14/04/2026
अमेरिकाले
ह्यारी एस. टुमनको पालामा
जापान र उत्तर कोरिया ध्वस्त पार्यो ।
लिन्डन बि. जोन्सनको पालामा
भियतनाममाथि आक्रमण गर्यो ।
रिचर्ड निक्सनको पालामा
कम्बोडिया र लाओसलाई निशाना बनायो ।
जर्ज डब्लु. बुसको पालामा
इराक, पानामा
र अफगानिस्तानलाई ध्वस्त बनाइयो ।
बाराक ओबामाको पालामा
लिबिया र सिरियालाई सखाप पारियो ।
बिल क्लिन्टनको पालामा
युगोस्लाभियालाई तारो बनाईयो ।
जोन बाइडेनको पालामा
सिरिया, प्यालेस्टाइन
र सोमालियामाथि आक्रमण गरियो ।
डोनाल्ड ट्रम्पको पालामा
भेनेजुयला, इरान
र प्यालेस्टाइनमाथि हमला भैरहेकै छ ।
त्यसकारण
अमेरिका कुनै एउटा
सन्की शाषकको सनक मात्र होइन
मानवता नै मार्ने
साम्राज्यवादी प्रवृत्ति हो ।
अमेरिका एउटा संरचना हो
दमनको, दादागिरीको र नरसंहारको !!
14/04/2026
रूस र चीनको समुद्री घेराबन्दी : अमेरिका बेबस, होर्मुजमा तनाव चरम
इस्लामावाद वार्ता असफल भएपछि रूस र चीनले होर्मुज जलडमरूमध्यमा संयुक्त नौसेना गतिविधि बढाएका छन्। अप्रिल ७, २०२६ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिका समर्थित होर्मुज खोल्ने प्रस्तावलाई रूस र चीनले भिटो गरेका थिए। प्रस्तावमा ११ मत पक्षमा, २ विरुद्ध (रूस र चीन) र २ मत अनुपस्थित रहेको थियो। रूस र चीनले संयुक्त “Maritime Security Belt 2026” अभ्यास गर्दै इरानसँग नजिक रहेको देखाएका छन्। इरानी मिडियाका अनुसार रूस, चीन र इरानका युद्धपोतहरू होर्मुज र ओमान सागरमा संयुक्त अभ्यास गरिरहेका छन्। चीनले सार्वजनिक गरेको भिडियोमा चिनियाँ तेल ट्यांकरहरू होर्मुजबाट निर्बाध गुज्रिरहेको देखाइएको छ। चिनियाँ अधिकारीले भनेका छन्, “हाम्रा जहाजहरू नियमित गुज्रिरहेका छन्, जसमा साहस छ त्यसले रोक्न प्रयास गरोस्।”
होर्मुजबाट विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुन्छ। अमेरिकाले यो मार्गमा ब्लकेडको प्रयास गरे पनि रूस र चीनको उपस्थितिले अमेरिकालाई चुनौती दिएको छ। चीन इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता हो र उसले होर्मुज अवरोधलाई “अन्तर्राष्ट्रिय समुदायको हितविरुद्ध” भनेको छ। यो घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढाएको छ। विश्व बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आएको छ। विशेषज्ञहरूका अनुसार रूस र चीनको यो कदमले अमेरिकाको एकल पक्षीय नीतिलाई चुनौती दिएको छ। पाकिस्तानको मध्यस्थतामा भएको वार्ता असफल भएपछि क्षेत्रीय शक्तिहरू सक्रिय बनेका छन्।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेको छ तर रूस र चीनको संयुक्त घेराबन्दीले स्थिति जटिल बनाएको छ। यदि यो तनाव बढ्यो भने होर्मुज पूर्ण रूपमा अवरुद्ध हुन सक्ने र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने जोखिम छ।
13/04/2026
सम्पत्ति विवरणको बचाउ गर्दै गृहमन्त्रीले दिएको प्रतिक्रियामा रक्षा बमको जबाफ
गृहमन्त्री सुधन गुरूङले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि प्रश्न उठेपछि सोमबार बिहान फेसबुकमा एउटा प्रतिक्रिया लेखे।
उनको प्रतिक्रियामा आपत्ति जनाउँदै जेनजी अभियानी रक्षा बमले फेसबुकबाटै जबाफ फर्काएकी छन्।
गृहमन्त्री गुरूङले लेखेका थिए, 'तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। सरकारमा आउनुअगाडि बिना भ्रष्टाचार कमाउनु पाप होइन। सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। चेतना भया!'
आलोचना बढेपछि गृहमन्त्रीले उक्त फेसबुक प्रतिक्रिया हटाइसकेका छन्।
त्यसको जबाफमा जेनजी अभियानी रक्षा बमले आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत भन्न नमिल्ने बताएकी छन्।
'फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो,' उनी लेख्छिन्, 'आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।'
उनी अगाडि लेख्छिन्, 'आज हाम्रो देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपनाजस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।'
'जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई 'गलत' को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस्,' रक्षाले लेखेकी छन्।
गृहमन्त्री गुरूङले आफ्नो सम्पत्ति विवरणमा धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्। बुबा दिलबहादुर गुरूङको नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन्।
उनले ८९ तोला सुन र ६ किलो चाँदी पैतृक सम्पत्तिका रूपमा देखाएका छन्।
गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ छ।
होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन्। लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्।
धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर देखिएको छ। एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्।
उनले आफ्नो सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन्।
त्यस्तै उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार पनि देखाएका छन्। उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रूपैयाँमा किनेको खुलाएका छन्।
08/03/2026
आउनुहोस् follow र follow back गरौं !
23/02/2026
page grow गर्न सहकार्य गरौं !
29/01/2026
काठमाडौमा घाम लागे पनि कति चिसो हो यार ?
23/01/2026
घाइते अपांगको परिभाषा र अधिकारबारे अभियन्ता कृष्ण गहतराज !
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
18/01/2026
अनुभूतिले रंगिएको विवेक नै कविता हो ।
03/12/2025
क्रान्तिमै समर्पित हुँदा पनि भगौडाको आरोप लागेका क. सुरेश – डम्बर थामी ‘अनुपम’
क. ‘सुरेश’ लाई लीला बहादुर श्रेष्ठ भनेर चिनिन्छ । २०४३ सालमा गाउँकै नेता प्रेम बहादुर किङरिङ सरसँग पार्टी सम्पर्.....