Yuwa Samaj Kalyan-Youth Vision

Yuwa Samaj Kalyan-Youth Vision

Share

समाजीक अभियान । सचेतना जागरुक अभियान

Photos from Yuwa Samaj Kalyan-Youth Vision's post 05/06/2026

विश्व वातावरण दिवस आजैको दिन June 5 गते भएकोमा सबै नेपालीहरूमा हार्दीक शुभकामना व्याक्त गर्दछु । 🇳🇵
वातावरण जोगाउ स्वस्थ रहौ ।
ुवा_जय_किसान

05/06/2026

स्थानीयको भनाइ अनुसार हामी धेरै पिडामा छम बत्ती उठाउछ ठेकेदारले हरेक बजारको रू ४० रुपैया तर त्यसबापत किसानलाइ उपलब्धी चाहिँ सुन्य आखिर यस्तो किसिमको समस्या कहिले सम्म भोग्ने ? हजारौको पेत भर्ने किसान आखिर आफ्नै मेहनतको उचित ज्याला पाउन सकिरहेको छैन । अब स्थानिय सरकारले किसानको हक हितको संरक्षण गरियोस । बाजरको पैशा बजारकै संरचना बनाउनमा किन खर्च गरिदैन ? यो धेरै दुखको कुरा छ, यसको समाधान खोजियोस ।
औरही नगरपालीका महोत्तरी

03/06/2026

विधार्थीले राम्रो गर्‍यो भने विधालयका शिक्षक र प्रधानध्यापकले गर्दा एति राम्रो परिणाम आयो भनेर भन्ने । त्यही विधालयको अरू विधार्थीले गल्ती गर्‍यो भने Gurdian ले गर्दा यस्तो भयो । शिक्षकलाइ त्यसको Credit किन जादैन । राम्रो गुणको credit शिक्षकले लिने अनि खराब गुणको भार गार्जियनमा माथी थुपार्ने । यो चाहिँ अलि सुहाएन हजुर ?
शिक्षा नै ठूलो धन हो ? शिक्षा नै ठूलो गहना हो ? गुणस्तर शिक्षा पाउनु सबैको साझा अधिकार हो ।

29/05/2026

आखिर स्थानीय तह कसको लागि ?
कृषि तथा पशु कार्यलय ताल्चा
लगाउन लाई नै बनेको हो र ? अब भन्नुस किसानले आफ्नो गुनासो काहा गएर समाधान गर्न सक्क्ष ।

Photos from Yuwa Samaj Kalyan-Youth Vision's post 26/05/2026

🔥 सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्किँदा महोत्तरीको बर्दिबास–३ कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयको गाडीमा आगजनी गरिएको छ। वन क्षेत्र खाली गराउने प्रक्रियाविरुद्ध स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन जारी राखेका छन्। 🚧

24/05/2026

हाम्रो गाउँको टिमकिया बजार यस्तै र यसरी नै व्यवस्थीत हुन आबश्यक देखिन्छ । अबको युग भनेको युवाको हो यस युगमा सबै खाले उमेरका मान्छेहरु पर्ने गरिन्छ । अब केबल उमेरको कुरा होइन सोच र असल विचारको कुरा हुनेछ ।
जय युवा जय किसान 🇳🇵🇳🇵🇳🇵

21/05/2026

📢 महोत्तरी जिल्लाका सम्पूर्ण मिडिया साथीहरूमा युवा समाज कल्याण, Youth Vision को हार्दिक अनुरोध।
हजुरहरू सधैं सरकारी विद्यालयको अवस्था देखाउनुहुन्छ, त्यो आवश्यक पनि छ।
तर अब एकपटक निडर भएर निजी विद्यालयहरूको वास्तविकता पनि जनताको सामु ल्याइदिनुहोस्।
कति विद्यालयमा नाम मात्रको अंग्रेजी शिक्षा छ ?
कति ठाउँमा अभिभावकलाई अनावश्यक शुल्कको भार थोपारिएको छ ?
विद्यालय पुस्तक, ड्रेस र अन्य सामग्रीमा कति प्रतिशतको खेल भइरहेको छ ?
विद्यार्थीको भविष्यभन्दा व्यापारलाई प्राथमिकता दिइएको त छैन ?
यदि शिक्षा मन्दिर हो भने, त्यहाँ भइरहेको हरेक गतिविधि पारदर्शी हुनुपर्छ।
सत्य बोल्ने मिडिया नै समाजको वास्तविक ऐना हो।
✊ अब आवाज सरकारी विद्यालयमा मात्र होइन, निजी विद्यालयको भित्री वास्तविकतासम्म पुग्न जरुरी छ।
📚 शिक्षा क्षेत्रमा भइरहेको हरेक विकृति उजागर होस्, ताकि अभिभावक र विद्यार्थी ठगिन नपरोस्।
— युवा समाज कल्याण, Youth Vision

17/05/2026

महोत्तरी जिल्लाको हाम्रो पवित्र घाट क्षेत्रमा आउने श्रद्धालु भक्तजनहरूको सम्मान र सुविधालाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग हार्दिक अनुरोध गर्दछौं।
विशेषगरी मलमासको समयमा हजारौं श्रद्धालुहरू स्नान तथा पूजा गर्न आउने भएकाले दिदीबहिनी तथा पुरुषहरूका लागि अलग–अलग व्यवस्थित Private Dressing Room निर्माण गरिनु अत्यन्त आवश्यक देखिन्छ।
आज पनि धेरै श्रद्धालुहरू खुला ठाउँमै कपडा परिवर्तन गर्न बाध्य छन्, जसले असहजता मात्र होइन, मर्यादा र सुरक्षामाथि पनि प्रश्न उठाउँछ।
धार्मिक स्थल केवल आस्थाको केन्द्र मात्र होइन, सभ्यता र व्यवस्थापनको उदाहरण पनि बन्नुपर्छ।
🙏 हाम्रो सानो आवाज सम्बन्धित निकायसम्म पुगोस
samj kalyan, Youth vision

16/05/2026

“युवा समाज कल्याण, Youth Vision” परिवारको तर्फबाट पूर्व श्रम मन्त्री ज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हामीले उठाएको आवाजलाई सम्मान गर्दै निर्माणाधीन अस्पतालको स्थलगत निरीक्षण गर्न स्वयं उपस्थित भई समस्याप्रति चासो देखाउनुभएकोमा विशेष आभार। जनताको आवाज सुन्ने र विकासको कामप्रति जिम्मेवार बन्ने नेतृत्व नै आजको आवश्यकता हो।
“हामीले केवल आवाज उठायौं, त्यसलाई सुनिदिने नेतृत्व भेटियो।”
धन्यवाद माननीयज्यू, जनताको आशा अझै जीवित छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu