Samaya Sutra TV

Samaya Sutra TV

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samaya Sutra TV, Public Service, koteshwor-32 kathmandu, Kathmandu.

समय सूत्र न्युजमा स्वागत छ !
“ताजा र सत्य खबर” का साथ, हामी तपाईंलाई विश्वसनीय सूचना, निष्ठावान समाचार र जिम्मेवार पत्रकारिता प्रस्तुत गर्न यहाँ छौं।
समयसँगै साँचो कुरा, तथ्यमा आधारित समाचार र समाजको आवाज—यही हो हाम्रो प्रतिवद्धता।

30/05/2026

Paris go back-to-back 🏆🏆 congratulations

30/05/2026

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको स्वास्थ्यलाई लिएर वरिष्ठ न्यूरो सर्जन डा. सञ्जीव बोहराको ठूलो खुलासा
काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जटिल प्रकारको न्यूरोलोजिकल समस्याबाट ग्रसित रहेको खुलासा भएको छ। वरिष्ठ न्यूरो सर्जन डा. सञ्जीव बोहराले एक सार्वजनिक अभिव्यक्ति दिँदै प्रचण्डमा पार्किन्सनको लक्षण देखिएको दाबी गर्नुभएको हो।
डा. बोहराका अनुसार अध्यक्ष प्रचण्ड हाल सोही स्वास्थ्य समस्याको उपचार र निगरानीमा रहेका छन्। यसअघि प्रचण्डकी धर्मपत्नी दिवंगत सीता दाहाल पनि लामो समयसम्म जटिल र दुर्लभ प्रकारको न्यूरोलोजिकल रोग (प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी - PSP) बाट पीडित हुनुहुन्थ्यो, जसको केही समयअघि मात्रै निधन भएको थियो।
📌 मुख्य बुँदाहरू:
वरिष्ठ न्यूरो सर्जनको दाबी: डा. सञ्जीव बोहराद्वारा माओवादी अध्यक्ष प्रचण्डमा पार्किन्सन रोगको लक्षण रहेको खुलासा।
पारिवारिक पृष्ठभूमि: पत्नी सीता दाहालको पनि जटिल न्यूरोलोजिकल समस्याकै कारण निधन भएको पृष्ठभूमि।
स्वास्थ्य अवस्था र संवेदनशीलता: नेता प्रचण्डको पछिल्लो स्वास्थ्य अवस्थालाई लिएर राजनीतिक वृत्त र शुभचिन्तकहरूमा चासो र चिन्ता बढेको छ।
(पार्किन्सन रोग उमेर बढ्दै जाँदा देखिने एक प्रकारको नशासम्बन्धी समस्या हो। चिकित्सा क्षेत्रका विज्ञहरूका अनुसार यो रोग सोचेजस्तो अत्यन्तै दुर्लभ नभए पनि यो उमेर समूहका व्यक्तिहरूमा देखिने एक जटिल र क्रोनिक समस्या हो, जसको दीर्घकालीन उपचार र हेरचाह आवश्यक पर्दछ।)

29/05/2026

आजको बालेन सरकारको बजेट हजुरहरुलाई कस्तो लाग्यो प्रकक्रिया दिनु होला

18/05/2026

वीरगञ्जस्थित Hotel Diyalo को स्वीट रुमबाट दुर्गा प्रसाईं पक्राउ परेका छन्। होटेलको विशेष कोठामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

12/05/2026

रास्वपाका स्थानीय नेता २ केजी गाँजासहित पक्राउ
[नवलपरासी] – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेता लागुऔषध गाँजासहित पक्राउ परेका छन्। नवलपरासीको सुनवल नगरपालिका–४ बेलारी बस्ने ५२ वर्षीय ताराबहादुर क्षेत्रीलाई प्रहरीले ठुलो परिमाणमा गाँजासहित नियन्त्रणमा लिएको हो।
होटलबाटै बरामद भयो लागुऔषध
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, क्षेत्रीले सञ्चालन गर्दै आएको पर्वत धौलागिरी होटल एण्ड रेष्टुरेन्टमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो।
खानतलासीका क्रममा होटलबाट:
• ७ प्याकेट खुला गाँजा
• बोरामा लुकाइराखेको अवस्थामा २ केजी ७०० ग्राम बढी गाँजा बरामद गरिएको छ।
रास्वपामा आबद्धता र कानुनी कारबाही
पक्राउ परेका क्षेत्री सुनवल क्षेत्रमा रास्वपाका सक्रिय स्थानीय नेताका रूपमा चिनिन्छन्। राजनीतिक आडमा लागुऔषधको अवैध कारोबार गरेको आशङ्कामा प्रहरीले उनीमाथि थप अनुसन्धान सुरु गरेको छ।
डीएसपी पन्तले दिएको जानकारी अनुसार, पक्राउ परेका क्षेत्रीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही र अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।

11/05/2026

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.npwww.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/appSamaya Sutra TV

11/05/2026

सबैलाई बधाई तथा शुभकामना

10/05/2026

राहदानी (पासपोर्ट) नवीकरण सेवा - तस्मानिया 🇳🇵
तस्मानियामा बसोबास गर्नुहुने नेपाली समुदायको सुविधालाई मध्यनजर गर्दै, एनआरएनए तस्मानियाले नेपाली राजदूतावास, क्यानबेरासँगको समन्वयमा राहदानी नवीकरण सेवा तस्मानियामै ल्याउन पहल गरिरहेको छ।
हामी इच्छुक सबै समुदायका सदस्यहरूलाई यो EOI (अभिरुचि पत्र) फारम भर्नु हुन हार्दिक अनुरोध गर्दछौं।
📱 कृपया आफ्नो विवरण दर्ता गर्नका लागि क्युआर (QR) कोड स्क्यान गर्नुहोस् वा तल दिइएको फारम भर्नुहोस्:
फारमको लिंक यहाँ छ
⚠️ कृपया ध्यान दिनुहोला:
• जुन आवेदकहरूको राहदानीको म्याद आगामी ६ महिनाभित्र सकिँदैछ, उहाँहरूलाई प्राथमिकता दिइनेछ।
📍 मिति र स्थान:
यस सेवाको निश्चित मिति र स्थान छिट्टै घोषणा गरिनेछ। थप जानकारीका लागि एनआरएनए तस्मानियाको आधिकारिक फेसबुक पेजसँग जोडिनुहोला।
तपाईंहरूको निरन्तर सहयोग र सहकार्यका लागि धन्यवाद।

09/05/2026

अहिलेको बजार

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Koteshwor-32 Kathmandu
Kathmandu
44600