Najarpati

Najarpati

Share

"सत्यको खोजी, तथ्यको प्रस्तुति नजरपाटी डटकम: जहाँ जे देखिन्छ, त्यही लेखिन्छ। हामी लुकाउँदैनौँ, जस्ताको त्यस्तै देखाउँछौँ।"
🌐 www.najarpati.com

06/06/2026

Good Work, आफ्नो वडाको कार्यविवरण सार्वजनिक गर्ने जनप्रतिनिधी: पोखरा महानगरपालिका-१३ का वडाध्यक्ष किरण बरालले वर्षदिनमा वडामा गरेको कामको विवरण वडाबासी, टोल प्रतिनिधीहरुमा सार्वजनिक गरेका छन्। उनी हरेक वर्ष कामको विवरण सार्वजनिक गर्ने गर्छन्। 😮

Photos from Najarpati's post 06/06/2026

अफसिजनमा सयपत्री फूलको मूल्य घट्दा धादिङका किसान फूलबारी निखार्न व्यस्त
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

६१ करोड स्वाहा, ६ वर्ष अलपत्र: बागमतीका मुख्यमन्त्रीको कम्पनीले लुटेको स्याङ्जा–तनहुँवासीको 06/06/2026

https://najarpati.com/21792/

६१ करोड स्वाहा, ६ वर्ष अलपत्र: बागमतीका मुख्यमन्त्रीको कम्पनीले लुटेको स्याङ्जा–तनहुँवासीको स्याङ्जा/तनहुँ । बिज्ञापन ​तनहुँको साखेदेखि स्याङ्जाको हरिनास गाउँपालिका हुँदै चिसापानी–चुलिडाँडा जोड्ने २० .....

05/06/2026

त्रिशुलीनदिमाथी रहेको मुग्लिनकाे पुल ।
यतिबेला पुरानाे पुलमा सबारी हिडाउन बन्द गरिएको छ ।।

Photos from Najarpati's post 05/06/2026

"मेहनत गरे के हुँदैन" भन्ने उदाहरण बने कैलालीका युवा कृषि उद्यमी अनिल जंग कुँवर

कैलालीको जोशीपुर नगरपालिका–४ झबही र ५ बनकट्टामा ६४५ रोपनी जग्गामा व्यावसायिक केरा खेती गर्दै आएका युवा उद्यमी अनिल जंग कुँवर अहिले धेरै युवाका लागि प्रेरणाका स्रोत बनेका छन्।

प्रविधिमैत्री केरा खेती
'कैलाली एग्रो एण्ड इन्डष्ट्रिज प्रा.लि.' दर्ता गरेर पछिल्लो ५ वर्षदेखि उहाँ केरा खेतीमा सक्रिय हुनुहुन्छ। उच्च प्रविधिको प्रयोग उहाँको विशेषता हो। मल्चिङ, थोपा सिँचाइ जस्ता प्रविधि अपनाएर खेती गर्दा उत्पादन र व्यवस्थापन दुवै सजिलो हुने कुँवर बताउनुहुन्छ।

अहिले उहाँले टिस्यु कल्चर प्रविधिबाट उत्पादित G-9 जातको केराको नर्सरी स्थापना गरेर व्यावसायिक उत्पादन गरिरहनुभएको छ। थप १२ हेक्टर जमिनमा G-9 केरा विस्तार गर्ने तयारीमा उहाँ हुनुहुन्छ।

किन केरा खेती?
"कैलालीको हावापानी केरा उत्पादनका लागि उपयुक्त छ। प्राविधिक पक्ष राम्रोसँग बुझेर काम गर्ने हो भने केरा खेती अरूभन्दा सजिलो व्यवसाय हो," कुँवर भन्नुहुन्छ। अहिले उहाँले केरा खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै आउनुभएको छ र आफू स्वरोजगार हुनुका साथै थप युवालाई पनि रोजगारी दिनुभएको छ।

युवालाई आह्वान
नेपालमा माग अनुसार केरा उत्पादन नहुँदा अझै भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। "राज्यले रोजगार देला भनेर बस्नुभन्दा आफैं उद्यम गर्नुपर्छ। कृषि क्षेत्रमा सम्भावना धेरै छ," उहाँ युवालाई सुझाव दिनुहुन्छ।

"मेहनत र इमानदारी भए कृषि क्षेत्रमा सफलता पक्का छ। अबको कृषि हिलो-मैलो होइन, प्रविधिसँग जोडिएको स्मार्ट व्यवसाय हो," कुँवरको भनाइ छ। उहाँ राज्यको सहयोगसहित इच्छाशक्ति भए नेपालमा कृषि उद्यमशीलता ठूलो सम्भावनाको क्षेत्र भएको बताउनुहुन्छ।

कैलाली: केराको हब बन्दै
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कैलालीमा करिब १ हजार हेक्टरमा केरा खेती भइरहेको छ। टीकापुर केराको पकेट क्षेत्र बन्दैछ। केरा व्यवसायी सङ्घका अनुसार जिल्लामा मात्रै वर्षमा १५ करोडभन्दा बढीको केराको कारोबार हुन्छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाई प्रमुख भरत कँडेलका अनुसार केराको राष्ट्रिय औसत उत्पादकत्व १५ मे.टन/हेक्टर छ भने आयोजना क्षेत्रमा ३५ मे.टन/हेक्टर पुगेको छ। "यो यहाँका किसान र उद्यमीका लागि ठूलो खुसीको विषय हो," उहाँले भन्नुभयो।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कैलालीमा नमुना केरा गाउँ र अनुदानका लागि डेढ करोडका योजना ल्याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्ट बताउनुहुन्छ।

चुनौती र सम्भावना
रोग, हावाहुरी, बाढी जस्ता जोखिम कृषि क्षेत्रमा भए पनि बिमा कार्यक्रमले जोखिम न्यूनीकरण गरेको कुँवरको अनुभव छ।

"कृषि क्षेत्रमा पनि राजनीतिक पहुँचका आधारमा सेवा-सुविधा लिने प्रवृत्ति छ। राज्यले युवालाई कृषि पेसामा जोड्न ढिला गर्नु हुँदैन। कृषिबाटै देशको आर्थिक विकास र समृद्धि सम्भव छ," कुँवर भन्नुहुन्छ।

नेपालमा खपत हुने केरामध्ये चितवनपछि कैलाली दोस्रो उत्पादन हुने जिल्ला हो। अझै पनि नेपालमा ५०% र कैलालीमा ५% केरा भारतबाट आउने गरेको छ। "केराको हब बनिरहेको कैलालीलाई पछ्याउन सके केराबाटै समृद्धिको एउटा इँटा थप्न सकिन्छ," कुँवर विश्वास व्यक्त गर्नुहुन्छ।

वैदेशिक रोजगारीको लहड चलिरहेको बेला स्वदेशमै बसेर कृषि कर्मबाट सफलता हासिल गरेका अनिल जंग कुँवर अहिले युवाका लागि साँच्चिकै प्रेरणाका स्रोत बन्नुभएको छ।

तस्बिर तथा जानकारी: केशव जंग कुँवर, कैलाली

04/06/2026

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने:
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रममा प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएको छ।

Photos from Najarpati's post 04/06/2026

औषधीय गुण भएको पानी अमला:

जंगलमा पाइने भुइँअमला एक महत्वपूर्ण औषधीय झार हो। यसलाई पानी अमला पनि भनिन्छ । यसको जमिनमुनि फलेको दाना औषधिको रूपमा प्रयोग गरिन्छ । यो मधुमेहका रोगीका लागि लाभदायक मानिन्छ ।

पानी अमलाको पुरै बोटलाई सुकाएर पिँधेको धुलो ७ देखि ८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म नियमित सेवन गर्दा जण्डिस रोग निको हुन सहयोग पुग्छ ।

त्यस्तै, यसको ताजा बोटलाई पिँधेर निकालेको एक चौथाई भाग रस मिश्री पानीमा मिसाएर पिउनाले पनि फाइदा गर्छ ।

यो जंगली झारको जमिनमुनिको दाना मधुमेह नियन्त्रणका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको छ ।

नोट: कुनै पनि जडिबुटी प्रयोग गर्नुअघि आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीसँग सल्लाह लिनु उचित हुन्छ ।

Photos from Najarpati's post 04/06/2026

पहाडमा फल्ने चिउरीलाई धेरैले "पहाडी लिची" भनेर पनि चिन्ने गर्छन्। यही मौसममा तराई–मधेश क्षेत्रमा लिची पाक्ने गर्छ भने पहाडी भेगमा चिउरी फल्ने समय हुन्छ। ठाउँ फरक भए पनि यी दुई फलको स्वादमा केही समानता पाइन्छ।

रोचक कुरा के छ भने अधिकांश मानिसहरू लिची खान रुचाउँछन्, तर हाम्रा स्थानीय किसानहरूले उत्पादन गरेको जैविक चिउरी भने बजारमा अपेक्षित रूपमा खपत हुन सकेको छैन। यदि हामीले स्थानीय किसानहरूको मेहनतलाई सम्मान गर्दै उनीहरूको उत्पादन खरिद गर्‍यौं भने, त्यसले किसानहरूलाई आर्थिक रूपमा थप हौसला र सहयोग पुग्नेछ। खरिद गर्ने वा नगर्ने निर्णय भने पूर्ण रूपमा तपाईंको आफ्नै इच्छा हो।

मधेश तथा अन्य स्थानबाट बजारमा आउने लिचीमा खेतीका क्रममा विभिन्न प्रकारका कीटनाशक प्रयोग गरिएको हुन सक्छ, जसले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। तर पहाडी क्षेत्रमा प्राकृतिक रूपमा उत्पादन हुने चिउरी सामान्यतया जैविक र रसायनरहित हुने भएकाले स्वास्थ्यका दृष्टिले पनि राम्रो विकल्प मानिन्छ।

स्थानीय उत्पादनको प्रवर्द्धन गरौं, किसानको श्रमको सम्मान गरौं, र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिऔं।

04/06/2026

"HONGSI सिमेन्ट" काे लागि Excavator ले खनेकाे पाल्पाकाे चुनढुंगा खानी पहाड, जुन महाभारत पर्वतकाे १५०० मिटर उचाईमा अवस्थित छ। याे चुनढुंगा ३०० बर्षलाई पुग्ने जनाईएकाे छ।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Address

Syangja