नेपाली काँग्रेस वी.पी.

नेपाली काँग्रेस वी.पी.

Share

राजनीतिक दल

22/03/2026

हार्दिक बधाई तथा शुभकामना

18/03/2026

५४ औँ स्मृति दिवस: शहीद योगेन्द्रमान शेरचनको बलिदान र बी.पी. वादको सान्दर्भिकता !
​– शेरचन परिवार
​आज चैत्र ४ गते। नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रखर योद्धा, निडर व्यक्तित्व र सिद्धान्तप्रति अडिग शहीद योगेन्द्रमान शेरचनले सहादत प्राप्त गर्नुभएको ५४ वर्ष पुरा भएको छ।
२०२८ साल चैत्र ४ गते पञ्चायती शासनको बर्बरतापूर्ण षड्यन्त्रका कारण आफ्नै निवास अगाडि सरकारी गाडी प्रयोग गरी उहाँको हत्या गरिएको थियो।
उहाँको यो बलिदान केवल एक व्यक्तिको अन्त्य थिएन, बरु नेपालमा जनअधिकार र प्रजातन्त्र स्थापनाका लागि एउटा युगकै त्याग थियो।

​जन्म र पारिवारिक पृष्ठभूमि:
​शहीद योगेन्द्रमान शेरचनको जन्म मुस्ताङ जिल्लाको ऐतिहासिक थलो टुकुचेमा भएको थियो (हाल थासाङ गाउँपालिका-१)।

उहाँ सुब्बा हितमान शेरचन र माता पदम कुमारी शेरचनका काहिला सुपुत्र हुनुहुन्थ्यो। उहाँका पाँच दाजुभाइमध्ये जेठा अंङ्गमान, माहिला कृष्णमान, साहिँला इन्द्रमान र कान्छा राष्ट्रिय कवि भूपेन्द्रमान (भूपि) शेरचन हुनुहुन्थ्यो।

​शिक्षा र राजनीतिक दीक्षा
​शिक्षाको ज्योति फैलाउन अग्रसर उहाँको परिवारले मुस्ताङमा पहिलो पाठशाला स्थापना गरेको थियो। योगेन्द्रमानले प्रारम्भिक शिक्षा मुस्ताङ र बुटवलमा लिएपछि उच्च शिक्षाका लागि बनारस हिन्दू विश्वविद्यालय (BHU) पुग्नुभयो। त्यहाँ उहाँले M.A. र LL.B. को उपाधि हासिल गर्नुभयो। बनारसमै रहँदा उहाँको भेट जननायक वी.पी. कोइराला, लौह पुरुष गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूसँग भयो। उहाँका वैचारिक भाषण र सादगीपनबाट प्रभावित भई योगेन्द्रमान नेपाली कांग्रेसको राजनीतिमा होमिनुभयो। उहाँले भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएर राजनीतिक अनुभव बटुल्नुभएको थियो।

​कांग्रेसको संगठन र त्याग:
​२०१३ सालमा वी.पी. कोइरालाको हातबाट नेपाली कांग्रेसको सदस्यता ग्रहण गरेसँगै उहाँले "राष्ट्रियता, प्रजातन्त्र र समाजवाद" को विचारलाई शिरोधार्य गर्नुभयो। तत्कालीन समयमा कांग्रेसका अधिकांश नेताहरू भारतमा निर्वासनमा रहँदा नेपालभित्रै संगठन विस्तार गर्ने कठीन जिम्मेवारी उहाँकै काँधमा थियो। शेरचन परिवारको दरबार र राणा सरकारसँग सुमधुर सम्बन्ध भए तापनि योगेन्द्रमानले पारिवारिक सुखसयल त्यागेर जनताको अधिकार रोज्नुभयो।

​कठोर जेल जीवन र सहादत:
​राजनीतिक आस्थाकै कारण उहाँले पटक-पटक कठोर जेल सजाय भोग्नुभयो। सुन्दरीजल जेलमा वी.पी. कोइराला र गणेशमान सिंहसँगै उहाँले ८ वर्ष लामो कारावास बिताउनुभयो।
२०२७ सालमा पिता हितमान शेरचनको निधन भएपछि मात्र उहाँ काजकिरियाका लागि रिहा हुनुभएको थियो। तर, जेलबाट छुटेको केही समयमै २०२८ साल चैत्र ४ गते पञ्चायती शासकहरूले उहाँको नृशंस हत्या गरे।

​आजको सन्दर्भ र निष्कर्ष:
​शहीद योगेन्द्रमान शेरचन जस्ता अनगिन्ती शहीदहरूको रगतको जगमा आज कांग्रेस पार्टी र्तथाकथीत मह्ङ्गो लोकतान्त्रिक - गणतन्त्र पक्षधरमा उभिएको छ। तर, वर्तमान समयमा सत्ता, भ्रष्टाचार र शक्तिको होडबाजीमा शहीदका सपना र आदर्शहरू ओझेलमा पर्दै गएका छन्।
कांग्रेस पार्टीले आफ्ना ऐतिहासिक शहीदहरूको बलिदान र बी.पी. कोइरालाको मूलभूत सिद्धान्तलाई बिर्सिँदै जाँदा आजको हविगत निम्तिएको हो भन्नुमा अत्युक्ति नहोला।
​यदि कांग्रेस नेतृत्वले अझै पनि गम्भीर आत्मसमीक्षा गरी पूर्ण रूपमा 'वी.पी. वाद' मा आफूलाई रूपान्तरित गर्न सकेमा मात्र शहीद योगेन्द्रमान शेरचनप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ।
​अमर शहीद योगेन्द्रमान शेरचन प्रती हार्दिक श्रद्धाञ्जली !

26/02/2026

“राष्ट्रियता, प्रजातन्त्र र समाजवाद” जस्ता मूल आदर्शलाई निरन्तर अघि बढाउँदै आएको नेपाली कांग्रेस (बी.पी.) प्रति विचार मिल्ने साथीहरू आकर्षित हुँदै पार्टी प्रवेश गर्नु हुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
यहाँहरूको विश्वास, प्रतिबद्धता र ऊर्जा नै पार्टीको शक्ति हो। सिद्धान्तप्रति अडिग रही राष्ट्र र जनताको हितमा अघि बढ्ने हाम्रो साझा संकल्प अझ दृढ बनोस्।
जय बी.पी.वाद!
जय करुवा !

24/02/2026

प्रेस-विज्ञप्ति

14/02/2026

🔱 महा शिवरात्रिको पावन अवसरमा हार्दिक शुभकामना!
देवाधिदेव भगवान शिव ले अन्याय, अत्याचार र असत्यको विनाश गरी सत्य र न्यायको स्थापना गर्नुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ।
शिवको तप, त्याग र साहसबाट प्रेरणा लिँदै हामी सबैले सुशासन, पारदर्शिता र समृद्ध राष्ट्र निर्माणको अभियानमा एकताबद्ध भएर अघि बढौँ।
यस पावन दिनले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा एकता, जिम्मेवारी र सकारात्मक परिवर्तनको संकल्प थप मजबुत बनाओस्।
देश र जनताको हितमा दृढ अठोटका साथ अघि बढ्ने शक्ति सबैमा जागृत होस्।
हर हर महादेव! 🕉️

सर्वजित शेरचन (थकाली)
केन्द्रीय कार्यालय सचिव
सामाखुशी काठमाडौं, नेपाल

Photos from नेपाली काँग्रेस वी.पी.'s post 20/01/2026

मिति: २०८२/१०/०५

​श्री प्रमुख निर्वाचन आयुक्तज्यू,

निर्वाचन आयोग, नेपाल

केन्द्रीय कार्यालय, कान्तिपथ, काठमाडौँ।

​विषय: आगामी निर्वाचनमा सहभागी नहुने सम्बन्धमा।

​महोदय,

​उपरोक्त विषयमा, २०८२ साल माघ ५ गते हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, सामाखुशी, काठमाडौँमा सम्पन्न भयो। 'जेन-जी' आन्दोलन पश्चात् कार्की सरकारद्वारा सङ्घीय प्रतिनिधि सभा विघटन गरिएको वर्तमान तरल राजनीतिक अवस्थामा निर्वाचन नै निकासको बाटो भए तापनि, विद्यमान परिस्थितिको सूक्ष्म विश्लेषण गर्दा हाम्रो पार्टी यस प्रक्रियामा तत्काल सहभागी हुन नसक्ने निष्कर्षमा पुगेको छ।

​तसर्थ, निर्वाचन आयोगद्वारा प्रकाशित तालिका अनुसार आगामी २०८२ फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि २०८२ माघ ६ गते हुने उम्मेदवार मनोनयनमा हाम्रो पार्टीका तर्फबाट कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी गराउँदछु।

​हाम्रो पार्टी निर्वाचनमा सहभागी नहुनुका मुख्य आधारहरू निम्न बमोजिम रहेका छन्:

​१. देशमा अझै निर्वाचनको अनुकूल वातावरण र जनलहर सिर्जना नभएको।

२. प्रमुख राष्ट्रिय दलहरूमा आएको फुट र विभाजनले राजनीतिक अस्थिरता बढाएको।

३. राजनीतिक दलको फुट सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्था।

४. निर्वाचनमा ठूला र नयाँ भनिएका दलहरूबाट हुन सक्ने ठूलो अस्वस्थ आर्थिक चलखेलको उच्च जोखिम।

५. वर्तमान निर्वाचन प्रणाली र राजनीतिक खिचातानीका कारण निर्वाचन पश्चात् पनि राजनीतिक निकास ननिस्कने सुनिश्चितता।

६. राज्यको सुरक्षा घेराबाट भागेका फरार कैदीहरूलाई सरकारले नियन्त्रणमा लिन नसक्नु।

७. उम्मेदवार तथा निर्वाचन क्षेत्रहरूमा शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति नहुनु।

८. आन्दोलनका क्रममा लुटिएका हतियारहरू अझैसम्म सरकारले बरामद गर्न नसक्नु।

९. मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने र सुरक्षित रूपमा फर्कने सुनिश्चितताको अभाव।

१०. निर्वाचन पश्चात् बन्ने संसद् पुनः अल्पमत र बहुमतको खेलमा पुर्ण फस्ने तथा ६ महिनाभित्रै मध्यावधि निर्वाचनमा जानुपर्ने प्रबल सम्भावना देखिनु।

​अतः माथी उल्लेखित बुदाहरु ध्यानमा केन्दृत गर्दै राष्ट्रियकाे गम्बिर समस्याको निकास नहुने निर्वाचनमा हाम्रो पार्टी सहभागी नहुने जानकारी गराउदछु ।

​सुशील मान शेरचन

सभापति

Photos from नेपाली काँग्रेस वी.पी.'s post 31/12/2025

आज पुस १६ गते — राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बी पी कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा भव्य रुपमा सम्पन्न गरियो। जय नेपाल बी पी
जय बी पी वाद 🇳🇵
जय करुवा !

30/12/2025

सूचना ! 🇳🇵🇳🇵🇳🇵
राष्ट्र कमजोर बनाउने षड्यन्त्रहरू तीव्र बन्दै गएको आजको अवस्थामा
राष्ट्रियताको रक्षा, राष्ट्रिय एकता र बी.पी. विचारको पुनर्जागरणका लागि

५०औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा
बी.पी. कांग्रेसद्वारा केन्द्रीय पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।

राष्ट्र, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध
सम्पूर्ण पार्टीका नेता–कार्यकर्ताहरू
र स्वाभिमानी, राष्ट्रवादी देशभक्त युवाहरू उपस्थित भई
बी.पी. विचारको झण्डा मजबुत रूपमा उठाउन
हार्दिक आह्वान गरिन्छ।

समय: ठीक १:०० बजे
स्थान: केन्द्रीय पार्टी कार्यालय, सामाखुसी
मिति: २०८२/०९/१६ गते, बुधबार

सर्वजित शेरचन (थकाली)
केन्द्रीय कार्यालय सचिव
जय बी.पी.वाद 🙏
जय करुवा !

28/12/2025

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउबा ज्यू र
वी.पी. कांग्रेसका सभापति श्री सुशीलमान शेरचन ज्यू तथा महामन्त्री श्री हेमन्तबहादुर मल्ल ज्यूबीच
देशको वर्तमान राजनीतिक अवस्था र त्यससँग सम्बन्धित विषयहरूमा
गहिरो तथा सार्थक छलफल–संवाद सम्पन्न भएको छ।

24/12/2025

बी पी कांग्रेस पार्टी सभापति पुर्व मन्त्री सुशील मान शेरचन र वरिष्ठ उप-सभापति मा. कर्ण ब. मल्ल श्री पसुपतीनाथ मन्दिर मा सन्त नेता स्व.कृष्णप्रसाद भट्टराई ज्यूको १०१ औं जन्म जयन्तीको अवसरमा दिप आरती गर्दै ।
पसुपती नाथ ले सबैको रक्षा गरून् 🙏
जय बी पी वाद 🇳🇵🙏
जय करुवा !

23/12/2025
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

गोङ्बु आवास क्षेत्र
Kathmandu
सामाखुसी