RSP समर्थक आवाज

RSP समर्थक आवाज

Share

देशको हित पहिलो प्राथमिकता।
सुधारको बाटोमा विश्वास।
समर्थन — राष्ट्रिय स्वतन्त्र पार्टी।

14/03/2026

गलत स्टाइलको कडा आलोचना कहिलेकाहीँ
विपक्ष होइन… प्रचार टिम जस्तै काम गर्छ!Isha Gurung

23/02/2026

यो चुनाव केवल नेताको होइन, देशको बाटो रोज्ने घडी हो।
हामीले धेरै आशा गर्‍यौँ, धेरै निराशा पनि भोग्यौँ।
हरेक पटक परिवर्तनको सपना देख्यौँ, तर परिणाम उस्तै आयो।
अब समय आएको छ स्पष्ट विचार, बलियो अडान र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने।
यदि आज पनि हामी मासु–भात र सानोतिनो प्रलोभनमा बिक्यौँ भने,
भोलि हामी नागरिक होइन — नेताहरूको लागि केवल “भोट बैंक” मात्र हुनेछौँ।एकछिनको भोजले पाँच वर्षको भविष्य किन बेच्ने?
आफ्नो मतको मूल्य बुझौँ

14/02/2026

यो मेरो पार्टी, तिम्रो पार्टी भन्ने समय सकियो।
अब हाम्रो देश भन्ने समय आएको छ।
हामी वर्षौंदेखि एउटै अनुहार, एउटै वाचा र एउटै नतिजा देखिरहेका छौं।
तर नतिजा के आयो?
बेरोजगारी, महँगी, निराशा।
नयाँ पार्टीलाई जिताउनु भनेको
रिसले होइन,
बदलाले होइन,
आशाले गरिएको निर्णय हो।

जब हामी “आफ्नो मान्छे” भन्दा “सक्षम मान्छे” रोज्छौं।
जब हामी जात, क्षेत्र, पुरानो सम्बन्ध भन्दा देशलाई अगाडि राख्छौं।
जब हामी व्यक्तिगत लाभ होइन, सार्वजनिक हितलाई प्राथमिकता दिन्छौं।
जब युवा, मध्यम वर्ग, श्रमिक, उद्यमी सबै एउटै लक्ष्यमा जोडिन्छन्।

बहुमत कुनै पार्टीको होइन
बहुमत जनताको विश्वासको परिणाम हो।

आज प्रश्न यो होइन कि “मेरो पार्टी कुन हो?
प्रश्न यो हो — “मेरो देश कता जाँदैछ?

यदि हामीले फेरि पुरानैलाई रोज्यौं भने,
हामीले फेरि उही नतिजा स्वीकार गर्नुपर्छ।

तर यदि हामीले नयाँ सोचलाई मौका दियौं भने,
देशले पनि नयाँ दिशा पाउनेछ।

यो चुनाव भावना होइन, भविष्यको निर्णय हो।
व्यक्ति होइन, प्रणाली बदल्ने अवसर हो।
पार्टी होइन, पुस्ता बचाउने जिम्मेवारी हो।
Rastriya Swatantra Party - RSP

07/02/2026

एक छाकको लोभमा भोट बेच्नेले पुस्तौँको भविष्य सस्तो बनाउँछ, र भोट पैसामा साट्ने हातले भोलि भ्रष्टाचारको विरोध गर्न लाज मान्नुपर्छ।

