopakhar, Mr. Dinesh Lama, Lisankhu Pakhar Rural Municipality -7 Thulopakhar Local Register Mr. Rajesh Lama and Forest Ranger Mr. Kiran Sir. Thank you for your work,time and concern.

Photos from Youth Awakening Group's post 20/04/2023

भालुखोप सुनकोशी गाउँपालिकाबाट सुरु भएको आगलागी गोलमेबाट हाम्रो लिसांखु पाखर–७, ठूलोपाखरसम्म पुगेको छ । सुनकोशी गाउँपालिका–६ का बासिन्दा र सुनकोशी गाउँपालिकाको कार्यकारी कार्यालयले डढेलो फैलिन नदिन र नियन्त्रणका लागि एपीएफ खटाएको छ । A.P.F ले लिसांखु पाखर-७ ठुलोपाखरमा जङ्गलमा लागेको आगो फैलाउनको लागि झाडापखाला र खन्ने काम गरेको छ तर पनि जङ्गलमा लागेको आगो फैलिन सक्छ, त्यसैले हाम्रो लिसांखु पाखर गाउँपालिकाका सम्माननीय अध्यक्ष श्री राजु लामा ज्यू र लिसांखु पाखर गाँउपालिका-७, ठुलोपाखर का सम्मानीय अध्यक्ष श्री दिनेश लामा ज्यू दुवै जानाले एपीएफ र वन डिभिजन र वन रेन्जर पोष्टमा जङ्गलमा लागेको आगलागी रोक्न सम्पर्क गरिसकेका छन् । तसर्थ लिसांखु पाखर ७ का प्रत्येक बासिन्दा र अन्य प्रभावित हुन सक्ने अन्य वडाका बासिन्दाहरूलाई आगो निभाउन मद्दत गर्न अनुरोध गर्दछौं।

Wildfire which started from Bhalu Khop Sunkoshi Rural Municipality-6 is about reach our Lisankhu Pakhar-7,Thulopakhar from Golme. Residents of Sunkoshi RM -6 and Executive office of Sunkoshi RM has appointed A.P.F to stop spreading and control of the wildfire. The A.P.F have sweeped and dug to stop spreading of the wildfire into Lisankhu Pakhar-7 Thulopakhar but they wildfire may or may not stop the spreading ,So we humbly request every resident of Lisankhu Pakahar RM -7 and other resident of other wards who might be affected from the wildfire to come and help to stop the wildfire.
Wildfire which started from Bhalu Khop Sunkoshi Rural Municipality is about reach our Lisankhu Pakhar-7,Thulopakhar from Golme. Residents of Sunkoshi RM -6 and Executive office of Sunkoshi RM has appointed A.P.F to stop spreading and control of the wildfire. The A.P.F have sweeped and dug to spread the wildfire into Lisankhu Pakhar-7 Thulopakhar but they wildfire may or may not stop the spreading ,So Honourable Chair Person of our Lisankhu Pakhar Rural Municipality Mr. Raju Lama has already contacted the A.P.F and Forest Division and Forest Ranger Post to stop the spreading wildfire. Thus we request every resident of Lisankhu Pakahar RM -7 and other resident of other wards who might be affected to come and help to stop the wildfire.


लिसंखु पाखर गाउँपालिका

16/04/2023

Manisha, Dilip,Kisma,Radhika Welfare Charity

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu
44600