10/07/2026
अमेरिकाबाट फिर्ता आएका ई वहावही पाटनको काठको नृत्य देवीको मूर्ति तथा विक्रमशिला महाविहार ठ वही, ठमेलको पद्मपाणी लोकेश्वरको मूर्ति हस्तान्तरण सम्बन्धी
पत्रकार सम्मेलन सम्पन्न
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Department of Archaeology Nepal official, Government Organization, Ramshah Path, Kathmandu.
10/07/2026
अमेरिकाबाट फिर्ता आएका ई वहावही पाटनको काठको नृत्य देवीको मूर्ति तथा विक्रमशिला महाविहार ठ वही, ठमेलको पद्मपाणी लोकेश्वरको मूर्ति हस्तान्तरण सम्बन्धी
पत्रकार सम्मेलन सम्पन्न
08/05/2026
Oriantal Cultural Heritage and Site Protection Alliance (OCHSPA) को आयोजनामा पुरातत्व विभागको सहकार्यमा माथिल्लो मुस्तांग क्षेत्रका सम्पदा एवम् सम्पदा वस्ती (Vernacular Architecture) को विस्तृत mapping सहितको अभिलेखिकरण कार्य अप्रिल २४ बाट प्रारम्भ गरी मे ५ सम्म स्थलगत रुपमा सम्पन्न सो दुई हप्ता सम्म गरिएको कार्यहरुको debriefing सम्पन्न भयो । सन् २०१८ देखि माथिल्लो मुस्तांग क्षेत्रका सम्पदाहरुको अभिलेखिकरण एवं स्थानीय समुदायलाई सम्पदा संरक्षण सम्बन्धी अभिमूखिकरण कार्य हुंदै आएको छ ।
02/05/2026
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेल लगायत विभिन्न माननीयज्यु एवं पुरातत्व बिभागका प्रतिनिधि सहितको टोलिले तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा मन्त्रीज्युले तिलौराकोट क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वबारे जानकारी लिँदै,संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
02/05/2026
नेपालबाट सन् १९८० ताका हराएर अमेरिकाको न्युयोर्कस्थित तिब्वत ग्यालरीमा रहेको र वि.सं. २०७८ फाल्गुणमा नेपालमा ल्याइएको हाल राष्ट्रिय सङ्ग्रहालयको बौद्ध कक्षमा प्रदर्शनी गरिएको अक्षोभ्य बुद्धको (भूस्पर्श मुद्रा) प्रस्तर मूर्ति मिति २०८३।०१।१८ गते शुक्रवार बुद्धजयन्तीको शुअवसरमा काठमाडौँ महानगरपालिका वडा न. २३ ओमवहालस्थित न्हुँछेवहाल (बज्रधातु) मा पुनर्स्थापना गरिएको छ ।
02/05/2026
नेपालबाट हराएको र बेलायतबाट फर्किएर राष्ट्रिय सङ्ग्रहालयको जुद्द जातिय कलाशालामा प्रदर्शनी गरी राखिएको तेह्रौं सताब्दीको बुद्धको मूर्तिलाई यथास्थानमा राख्नको लागि काठमाडौँ महानगरपालिकाको अनुरोधमा पुरातत्व बिभागले पुर्नस्थापना गर्न निर्णय गरी कार्यन्वयनका लागि स्थानीय समुदायको उल्लेखनिय उपस्थितीमा राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट बाजागाजाका साथ मूर्ति ल्याई पूर्ववत हनुमानढोका दरवार क्षेत्र, मरुटोलको शिखर मन्दिरको पछाडी बिधिवत पूजाआजा गरी पुर्नस्थापना गरिएको छ ।
29/04/2026
श्री सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज विश्व सम्पदा स्थल लुम्बिनीको संरक्षण र विकासबारे विशेष छलफल भएको छ। मन्त्रालयका माननीय मन्त्रीज्यू, श्रीमान सचिवज्यू, सहसचिवज्यू, पुरातत्व विभागका महानिर्देशक, राष्ट्रिय अभिलेखालयका महानिर्देशक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, लुम्बिनी विकास कोषका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा उक्त छलफल भएको हो।
बैठकमा लुम्बिनीका पुरातात्विक संरचना, मूर्ति, शिलालेख र स्तूपहरूको संरक्षणसँगै त्यहाँको पवित्र वातावरण कायम राख्दै पर्यटकीय पूर्वाधार विकास गर्नुपर्ने विषयमा विस्तृत रूपमा छलफल भएको छ। सहभागीहरूले, लुम्बिनीको पुरातात्विक महत्त्वलाई संरक्षण गर्दै त्यसको आध्यात्मिक मूल्यलाई समेत सम्मान गर्ने गरी कार्य गर्नुपर्ने धारणा राखेका थिए।
29/04/2026
परराष्ट्र मन्त्री माननीय श्री शिशिर खनाल ज्यूसँग आज भएको छलफल कार्यक्रममा सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत तिलौराकोट–कपिलवस्तुलाई पुनः मनोनयनका बिषयमा साथै लुम्बिनी क्षेत्रको समग्र संरक्षणका विषयमा समेत छलफल भयो।उक्त कार्यक्रममा पुरातत्व बिभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले समग्र बिषयमा जानकारी गराउनु भएको थियो ।
27/04/2026
Exploring the physical plan for Lumbini and Revisiting the work of the ITM’s task and finish groups technical meeting has been conducted at Department of Archaeology
10/04/2026
दाङ जिल्ला तुलसीपुर नगरपालिकास्थित सुकौरा पुरातात्विक क्षेत्रमा सन्चालन भईरहेको उत्खनन् तथा संरक्षण कार्यका हवाई तस्वीरहरु
| 10:00 - 17:00 |