Love You Nepal

Love You Nepal

Share

--"United we rise, Divided we fall"--
Like us, Follow us..We will try to deliver the best contents regarding entertainment and social awareness.

Nepal
Country
Nepal, officially the Federal Democratic Republic of Nepal, is a landlocked sovereign state located in South Asia. Wikipedia
Capital: Kathmandu
Currency: Nepalese rupee
Prime minister: Khil Raj Regmi
Population: 27.47 million (2012) World Bank
Official language: Nepali Language
Government: Federal republic, Federation, Republic

29/05/2020
29/05/2014

ईतिहाँसका ती महत्वपूर्ण पक्षहरु Please read
carefully and share with your friends.
विगत केही वर्षयता सचेत
नेपालीहरुमा नेपालको इतिहासप्रति चाख बढेर गएको छ ।
तर आजसम्म
लेखिएको नेपालको इतिहासमा एउटा महत्वपूर्ण अध्याय
छुटेको छ त्यस तर्फ कुनै इतिहासकारको ध्यान
नपुगेको हुँदा त्यस पक्षलाई उद्घाटित गर्नुपर्ने
आवश्यकता महसुस भएको छ ।
नेपालको इतिहासको त्यो महत्वपूर्ण पक्षबारे
थाहा पाउन नेपाल र अरु देशबीच
भएका सन्धिको पनि अध्ययन हुनु आवश्यक छ ।
यस सन्दर्भमा नेपाल र संयुक्त अधिराज्य बेलायत
सरकारबीच सन् १९५० अक्टोबर ३० तारिख अर्थात्
२००७ साल कार्तिक १४ गते भएको सन्धि उल्लेखनीय
छ । उक्त सन्धिका बुँदाहरुको अध्ययन गर्दा यसबाट
नेपालको इतिहासको नयाँ ढोका खुल्ने
सम्भावना देखापर्छ ।
यो सन्धि नेपाल–भारत सन्धि १९५० जत्तिकै अर्थपूर्ण,
महत्वपूर्ण र उल्लेखनीय छ । तर आजसम्म यसबारे
नेपालको कूटनीतिक स्तरबाट कुनै चासो देखाइएको छैन, न
इतिहासकारहरुले यसतर्फ दृष्टि पुर्याउन
सकेको देखिएको छ । यस सन्धिका जम्मा दस धाराहरु
छन् । यो सन्धिको प्रस्तावना नै ज्यादै सारगर्भित र
नेपालका निम्ति अत्यन्त फलदायी छ ।
त्यसमा भनिएको छ– युनाइटेड किंगडम सरकार र
नेपालका सरकारले आफ्नो दुई देशका बीच सन् १८१५
देखि आनन्दपूर्वक शान्ति, मैत्री र सद्भावको सम्बन्ध
कायम रहिआएको ध्यानमा राखी भारत र
पाकिस्तानका दुई स्वाधीन
राज्यहरुको स्थापना भएको फलस्वरुप काठमाडौंमा सन्
१९२३ को डिसेम्बर २१ तारिखको दिन हस्ताक्षर
भएको सन्धिपत्र र
सोभन्दा अघिका सन्धिपत्रहरुका समेत
कोही कोही दफा युनाइटेड किंगडम र
नेपालका सरकारहरुका बीचमा लागू नरहने विचार गर्दै
दीर्घकालसम्म परम्परागत
रुपमा रहेको राम्रो सम्बनधलाई कायम गर्दै
आगामी दिनहरुमा झन् बलियो पार्नाको मनसायले
सो अभिप्रायका निम्ति एक नयाँ सन्धिपत्र गर्ने
इरादा गरी तलका दफामा लेखिएबमोजिम मञ्जुर
गरेका छन् ।
प्रस्तावनामा भनिएको गम्भीर कुरा के हो भने, सन्
१९४७ अगस्ट १४ र १५ तारिखमा पाकिस्तान र
भारतको स्थापना भएकाले सन् १९२३ डिसेम्बर ३१
तारिखमा भएको नेपाल ब्रिटेन सन्धि र
त्यसभन्दा अघि १८१५ मा भएको सुगौली सन्धिका समेत
केही दफाहरु यी दुई सरकारबीच लागू हुन सक्दैनन् ।
यसको अर्थ के हो ? सबभन्दा पहिले यसैबारे सोच्नु
आवशयक छ । सन् १९२३ को सन्धिले सुगौली सन्धिलाई
