06/10/2026
शैक्षिक अवस्था सुधार, शिक्षक अभाव र जीर्ण कक्षाकोठाको समस्या समाधानको माग गर्दै फ्रान्सका उच्च विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलन चर्किएको छ। ट्रेड युनियनसमेत सहभागी भएको यस आन्दोलनमा पेरिसमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
झडपका क्रममा सयौँ विद्यार्थी र प्रहरी घाइते हुनुका साथै २४ विद्यालयमा क्षति पुगेको छ। प्रहरीले ५ हजारभन्दा बढीलाई पक्राउ गरेको छ भने प्रधानमन्त्रीले समस्या समाधानको प्रतिबद्धता जनाएको छ ।