कान्छी मुसुक्कै, पैसा भुसुक्कै

कान्छी मुसुक्कै, पैसा भुसुक्कै

Share

दुई मुटुको मिलन गराउने यो page like गर्न नभु

10/03/2018

डाक्टरले एउटा केटिलाई चेक गर्दै...
डाक्टर : तपाईंको उमेर ?
केटी : 16 बर्ष,
डाक्टर : साचाे भन्नुस् !
केटी : 20 हाे
डाक्टर : उमेर अनुसार अाैषधी दिनुपर्ने हुन्छ,नत्र ज्यान पनि जान सक्छ ।
केटी : हैन हैन उसाेभा 30 बर्ष ...

29/12/2017

जीवनमा कहिले सोचेको कुरा भोग्नुपर्छ, कहिले नसोचेको कुरा भोग्नुपर्छ । सोचेको कुरा भोग्न पाउँदा हामी खुसी हुन्छौं । नसोचेको कुरा आइलाग्दा निराश हुन पुग्छौं । यी दुवै कुरा सहज जीवनका लागि हानिकारक हुन् भन्ने गजुरियल ठम्याइ छ ।सुख र दु:ख, आँसु र हाँसो, सफलता र बिफलता कुमालेका चक्रजस्ता हुन् । यिनीहरू कहिले मसँग बस्छन्, कहिले तपाईंसँग बस्छन् । यिनले कहिले माथि पुर्याउँछन्, कहिले तलझार्छन् । जीवनको यथार्थता यही नैहो । त्यसैले बुढापाकाले भनेका होलान्, सुखमा नमात्तिनु, दु:खमा नआत्तिनु ।अध्यात्मले भन्छ, कर्म गर फलको आशा नगर । यसको तात्पर्य पनि यही होला कि कर्म मात्र हाम्रो हातमा छ, फल हाम्रो वशमा छैन । पद, पैसा, प्रतिष्ठा, पहुँच पनि पर्यटक मात्र हुन् । हिजो कसैसँग थियो, आजअर्कैसँग होला । भोलि तेस्रोसँगको यात्रामा होला ।जीवनको आनन्द सत्यसँग साक्षात्कार गर्नुमा छ । सत्यका पनि विभिन्न अर्थ छन् । एक जनाका लागि सत्य सम्पन्नता होला, अर्काका लागि सत्य आनन्द होला । कोही हाँसोलाई सत्य भन्लान्, कोहीआँसुलाई सत्य भन्लान्, तर सत्य के हो भन्ने कुरा ठूल्ठूला रहस्यदर्शीहरूले त प्रस्ट भन्न सकेका छ्रैनन् भने हामी सामान्य मानिसले प्रस्ट पार्न सक्ने कुरै भएन ।गजुरियल विश्लेषक भन्छ, सत्य एउटैहुन्छ तर हामीले आ–आफ्नो चश्माअनुसार सत्यको कल्पना गरेकाछौं । नेताका लागि जित सत्य होला, अभिनेताका लागि सफलता सत्य होला ।व्यापारीका लागि नाफा सत्य होला, पत्रकारका लागि समाचार सत्य होला । यी सबै हाम्रा चस्माअनुसारका सत्य हुन् ।आममानिसलाई मूल सत्य थाहा पाउन सजिलो छैन, त्यसका लागि महान् मान्छेको संगत गर्नुपर्ने गजुरियल ठम्याइ छ ।वास्तविक सत्य थाहा नपाउन्जेल हामीले दुई–चार अर्धसत्यलाई आफ्नो सोचसँग जोड्न सक्यौं भने सत्यको मार्गमा एक पाइला अघि बढाउन सकिन्छ । आउनुहोस्, आज यसैको हल्का विश्लेषण गरौं ।सत्यको मार्गमा प्रवेश गर्ने पहिलो पाइला हो, अतिबाट मुक्ति । बूढापाकाले त्यसै भनेका होइनन्— अति भयो भने खति हुन्छ । मलाई त्यही नै चाहिन्छ वा म त्यो नलिई छोड्दै छोड्दिनँ जस्ता अतिले कालान्तरमा हामीलाई दु:ख दिएरै छाड्छन् । किनभने केही कसैको होइन। त्यो त जीवनको मौसम परिवर्तन भएजस्तो हो । कैले जाडो आउँछ । कहिले गर्मी आउँछ । ती दुवैलाई स्वीकार गर्नु नै सत्यसँग नजिक हुनु हो ।कतै ठट्टा सुनेको थिएँ, कसैकी अविवाहित छोरी गर्भवती भइन् रे । घरमा यस्तो वीभत्स दुर्घटना घट्दा कुन मातापिताको मन आत्तिँदैन ? छोरीलाई हेर्दै आमा चिच्याइन् रे, हे भगवान् † तिमीले यो के गरेको ? उता भगवान्बाट पनि आकाशवाणी भयो रे— आफू राम्रो अविभावकत्व दिन सक्दैनौं अनि मलाई दोष लगाउँछौ ?यो गजुरियल कुरा किन उठाइयो भने हामी दुख पर्दा मात्र भगवान्लाई सम्झन्छौं । गाह्रो–साह्रोमा मात्र अदृश्य शक्तिलाई पुकार्छौं। अप्ठेरो आइपर्दा मात्र अस्तित्वसँग सहयोग माग्छौं । सफलतामा घमन्ड गर्छौं । जितमा अहंकार बढाउँछौं । खुसीमा कसैको सम्झना गर्दैनौं । यसले कसैलाई सत्यको मार्गमा पुर्याउँदैन ।यो सिंगो सृष्टि एउटा नियममा चल्छ। युग बित्छ । वर्ष बित्छ । मौसम परिवर्तन हुन्छ । मान्छे जन्मन्छ । काम गर्छ । सफल हुन्छ । विफलता हासिल गर्छ । खुसी हुन्छ । दु:खी हुन्छ । यी सबै प्रकृतिका नियमअन्तर्गत हुन् । हामीले नियम पालन गर्ने हो । जसरी राज्यका नियम पालन गर्दा राज्य र जनता बलिया हुन्छन् त्यसैगरी अस्तित्वको नियम पालन गर्दा जीवन बलियो, शान्त र अर्थपूर्ण हुन्छ ।

24/04/2017

मनै त हो मेरो पनि ' साथीको 20 वटा girlfriend छ मेरो त बल्ल 25 वटा मत्रै हो , हामी परीक्षा दिदा सथिको 20 आउदा मेरो 40 आउथ्यो तर यो girlfriend बनाउने काममा राम्रोसङग pratice गर्न सकियन तेसैले सथिको भन्दा 5 मात्र बढि आयो नत्र त म पुण।ङ्कमा पुर्णाङ्क ल्याउने मान्छे हो नि ' भन्थ्यो के पल्ला घरको दाइले ...................

12/03/2017

सफल भएरै छोड्ने हो ? त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००% जिम्मा आफै लिन सक्नुहुन्छ ? सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १% मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।

12/03/2017

१- अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ

२- अर्तीले घर्ती मान्दैन

३- मरेपछि डुमै राजा

४- एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी

५- कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख

६- कामीको पालो कात्तिकमा

७- कामीको बिहे, अठार खाँचो

८- कामी-दमाई माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन

९- कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र

१०- कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस

११- कुखुरा बास्यो, कामी नास्यो

१२- खसको कुरा, पेटको छुरा

१३- खसको कोखमा दाँत हुन्छ

१४- खसको बिहेमा मगर नास्ती

१५- टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन

१६- दमाई-कामी बोलाई नुनको खती

१७- दमाईको थुक चोखो, बाहुनको मुख चोखो

१८- दमाईको लुगामा तुना छिनेको

१९- सियो हराएको दमाई जस्तो

२०- दिनमा कमिनी कपाल कोर, रातमा कमिनी घोचा चोर

२१- नेवार इस्ट र बाबु दुस्ट कहिले हुँदैन

२२- नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ

२३- पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो

२४- ब्रत बस्ने हामी, फलाहार खाने कामी

२५- बाहुनको चित्त माखाको पित्त

२६- बाहुनको बिर्ता बोकाको मोलमा जान्छ

२७- बाहुनलाई खाई जाडो, क्षेत्रीलाई नुहाई जाडो

२८- बाहुनले च्याउ खाअ‍ोस् न स्वाद पाअ‍ोस्

२९- विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल

३०- भँडारीको बिहेमा पाँडेको परिपञ्च

३१- भए अन्त नभए बुढाथोकीको जन्त

३२- भोटेको बुद्धि भेडाको जस्तो

३३- मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ

३४- माझीको मतो गर्दा सात गाउँ डुबे

३५- राजाको काम छोडी कामीको देवाली

३६- सानो जात मात्दैन, मातेपछि बाँच्दैन

३७- सार्कीको देउता अक्षताले मान्दैन

३८- सार्कीको सरापले डिँगो मर्दैन

३९- छेत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले

४०- जहाँ दही त्यहीँ बाहुनको सही

४१- जहाँ गुलियो त्यहीँ बाहुन भुलियो

४२- जहाँ केरा त्यहीँ बाहुनको डेरा

४३- ताक परे तिवारी नत्र गोतामे

४४- कुमाईको घुमाइ- पूर्वीयाको जाल, गुरुङको बुद्धि- नेवारको काल

४५- थारुलाई दारु र मुसा भए केही चाहिँदैन

४६- लिम्बुको बुद्धि घुँडामा

४७- जाँड खाएको सार्की जस्तो

05/11/2016

धेरै पछि बल्ल आज
एक्लो भए जस्तो लाग्यो
एक्लो मनको कुरा गर्न
मेरो मनको डर भाग्यो ।1।
यो धर्तीमा जन्मेपछि
एक पटक त मर्नै पर्ने
एक्लै जिउछुँ भने पनि
एकको भर त पर्नै पर्ने ।2।
धेरै धेरै साची मैले
तिमीलाई नै छानेको छु
तिमीले जे भने पनि
जीवन साथी मानेको छु ।3।
तिमीले मलाई साथ दिए
मत तिम्रै साथमा छु
तिमीले जे भने पनि
म त तिम्रै आशमा छु ।4।
लामो जीवन पुरा गर्न
तिम्रै साथ छानेको छु
तिमी यसलाई जे भन
प्रस्ताव मैले मानेको छु
copied

05/11/2016

*** कोठी भा'की राम्री ***
गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लाली ला'की राम्री
।।
हेर्दामा हल्का काली हाँसी बोल्ने ।
जवानी आधा लर्की गा'की
राम्री ।।
गाजलु आँखा कालो लामो चुल्ठो ।
कोरिया हङ्कङ तिर धा'की राम्री ।।
कानैमा झुम्के मुन्द्री छोटो लुगा ।
बोल्दामा स्वार चाँही ना'की राम्री
।।
मेहन्दी हातमा आनिबानि चुल्बुल ।
भन्छन है थोरै गाजा खा'की राम्री ।।
गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लालो ला'की राम्री ।।

28/10/2016

सबैको छन तेरो छैन जीवन भन्नुहोला दाजु।
अरुको लहै लहैमा कसैको बन्नुहोला दाजु।
जीवन बिहे नगरेनि कडछ उदाहरण छन।
नगर्नुहोस् हेला भाईको भनाइ मान्नुहोला दाजु।
अरु भन्दा फरक राय मेरो तर्फबाट दाजुलाई

31/07/2016

सेक्स कुलत भनेको के हो ?
आर.
सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ । सेक्सले कुलतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिस प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौनसम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरू यौन व्यवसायमा लाग्ने गरेको पाइएको छ ।
सेक्सको लत सामान्यतयाः १६ वर्षदेखि ४० वर्षसम्म उमेरका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध–विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । गोप्य ठाउँमा सेक्स पार्टनरको बीचमा एकआपसमा सहमत भएर गरिने सम्भोगका जुनसुकै गतिविधिलाई पनि सामान्य रूपमा मान्नुपर्ने हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनर मात्रै खोज्ने भन्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ ।
यौन सम्बन्ध राख्दा अँगालिने विधिहरू हरेक जोडीमा फरकफरक हुन सक्छ । हरेक व्यक्तिको यौनच्छा फरकफरक हुन्छ । यौन समस्याहरूको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन व्यवहारमा देखिने विचलन सबैभन्दा कठिन विषय हो । कुन हदसम्मको यौन व्यवहारलाई नयाँ प्रयोग मान्ने र कस्तो व्यवहारलाई यौन विचलन भन्ने कुरा निक्र्यौल गर्न निकै कठिन हुन्छ ।
सेक्सलाई कुण्ठित रूपमा बुझ्दा जुनखालका समस्या आउँछन् त्यस्तै समस्या यसलाई बढी खुला रूपमा लिन थालियो भने पनि आउँछन् । कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ । कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिए तापनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनको बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै डिफाइन गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतका रूपमा बुझ्नुपर्छ ।
यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत तथा सम्बन्धमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न । रोक्न खोज्छुभन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भई नै रहन्छ भने त्यो लत मात्र होइन कुलत नै हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।
महिलामा वोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाहरूले आफूलाई सधँै एक्लोपना महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपना हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनीहरू जोकोहीलाई पनि सम्पर्क गराउन सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् । केही समय एक्लोपना हटेको महसुस गरे पनि सम्पर्कबाट सन्तुष्टि पाउन सक्दैनन् ।
पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्दछ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टीसोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या । यस्तो समस्यामा पुरुषहरूलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकारमा पर्न सक्छन् ।

Photos 25/07/2016

yo kun thau ho frn haru

Photos 24/07/2016
23/07/2016

बाधा विघ्न कहिल्यै पनि नआवोस् यही चाहन्छु म
स्वछन्दसंग प्रेम गर्न सदैव पाओस् यही चाहन्छु म

गुप्तवासको झै जीवन भइदिए कति राम्रो हुन्थ्यो
पहरा कसैले कतैवाट नि नलाओस् यही चाहन्छु म

उनीसँग हरदम भइरहन पाए सर्वोत्तम हुन्थ्यो प्रभू
वर्षौभरि जाडाका मौसम छावोस् यही चाहन्छु म ।

रात होस् या दिन होस् समय किन गन्थेँ र
प्रेमको गाँठो बलियो हुँदै जाओस् यही चाहन्छु म ।

मनसँग मन मिल्छ अनि तनसँग तन मिल्छ
दुइ मुटको धड्कन एक बनोस् यही चाहन्छु म ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
977