09/05/2026
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र आफ्नो शक्ति सुदृढ बनाउन सातै प्रदेशमा भव्य प्रदेशस्तरीय भेला गर्ने तयारी तीव्र पारेको छ।
पार्टीले केन्द्रीय प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रम अघि बढाइरहेका बेला देउवा समूहले आन्तरिक रणनीति मजबुत बनाउन छुट्टै भेला आयोजना गर्न लागेको हो। समूह निकट नेताहरूका अनुसार, आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक एकता र शक्ति प्रदर्शनका लागि यो अभियान अघि सारिएको हो।
देउवा समूहका नेता पूर्णबहादुर खड्काको सचिवालयले सातै प्रदेशमा तयारी तीव्र भइरहेको जनाएको छ। नेता मीन विश्वकर्माका अनुसार, भेलाको उद्देश्य आन्तरिक एकता मजबुत बनाउँदै पार्टी संगठनलाई सुदृढ गर्नु, निराश कार्यकर्तालाई पुनः सक्रिय बनाउनु र महाधिवेशनको तयारीलाई गति दिनु हो।
प्रदेशस्तरमा जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ। कोशीमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महत, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई समन्वयको जिम्मा दिइएको छ।
देउवा समूहले पहिलो भेला कोशी प्रदेशबाट सुरु गर्ने भएको छ, जसलाई २९ वैशाखमा विराटनगरमा आयोजना गरिनेछ। त्यसपछि क्रमशः अन्य प्रदेशहरूमा भेला हुने कार्यक्रम तय गरिएको छ।
बागमती प्रदेशस्तरीय भेला ३० वैशाखमा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुने तयारी छ भने गण्डकी, कर्णाली, सुदूरपश्चिम, मधेश र अन्य प्रदेशमा पनि छुट्टाछुट्टै मिति तय गरिएको छ।
नेताहरूका अनुसार यी भेलाहरू केवल संगठनात्मक छलफल मात्र नभई पार्टीभित्र शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे रणनीतिक निर्णयका लागि महत्वपूर्ण हुनेछन्।
09/05/2026
OMG 😮: आबुई: सुदन किरातीले बालेन र रविलाई जु!त्ताको मा!ला लगाएर देश नि!का!ला गर्ने चे!ता!वनी दिएका छन्
08/05/2026
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर सरकारमाथि गम्भीर आरोप लगाएकी छन्।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कार्कीले उक्त निर्णयलाई “खसीको ह्याकुलो छानेजसरी गरिएको छनोट” भन्दै कडा आलोचना गरेकी हुन्।
एक अन्तर्वार्ताका क्रममा कार्कीले सरकारले वरिष्ठता, योग्यता र न्यायिक अनुभवलाई बेवास्ता गर्दै आफूअनुकूल व्यक्तिलाई अघि सारेको आरोप लगाइन्। उनले “यो पिक एन्ड चुज हो, सरकारलाई मन लागेको व्यक्तिलाई ल्याइयो,” भन्दै निर्णयप्रति गहिरो असन्तुष्टि व्यक्त गरिन्।
कार्कीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल जस्ती अनुभवी र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकी महिला न्यायाधीशलाई पन्छाइनु “लैंगिक समानतामाथिको प्रहार” भएको टिप्पणीसमेत गरिन्। उनका अनुसार सपना प्रधान मल्लले महिला अधिकार, कानुनी सुधार र न्यायिक क्षेत्रमा ठूलो योगदान दिएकी थिइन्।
उनले अहिलेको सरकारमाथि न्यायालयलाई आफ्नो प्रभावक्षेत्रभित्र ल्याउन खोजेको आरोप पनि लगाइन्। “सिंहदरबारभित्रै अदालत खोजिएको जस्तो देखियो,” भन्दै उनले न्यायपालिकाको स्वतन्त्रतामाथि खतरा बढेको चेतावनी दिइन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि अन्य विषयमा पनि असन्तुष्टि पोखिन्। सुकुम्बासी बस्ती हटाउने शैलीप्रति आपत्ति जनाउँदै उनले गरिबको झुप्रो भत्काएर विकास नहुने बताइन्। “सुकुम्बासीलाई व्यवस्थापन नगरी वर्षात्को बेला घर भत्काउनु ज्यादती हो,” उनले भनिन्।
कार्कीले आफूले बालेन शाहलाई धेरै नचिनेको बताउँदै सातपटक भेट भए पनि “बाह्र लाइनभन्दा बढी कुरा नभएको” उल्लेख गरिन्। उनले सरकारलाई प्रतिशोधको राजनीतिभन्दा माथि उठेर सहानुभूति र न्यायको भावनासहित काम गर्न सुझाव दिएकी छन्।
28/04/2026
भक्तपुर र काठमाडौँको सीमा मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीका ८१० घरटहरा सोमबार २४ वटा डोजर प्रयोग गरी भत्काइएको छ। मध्यपुर थिमि-१ मा पर्ने सो क्षेत्रका सम्पूर्ण संरचना हटाएर जग्गा खाली गरिएको छ।
24/04/2026
सुकुमवासी बस्तीबारे प्रधानमन्त्री बालेन
24/04/2026
काठमाडौं प्रशासनको सूचना– बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू।
23/04/2026
कमेडी च्याम्पियन हिमेश पन्तले सुदन गुरुङ्गलाई salute गर्दै,दिय रबि लामिछाने को example😱
जे कुरा मा पनि कमेडी फेरि हिमेश पन्त को 🤣🤣