कायमै राखेको छ तर १९५० को नेपाल–ब्रिटेन सन्धिबाट
भने १८१५ र १९२३
का सन्धिका भूमिसम्बन्धी दफा अब लागू हुन नसक्ने
भन्ने अर्थ निस्कन्छ अर्थात् १९४७ मा पाकिस्तान र
भारत बन्नेवित्तिकै
ब्रिटेनको औपनिवेशिकता इण्डियाबाट समाप्त
भएको हो र उपनिवेशकालीन
इण्डियामा सुगौली सन्धिअनुसार गाभिएका नेपाल
दार्जिलिङ, कुमाउँ र गढवाल पनि ब्रिटिश उपनिवेशबाट
मुक्त भई नेपाली भूभाग बनेका हुन् । त्यसैले अब नेपाल र
ब्रिटेनबीच नयाँ सन्धि हुनु आवश्यक भएको हो ।
सुगौली सन्धि (१८१५–१६) ले नेपालको सीमालाई
टिस्टा–सतलजबाट मेची र महाकालीमा सीमित ग¥यो ।
यसको ४५ वर्षपछि अंग्रेजले नेपाललाई पश्चिम तराई
(नयाँ मुलुक) फिर्ता ग¥यो । तत्कालीन
प्रधानमन्त्री जंगबहादुर राणाले बाँकी भूभाग
पनि फिर्ता लिने कूटनीतिक प्रयास एकपटक गरेका थिए ।
तर त्यो त्यसै हराएर गयो । पछि भारत स्वतन्त्र
हुँदाका बखत पद्मशमशेर नेपालका प्रधानमन्त्री थिए ।
भारत स्वतन्त्र हुने पूर्वसन्ध्यामा अंगे्रजले नेपाललाई
१८१५–१६ मा गुमेका भूभाग फिर्ता गर्ने मनसाय
प्रकट गरेको थियो भन्ने भनाइ छ तर पद्मशमशेरसँग
त्यस्तो चातुर्य र सौर्य दुवै थिएन । यदि त्यसबखत
चन्द्रशमशेर नेपालका प्रधानमन्त्री हुँदा हुन् त
सन्धिद्वारा गुमेको भूभाग सन्धिद्वारा नै
फिर्ता हुनसक्ने सम्भावना थियो ।
पद्मशमशेरका पालामा गोर्खा लिगका अध्यक्ष डम्बर
गुरुङको नेतृत्वमा दार्जिलिङबाट
लीगको प्रतिनिधिमण्डल काठमाडौं आएको थियो तर
सत्तासीन राणाहरुकै क्षुद्र स्वार्थका कारण
दार्जिलिङलाई नेपालमा पुनः एकीकृत गर्ने प्रयास
अगाडि बढेन । भनिन्छ, अंगे्रज सरकारले नेपाललाई
यसबारे पत्र लेखेको थियो तर त्यो पत्र हालसम्म
उपलब्ध नभएको हुँदा यसबारे बढी टिप्पणी गर्नु
निराधार हुनेछ । तर, एउटा अकाट्य कुरा के हो भने
सुगौली सन्धिअनुसार नेपालले जुन भूमि अंगे्रजीलाई
सुम्पेको थियो, त्यो केवल अंगे्रजलाई सुम्पेको हो र
अंगे्रजहरु भारतबाट जानेवित्तिकै सो भूभाग
स्वतः नेपालको हुन्छ । यही नै ऐतिहासिक सत्य हो र
यो मान्यता राख्नेहरुको संख्या हिजोभन्दा आज बढ्दै
गएको छ । यो मान्यता कति तर्कपूर्ण र
कति सन्धिसम्मत छ भन्ने हेर्न पुराना सन्धि नै
पल्टाउनुपर्ने हुन्छ ।
सुगौली सन्धिसँग सम्बद्ध अन्य सन्धिहरुमा सन् १८६०
को पश्चिम तराई फिर्तासम्बन्धी सन्धि र सन् १९२३
को नेपाल–ब्रिटेन सन्धि मुख्य छन् । १८६०
को सन्धिअनुसार नेपालले राप्ती र
महाकाली नदीको बीचको तराई (हाल नेपालका बाँके,
बर्दिया, कञ्चनपुर र कैलाली जिल्ला) फिर्ता पायो ।
त्यसपछि नेपालले फिर्ता पाउन
बाँकी आप्mना क्षेत्रहरुमा पूर्वतर्फ मेची र
टिस्टा नदीका बीचको सम्पूर्ण पहाडी भूभाग (दार्जिलिङ
र सिक्किम) र बंगलादेशसम्म जोडिएको तराई (सिलिगुडी)
तथा पश्चिमतर्पm महाकाली नदी र सतलज
नदीबीचका कुमाउँ, गढवाल आदि पर्दछन् । त्यसपछि सन्
१९२३ मा नेपाल र बेलायतबीच अर्को सन्धि भयो ।
सो सन्धिको दोस्रो धारामा भनिएको छ– दुवै देशबीच
भएको पहिलेका भएका सम्पूर्ण सन्धि,
सहमति तथा दायित्व पत्रहरु १८१५
को सुगौलीको सन्धिसमेतलाई वर्तमान सन्धिले
परिवर्तन गरेबाहेक पुष्टि गरिएको छ । यसरी १९२३
को सन्धिमा नेपाल र बेलायतले
सुगौली सन्धिको कुरा उठाइ सो सुगौली सन्धि कायमै
रहेको जनाएका छन् । यसबाट
सुगौली सन्धिमा गुमेको नेपालको भूभागमाथि बेलायती आधिपत्य
सन् १९५० सम्म कायमै रहेको स्पष्ट हुन्छ । सन् १९५०
मा आएर भने बेलायतले नेपालसँग
गरिएको सुगौली सन्धिलाई रद्द ग¥यो । सन् १९५०
अक्टोबर ३० मा हस्ताक्षरित उक्त नेपाल–ब्रिटेन
सन्धिको आठौं दफामा भनिएको छ– यो सन्धिपत्र चालू
भएको मितिदेखि जहाँतक युनाइटेड किंगडम र
नेपालका बीचको सम्पर्क छ, युनाइटेड किंगडम सरकार र
नेपाल सरकारका बीचमा सन् १९२३ को डिसेम्बर २१
तारिखअघि औं सो तारिखमा काठमाडौंमा हस्ताक्षर
भएको सन्धिपत्रसमेत खारेज हुनेछन् । बेलायतसँग
नेपालको सम्बन्धका सन्दर्भमा हाम्रो तत्कालीन
सरोकारको विषय
सुगौली सन्धिमा गुमेको भूभागका अतिरिक्त अरु हुनै
सक्दैन ।
यसरी हेर्दा १९५० को नेपाल–ब्रिटेन सन्धिको धारा ८
ले सन् १९२३ को सन्धि र
त्यसभन्दा अघिका सन्धिपत्रसमेत खारेज हुनेछन्
भनेपछि सुगौली सन्धिअनुसार नेपालको गुमेको भूभाग
ब्रिटेनले फिर्ता गरेको बुझिन्छ । तर यो विषय किन त्यसै
थाती राखियो, त्यसको भने खोजी हुनु आवश्यक छ ।
सन् १८१५–१६ को सुगौली सन्धिअनुसार
गुमेको नेपालको भूमि इस्ट इण्डिया कम्पनीले तत्कालै
ब्रिटिस इण्डियामा मिलायो तर उक्त
सुगौली सन्धि १९५० मा रद्द भएपछि ती भूभाग किन
नेपालमा एकीकृत भएनन ? यो प्रश्नको उपेक्षा गरेर
बसिरहन सकिँदैन ।

Photos 13/05/2014

:D

Cover photos 11/01/2014

Mah Mare pani Mero Desh Bachi Rahos!!

20/11/2013

Love You Nepal

20/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 20, 2013 at 06:26AM Sunset:November 20, 2013 at 05:09PM 68 20 http://ift.tt/X8gUJg

19/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 19, 2013 at 06:26AM Sunset:November 19, 2013 at 05:11PM 68 20 http://ift.tt/X8gUJg

18/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 18, 2013 at 06:26AM Sunset:November 18, 2013 at 05:11PM 70 21 http://ift.tt/X8gUJg

17/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 17, 2013 at 06:24AM Sunset:November 17, 2013 at 05:11PM 72 22 http://ift.tt/14AJPst

16/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 16, 2013 at 06:24AM Sunset:November 16, 2013 at 05:11PM 70 21 http://ift.tt/14AJPst

15/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 15, 2013 at 06:24AM Sunset:November 15, 2013 at 05:11PM 64 18 http://ift.tt/X8gUJg

14/11/2013

Heloo Todays Weather REPORT UPDATE: Sunrise: November 14, 2013 at 06:22AM Sunset:November 14, 2013 at 05:13PM 68 20 http://ift.tt/X8gUJg

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu