Bharat Bahadur Rawal

Bharat Bahadur Rawal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharat Bahadur Rawal, Kathmandu.

20/05/2025

हार्दिक बधाई
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०८२/०२/०६

30/04/2025

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिको काम, कर्तव्य र अधिकारहरु के कस्ता हुन सक्छन उल्लेख गर्नुहोस ।
➡️बैंक वा वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापन गरी निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण शेयरधनीको हितमा बैंक वा वित्तीय संस्थाको सञ्चालन गर्नु एवं बैंक वा वित्तीय संस्थामा उपयुक्त संस्थागत सुशासन कायम गरी निक्षेप लिने, कर्जा दिने, लगानी गर्ने, कर्मचारी व्यवस्थापन गर्ने र बजेट खर्चगर्ने जस्ता बैंक वा वित्तीय संस्थाको दैनिक काम कारोबारमा हस्तक्षेप नगर्ने विषयको प्रत्याभूति गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ ।
➡️बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा २२(३) मा उल्लेख भए बमोजिम सञ्चालक समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ–
➡️बैंक वा वित्तीय संस्थाले गर्नु पर्ने काम सुव्यवस्थित रुपले सञ्चालन गर्न यस ऐन, प्रचलित कानून तथा राष्ट्र बैंककोनिर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्ने,
➡️बैंक वा वित्तीय संस्थाको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीति अनुरुप बैंकिङ्ग तथा वित्तीय कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गरी लागूगर्ने,
➡️बैंक वा वित्तीय संस्थाले गर्नु पर्ने सम्पूर्णकाम कारबाहीको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, काम कारबाहीको नियमित अनुगमन गरी बैंक वा वित्तीय संस्था व्यवस्थित र विवेकशील तबरबाट सञ्चालन गर्ने गराउने,
➡️बैंक वा वित्तीय संस्थाको स्पष्ट संगठनात्मक संरचना तयार गर्ने, नीति तर्जुमा गर्ने र कार्यान्वयन गर्ने,
➡️बैंक वा वित्तीय संस्थाको वार्षिक प्रतिवेदन सहितको लेखापरीक्षण प्रतिवेदन वार्षिक साधारण सभामा पेश गर्ने,
➡️राष्ट्र बैंकले समय समयमा तोकेबमोजिमका अन्य कार्यहरु गर्ने । - copied

18/04/2025

नेपाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि आवश्यक योग्यता

राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

18/04/2025

डिजिटल प्रविधिको सदुपयोग गरौं,
अनलाइन ठगी र दुरुपयोगबाट आफू जोगिऔं, अरूलाई पनि सचेत गराऔं
................................................................................
अनलाइन ठगी (Online Scam):-
........................................................
अनलाइन ठगी वा अनलाइन धोखाधडी (Online Fraud) भन्नाले इन्टरनेट वा डिजिटल माध्यम (Digital Platform) प्रयोग गरेर गरिने यस्तो आपराधिक कार्यलाई जनाउँछ, जसमा व्यक्तिलाई झुक्याई पैसा (Money), व्यक्तिगत जानकारी (Personal Information) वा डिजिटल खाताको पहुँच (Access to Digital Accounts) प्राप्त गर्ने वा प्राप्त गर्ने प्रयास गरिन्छ।
नेपाली समाज सूचना प्रविधिको क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको वर्तमान सन्दर्भमा, आधुनिक प्रविधि (जस्तै: Mobile, Computer, Internet) प्रयोगकर्ताहरूमा प्रविधि सम्बन्धी ज्ञानको अभाव (Lack of Digital Literacy), डर (Fear), आर्थिक प्रलोभन (Greed), “सस्तोमा महँगो” वा “छोटो समयमा धेरै फाइदा” प्राप्त गर्ने लोभ (Get Rich Quick Mentality) जस्ता कारणहरूले गर्दा सर्वसाधारण नागरिकहरू दैनिकजसो Digital माध्यममार्फत ठगीमा परिरहेका छन्।
धेरैजसो अवस्थामा ठगी भइसकेपछि मात्र आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिन आउने अवस्था देखिएको छ।
Mobile र Computer मार्फत Internet प्रयोग गर्ने सबै प्रयोगकर्ताहरूले अनावश्यक लोभ, लालच र भयमा नपरी प्रविधिको कुशल र सुरक्षित प्रयोग (Safe and Smart Use of Technology) गर्न, प्रविधिको दुरुपयोग (Misuse of Technology) नगर्न तथा Online ठगी र धोखाधडीबाट जोगिनसाइबर सुरक्षाका उपायहरू (Cyber Security Measures)अवलम्बन गर्नु आवश्यक छ।

फिसिङ (Phishing ):-
........................................
नक्कली इमेल वा सन्देश पठाएर व्यक्तिको बैंक वा सामाजिक सञ्जालको लगइन विवरण चोरी गर्ने वा चोर्ने प्रयास गर्ने । जस्तै: "हामी तपाईंको बैंकको कर्मचारी हौँ, तपाईंको बैंक खातामा समस्या देखिएको छ, हामी तपाईंको मोवाईलमा Code पठाउछौँ, तपाईंले भनिदिए पछि खाता पुन: संचालन हुन्छ”भनि झुक्यानमा पारी OTP(One Time Password) code प्राप्त गरी ठगी गर्ने ,“तपाईंको e-sewa, khalti Account updateगर्नु पर्ने भएको छ अन्यथा तपाईंको खाता ब्लक हुन्छ” भनि व्यक्तिको वालेट खातामा पहुँच पुर्यायीखाताबाट रकम रकमान्तर गर्ने ।

अनलाइन किनमेल ठगी (Online Shopping Scam):-
................................................................................
अनलाइन किनमेल ठगी अन्तर्गत स्क्यामरहरूद्वारा खरिदकर्ताहरूलाई झुक्याउन नक्कली वेबसाइट वा विज्ञापनहरूतयार गरी ग्राहकहरूलाई भ्रममा पारी ठगी गर्दछन, जसमा प्रायः नक्कली वा कमसल सामानहरू डेलिभरी हुन्छन् वा कुनै पनि सामान हुँदैन। ठगी गर्नेहरूले नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरू पनि प्रयोग गर्न सक्छन् वा स्थापित बजारहरूमा वैध विक्रेता भएको बहाना गर्न सक्छन्।

लट्री वा पुरस्कार ठगी (Lottery & Sweepstakes Scam):-
................................................................................
तपाईले पुरस्कार जित्नु भएको छ, पुरस्कार प्राप्त गर्न अग्रिम कर र शुल्क लाग्दछ बुझाउनु पर्दछ भनि लोभ देखाउने रपुरस्कार प्राप्त गर्नु अघि शुल्क तिर्न लगाउने र विभिन्न बहाना बनाई रकम ठगी गर्ने । जस्तै: whatsApp, Telegram, Zamzam electronic,Tiktok Account मार्फतबाट ठगी गर्ने ।
💔रोमान्स ठगी (Romance Scam):सामाजिक संजाल Facebook, Instagram, WhatsApp, Dating Apps आदि मार्फत कनै पनि पुरुष वा महिलाले झुठ्ठा प्रेम सम्बन्धमा पारि भावनासँग खेलवाड गरी पैसा माग्ने ,झुठ्ठा परिवन्धमा पार्ने र ठगी गर्ने । जस्तै: N**e फोटो तथा भिडियोहरु मार्फत डर धाक धम्की देखाई रकम असुली गर्ने र ठगी गर्ने ।

निवेश ठगी (Investment Scam):-
............................................................
ठूला फाईदाको लोभ देखाएर नक्कली लगानी योजनामा पैसा लगाउन लगाउने । जस्तै:Facebook, What's app, Instagram मार्फत Online job बाट बोनसतथा छोटो समयमा पैसा कमाउने लोभ देखाई ठगी गर्ने ।

मुख्यतय अनलाईन ठगीमा धेरै ठगीने मध्य निम्न पेशामा आबद्द रहेका छन:
१) वैदेशिक रोजगारमा
२) शैक्षिक पेशामा
३) बैंक कर्मचारीहरु
४) घर गृहिणी
५) विद्यार्थी

सुरक्षा उपायहरू
✅ OTP, बैंक खाता वा Wallet सम्बन्धी जानकारी कसैलाई पनि नदिने ।
✅अनलाइन किनमेल गर्दाआधिकारीक किनमेल Platform बाट मात्रखरिद गर्ने, COD(Cash on Delivery) लाई सधैँ अनुशरण गर्ने ।
✅नचिनेको लिंक वा फाइल कदापी नखोल्ने ।
✅ "सस्तोमा महँगो", "छोटो समयमा धेरै फाइदा" भन्ने जस्ता कुरामा विश्वास नगर्ने ।
✅शंका लागेमा तुरुन्तै प्रहरी वा साइबर अपराध महाशाखामा सम्पर्क गर्ने ।
✅ Facebook, Instagram, TikTok वा WhatsApp मा अनजान व्यक्तिको friend request स्वीकार नगर्ने ।
✅अनलाइन सम्बन्धमा अत्यधिक विश्वास नगर्ने
✅व्यक्तिगत फोटो, भिडियो वा निजी कुराकानी अनजान व्यक्तिसँगसेयर नगर्ने।

🙏धन्यवाद 💐

Photos from Bank Preparation Solutions's post 13/04/2025
09/04/2025

१. विश्व बैङ्कले सन् २०२५ मार्च २४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको तीन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ?
४.२ प्रतिशत
२. वल्र्ड ह्यापिनेस रिपोर्ट–२०२५ अनुसार विश्वमा सबैभन्दा धेरै खुसी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको छ ?
फिनल्यान्ड
३. दसौँ राष्ट्रिय खेलकुदको मस्कट के हो ?
रेड पान्डा (हाब्रे)
२०८१ चैत्र ५ मा लोगो र मस्कट सार्वजनिक गरिएको ।
४. निक साइमन्स अवार्ड २०२४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
जनस्वास्थ्य निरीक्षक रविन थापा (धादिङको ज्वालामुखी गापा ढोला स्वास्थ्य चौकीमा कार्यरत)
५.नेपाल कहिलेबाट अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ?
सन् २०२६ नोभेम्बर
६.दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८१ चैत्र ७–८ (सन् २०२५ मार्च २०–२१), काठमाडौँ
७.१७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुन् ?
उमेश राई
८.भारतको जयपुरमा सम्पन्न (सन् २०२५) मा २५ औँ संस्करणको आइफा अवार्डमा सर्वोत्कृष्ट अवार्डको उपाधि जित्न सफल चलचित्र कुन हो ?
लापता लेडिज
९.तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) कहिले सम्पन्न भएको हो ?
विसं २०८१ चैत्र ६–१२
१०.आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना कहिले भएको हो ?
विसं २०८१ चैत्र १५
नेपाल राष्ट्र बैङ्कले उक्त हव स्थापना गरेको ।
११.प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ को उपाधि कसले जित्यो ?
नेपाल पुलिस क्लब (उपविजेता : त्रिभुवन आर्मी क्लब)
१२.नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन (नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सको आयोजना कहिले हुने भएको छ ?
विसं २०८२ जेठ २३

Photos from Bharat Bahadur Rawal's post 08/04/2025

१.बैंक हिसाब मिलान भनेको के हो बैंक हिसाब मिलान विवरण तयार पार्नुका कारणहरू बुँदागत रुपमा प्रष्ट्याउँदै नगद पुस्तिका र बैंक विवरणको मौदातमा फरक पर्ने कारणहरुले गर्नुहोस्

Photos from Bharat Bahadur Rawal's post 06/04/2025

१. वित्तीय साक्षरता भनेको के हो ? यसका फाइदाहरूबारे चर्चा गर्नुहोस्।
२.नेपालमा वित्तीय साक्षरता अभिवृद्धिका चुनौतीहरू पहिचान गर्दै समानका उपयुक्त जुक्तिहरू सुझाउनुहोस्।

06/04/2025

नेपाल राष्ट्र बैंकका उदेश्य र मुख्य कामहरु
-------------------------------------
मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ। त्यसरीनै नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो। बैंक तथा वित्तीय संस्थाहरुको नियमनका लागी सरकारले नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते गरेको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ। यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकारि र नियामक संस्थाको रुपमा लिने गरिछ ।

साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ । सरकारले बजेट प्रस्तुत गरेपछि बजेटका नीति र कार्यक्रमलाई सार्थक बनाउन राष्ट बैंकले मौद्रिक उपकरणलाई त्यसैतर्फ परिलक्षित गर्न मौद्रिक नीति ल्याउने गर्दछ। राष्ट्र बैंक स्थापना हुनुका मुख्य उदेश्यहरुलाई निम्न अनुसार बुदाँगत रुपमा दिईएको छ ।

नेपाल राष्ट्र बैंकका उद्देश्यहरु :

१. अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
२. बैंकिङ तथा वित्तीय क्षेत्रका स्थायित्व र आवश्यक तरलतालाई प्रर्वद्धन गर्ने,
३. सुरक्षित, स्वस्थ्य तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
४. बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन
गर्ने ।
५. नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने

यी उद्धेश्य हासिल गर्न बैंकलाई सोही ऐनले नेपाली नोट तथा सिक्का निष्कासन र व्यवस्थापन गर्ने, मौद्रिक नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने र विदेशी विनिमय सञ्चिति व्यवस्थापन र सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिनुका साथै तिनलाई नियमन– सुपरिवेक्षण गर्ने, सरकारको बैंकका रुपमा कार्य गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवश्यक पर्दा कर्जा प्रदान गर्ने, भुक्तानी प्रणाली र हिसाब मिलान पद्धतिलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका कार्यभार प्रदान गरेको छ ।

कुनैपनि मुलुकको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपुर्ण भुमिका रहने गर्दछ । नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् ।

हाल राष्ट्र बैंकको नियमनमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाईनान्स कम्पनीहरु र ५५ वटा लघुवित्त संस्थाहरु संचालित छन्। यि बैंक तथा वित्तलाई राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्दै, संस्थागत सुशासन, वित्तीय दायित्व, उत्पादनशील कर्जा आदि सबैको सुधारको लागि धेरैै कामहरु गरेको छ। राष्ट्र बैंकले गर्ने मुख्य कामहरुलाई बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।

राष्ट्र बैंकका मुख्य कामहरु
------
१. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने ।
२. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने ।
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४. विनिमय पद्धति निर्धारण गर्ने ।
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने ।
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने ।
७.नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने ।
८.वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने।
९. भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने ।
१०. बैंकका निर्धारित उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu