Ward No. 21, KMC

Ward No. 21, KMC

Share

Activities of Ward No. 21, KMC

06/07/2016

वडा नागरिक मंच पुनर्गठन वारे सूचना

सामाजिक परिचालक कार्यविधि २०७१ बमोजिम निम्नानुसार २७ जनाको वडा नागरिक मंच पुनर्गठन गर्ने भएकोले यस वडामा स्थायी बसोबास गर्ने सम्बन्धित सबैलाई उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ ।

मिति ः २०७३ असार २५ गते शनिवार
स्थान ः नवयुग मा.वि. दलाक्षी
समय ः अपरान्ह ४ बजे धर्म मुनिकार
प्रशासकीय प्रमुख
का.म.पा. २१ नं. वडा कार्यालय

क्र.सं. विवरण संख्या
१ सामाजिक आर्थिक रुपले पछाडी परेका, सबै जातजाति समुदायको समानुपातिक
प्रतिनिधित्व हुने गरी कम्तिमा ३ जना महिला सहित ६ जना
२ सामुदायिक संस्था (सामुदायिक बन उपभोक्ता समुह, आमा समुह, ऋण तथा बचत समुह, स्थानीय क्लब, उपभोक्ता समुदायमा आधारित संस्थाहरु मध्येबाट ४ जना
३ गाउँ कृषि तथा वातावरण समितिका सदस्य १ जना
४ वडा भित्रका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि १ जना
५ वडा भित्रका स्वास्थ्य समितिका प्रतिनिधि १ जना
६ वडा भित्रका बाल क्लवहरुले आफु मध्येबाट छनोट गरेको बाल प्रतिनिधिहरु (१ वालक
७ अति विपन्न स्तरीकरण अनुसार अति विपन्नको सुचिमा परेका २ महिला र २ पुरुष
गरी ४ जना
८ वडा भित्रका जानिफकार व्यक्तिहरु मध्येबाट वडा भेलाले छानेको व्यक्ति १ जना
९ अपाङ्गता भएका नागरिकहरु मध्येबाट छानेको प्रतिनिधि १ जना
१० जेष्ठ नागरिकहरु मध्ये निजहरुले छानेका प्रतिनिधि (१ महिला १ पुरुष) गरी २ जना
११ वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविका १ जना
१२ सम्बन्धित नागरिक सचेतना केन्द्रको संयोजक १ जना
१३ नगर वडा भित्र टोल विकास संस्था तथा टोल सुधार समिति विद्यमान रहेको भए निजहरुले आफु मध्येबाट छानेका प्रतिनिधि (१ महिला १ पुरुष) गरी २ जना
जम्मा २७ जना

Photos 30/06/2016

९७ वर्षिय शंकर ढुंगानालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता रु. १०,०००।– वितरण गर्दै का.म.पा. २१ वडाको प्रशासकीय प्रमुख धर्म मुनिकार ।

Photos 29/06/2016
28/06/2016

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना

नेपाल सरकारद्धारा वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्ग भत्ताको तेश्रो किस्ता यहि २०७३ असार १६ गते देखि सिद्धार्थ बैंक, न्युरोडबाट वितरण हुने व्यहोरा सम्बन्धित सबैको लागि सुचित गरिन्छ । साथै आ–आफ्नो परिचयपत्र लिएर आपैm उपस्थित हुन समेत अनुरोध गरिन्छ ।

धर्म मुनिकार
प्रशासकीय प्रमुख
२१ नं वडा कार्यालय

Photos from Ward No. 21, KMC's post 14/06/2016

८८ वर्ष पुगेका वरिष्ठ जेष्ठ नागरिकहरुलाई रु. १०,०००।– विशेष भत्ता विरतण

Photos from Ward No. 21, KMC's post 13/06/2016

८८ वर्ष पुगेका वरिष्ठ जेष्ठ नागरिकहरुलाई मिति २०७३÷०२÷१७ गते देखि रु. १०,०००।– विशेष भत्ता विरतण

10/06/2016

काठमाडौं महानगरपालिका, वडा नं. २१ मा बसोबास गर्ने ८८ वर्ष पुगेका वरिष्ठ जेष्ठ नागरिकहरुलाई मिति २०७३÷०२÷१७ गते देखि रु. १०,०००।– विशेष भत्ता विरतण भैरहेकोमा अभैm निम्न बमोजिमका वरिष्ठ जेष्ठ नागरिकहरुको भत्ता वितरण बाँकी रहेकोले आ–आप्mनो भत्ता बुझिलिनको लागि यथासिघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।

नागरिकता नं. म.प.प.नं. नाम थर
१४८ काठमाडौं २५७०२५५ गणेशमाया महर्जन
१४९ काठमाडौं २५७०५४ हेरामान महर्जन
२५३६८३७ हरिदेवी श्रेष्ठ
१११९७ काठमाडौं २५४९०४६ नारायणदेवी श्रेष्ठ
१७००० काठमाडौं ९४६७२३३ बिन्द्रादेवी श्रेष्ठ
१२२२२ काठमाडौं २५७०५६१ रत्नकुमारी श्रेष्ठ
१०३५९ काठमाडौं २५४४५८३ नानीमैंया बज्राचार्य
१०३०७ काठमाडौं ४२८९३३५ शंकर ढुङ्गाना
२०८१३ काठमाडौं २५७०८८१ हरिमाया महर्जन
११९६९ काठमाडौं रामदेवी डंगोल

काठमाडौं महानगरपालिका
२१ नं वडा कार्यालय

Photos 06/06/2016

का.म.पा. २१ नं. वडाका ९१ वर्षीय वरिष्ठ जेष्ठ नागरिक गंगा प्रधानलाई विशेष सामाजिक सुरक्षा भत्ता रु. १०,०००। वितरण गर्दै ।

Photos from Ward No. 21, KMC's post 03/06/2016
Photos from Ward No. 21, KMC's post 03/06/2016

का.म.पा. २१ नं. वडाका ८८ वर्ष पुगेका वरिष्ठ जेष्ठ नागरिकहरुलाई विशेष सामाजिक सुरक्षा भत्ता रु. १०,०००। वितरण गर्दै ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Jyabahal
Kathmandu