28/06/2026
हाम्रो भूमि हाम्रो प्राण हो ज्यान हो ।
भूमिमाथिको स्थानीय जनताको अधिकार संरक्षण गर्न निम्ति स्थापना गरिएको गैरसरकारी गैरनाफामुलक समुह
28/06/2026
हाम्रो भूमि हाम्रो प्राण हो ज्यान हो ।
संपुर्णमा ज्वजोलपा नमस्ते 🙏
हामि हाम्रो भूमि माथिको अधिकार संस्थागत गर्नको लागि एक दशक अघिदेखि ब्यक्तिगत , सामुहिक, संस्थागत, सामुदायिक अनि संयुक्त संघर्षको नाममा निरन्तर संघर्षरत छौं । आंशिक रुपमा जित हासिल भएपनि समग्रतामा हामिले संबिधानमा उल्लेखित अधिकार समेत प्राप्त गर्न सकेका छैनौ भने त्यो आंशिक जित पनि हारमा परिणत हुने अवस्था छ ।
त्यसैले बिगतको शान्तिपुर्ण "खोकना आन्दोलन" जहाँ आफ्नै खेतमा अन्न रोपाइँ गर्न समेत सशक्त संघर्ष गर्दै २० औं गाडि सहितको हतियारधारी प्रहरिहरुलाई पछाडि हट्न बाध्य पारेको दिनलाई सम्झंदै अब हाम्रो भूमि माथिको अधिकार लिनको लागि र सडक/ खोला अनि बिभिन्न मापदण्डको नाममा लुट्नलागेको हाम्रो भूमि बचाउने यात्रालाई संयुक्त संघर्षको रुपमा अघि बढाई भूमि माथिको अधिकार कायम गर्न पाईला अघि बढाउन निम्ति भोलि सोमबार असार १५ गतेको शुभ अवसरमा अनि हाम्रो ऐतिहासिक साँस्कृतिक अनि पुरातात्त्विक खोकना बचाउने अभियान स्वरुप "जनसरोकार समिति खोकना"को सांकेतिक रोपाई कार्यक्रममा उपस्थित भै उहाँहरुको संघर्षमा ऐक्यबद्धता जनाउन हाम्रो भूमि अधिकार संरक्षण समितिका अहिलेसम्म गठन भएका काठमाडौ, भक्तपुर,ललितपुर जिल्ला र मातहतका संपुर्ण ईकाई समितिका पदाधिकारी साथीहरूलाई अनिवार्य उपस्थित हुन तथा शुभचिन्तक संपुर्णमा पनि ऐक्यबद्धताको लागि उपस्थित हुन अनुरोध छ 🙏 ।
भूमि अधिकार संरक्षण समिति
मिति : २०८३ असार १५ गते
समय : बिहान ११: बजे
स्थान : खुडोल, खोकना
नोट : भेला भएर जानको लागि
भेला हुने स्थान : भूमि अधिकार संरक्षण समितिको सम्पर्क
कार्यालय ढल्को
समय : बिहान १०:०० बजे
19/06/2026
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे लगत संकलन, प्रमाणीकरण, सूचना प्रणालीमा प्रविष्टि लगायतका कार्यहरु बाँकी रहेकाे भए सम्पन्न गर्न भूमी व्यवस्था, सहकारी, सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबै स्थानीय तहमा आदेस गरिएकाे छ ।
राष्ट्रियभूमिआयोग जिल्ला समिति काठमाण्डौ
दिवंगत हुनु अघि नै किर्तिपुर स्थित सुकुम्बासी होल्डिङ्ग सेन्टरमा बिरामी भएको र उपचार निम्ति पैसा नभएको पीडा सुनाउँदै 😪।
यसलाई षड्यन्त्र देख्ने उग्रराष्ट्रवादी दासहरुलाई म केही भन्ने छैन ।
भारतको परराष्ट्र मन्त्रीले बालेनलाई लिएर भर्खरै भनेको बोली र खुलासामा केही सम्बन्ध छि कि 🤔🤔🤔
कुरा सुनौं !!!
फेसबुकमा पोस्ट भए पो नसाको तालमा भन्नू संसदको बैठकमै भनेपछी त लेण्डुप दोर्जे भन्दा डरलाग्दो देखियो...!
तैपनी दासहरु नाङ्गो मालिकलाई फुलबुट्टे कपडामा देखाउँछ भन्या 😎
२ लाख हैन २० लाख लगानी गर्ने किसानलाई पनि हैन
२ करोड लगानी गर्ने किसानलाई नेपाल सर्काले सहयोग गर्ने रैछ !!!
अब सानोतिनो हैन ठुलै खेती गरौं !!!