26/01/2026

Harka ji तपाईं नराम्रो मान्छे हुनुहुन्छ भनेर कसैले भनेको छैन।
तर आज भावना होइन, निर्णय गर्ने समय हो।
Tapai लाई ५ सिट जिताएर बहुमत आउँदैन।
५ सिटले सरकार बन्दैन, सिस्टम बदलिँदैन।
तर सबै मिलेर RSP लाई भोट दियौं भने
आजै एकल बहुमत आउन सक्छ,
५ वर्षसम्म स्थिर सरकार चल्न सक्छ
र देश बदल्ने काम सुरु हुन सक्छ।
RSP लाई एकल बहुमत आएपछि के सम्भव हुन्छ?
@ बार्गेनिङको राजनीति अन्त्य
@गठबन्धनको दबाब बिना निर्णय, जनताको हितमा सीधा काम।
@भ्रष्टाचारमा शून्य सहनशीलता @
ठूला–साना सबै बराबर कानुनको दायरामा।
@पुरानो ढाँचाको सिस्टम सुधार
@कर्मचारीतन्त्र, ठेक्का प्रणाली र सेवा प्रवाहमा सुधार।
@शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता
भाषण होइन, नतिजा देखिने नीति।
@युवालाई देशमै अवसर
विदेश पलायन होइन, स्वदेशमै भविष्य।आज RSP लाई भोट दिनु भनेकोकसैको पार्टीलाई होइन, आफ्नो भविष्यलाई भोट दिनु हो।
भोलि तपाईंको पनि पालो आउन सक्छ।तपाईं जस्तो सोच्ने, प्रश्न गर्ने मान्छे यो देशलाई चाहिएको छ।आउनुहोस्,सुधारको बाटो रोजौँ।
एकल बहुमतसहितको RSP,नयाँ नेपालको सुरुवात।Ashika Tamang

23/01/2026

घरअगाडि उड्ने धुलो देखाउनुस्, बाटो नहुँदा सुत्केरी समयमै अस्पताल नपुगेर ज्यान गएको पीडा सम्झाइदिनुस्, तपाईँले मरी–मरी उब्जाएको अन्न बाटोकै कारण भाउ नपाएको र पिठ्युँमा भारी बोकेर बजार हिँड्नुपरेको यथार्थ याद दिलाइदिनुस्—यी सबै पुरानो पार्टीकै शासनको नतिजा हुन्, त्यसैले यो चुनावमा पुरानोलाई होइन, परिवर्तनका लागि नयाँलाई भोट दिनुस्।

22/01/2026

नेपालका कारखाना बेच्ने, उद्योग सखाप पार्ने र युवाको रोजगारी विदेश धकेल्ने पार्टीहरूलाई अब स्पष्ट चिन्नु जरुरी छ। देश बेचेर सत्ता जोगाउनेहरूलाई आउँदो चुनावमा जनताले कठोर उत्तर दिनैपर्छ।

20/01/2026

पुटानो पार्टीहरूको गठबन्धन सुन्दा नै अब त वृद्धाश्रम जस्तै लाग्न थालेको छ।
नयाँ सोच छैन, साहस छैन, जिम्मेवारी लिन सक्ने आँट छैन—छ त केवल कुर्सी जोगाउने डर।
जनताले पटक–पटक मौका दिए, तर बदलामा पाए भ्रष्टाचार, अस्थिरता र खोक्रा भाषण मात्र।
अब एउटै कुरा प्रस्ट छ: देश चलाउने ऊर्जा सकिएकोहरू मिलेर बनेको गठबन्धनले भविष्य बनाउँदैन।
नेपाललाई सहानुभूति होइन, सुधार चाहिएको छ—अनुभवको नाममा दोहोरिएका गल्ती होइन??

19/01/2026

हिजो मेयर पदबाट राजीनामा दिएर बालेन शाहज्यू RSP मा आबद्ध हुनु हुनु केवल पद परिवर्तन होइन उद्देश्यको विस्तार हो। इमानदार नेतृत्व, स्पष्ट बोली र काम गरेर देखाउने संस्कृतिले देशभर नयाँ आशा र विश्वास जगाएको छ। व्यक्ति होइन, प्रणाली बदल्ने यात्रामा यो साहसिक कदमले नेपाललाई सही दिशातर्फ अघि बढाओस् भन्ने कामना।

17/01/2026

कठै तेरिमा ‘बुढोलाई लाइक त थिचिदिनुस्’ भन्नुपर्ने दिन पनि आयो रे! अस्ति सत्तामा हुँदा सोसल मिडिया बन्द गर भनेर सोझो गुरुङलाई उचाल्ने यही बुढो, त्यत्रो मान्छे मरेको इतिहास बोकेर आज फेसबुकमा लाइक माग्दै हिँडेको छ!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
N/A