जब कुनै नेपाली नागरिक विदेशी भूमिमा अपमानित हुन्छ, त्यो केवल एउटा व्यक्तिको अपमान हुँदैन, त्यो नेपालको राष्ट्रिय प्रतिष्ठामाथिको आघात पनि हो । आफ्ना नागरिकको सुरक्षा, सम्मान र अधिकारको संरक्षण गर्नु राज्यको पहिलो दायित्व हो । हामीले रेमिट्यान्सको तथ्यांकमा मात्र गर्व गर्ने होइन, त्यो रेमिट्यान्स कमाउने नेपालीको आँसु, पीडा र सुरक्षाप्रति पनि संवेदनशील हुनुपर्छ ।
Bishwaraj Pokharel
प्रतिनिधि सभा सदस्य, ओखलढुंगा
ओखलढुंगा जिल्ला, मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेल निवासी सुरेशकुमार गौतमका ३० महिनाका सुपुत्र सुप्रिम गौतमको कान्ति बाल अस्पतालमा उपचारका क्रममा गएराति दुःखद निधन भएको खबरले म अत्यन्तै मर्माहत भएको छु।
बाबुको उपचारका लागि सम्बन्धित निकाय तथा विभिन्न ठाउँमा निरन्तर पहल, समन्वय र सहजीकरण गर्दा पनि बचाउन नसकिएकोमा गहिरो दुःख र पीडाको अनुभूति भएको छ।
दिवंगत बाबुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दछु। साथै, यस असह्य पीडाको घडीमा शोकसन्तप्त परिवारजनमा यो अपूरणीय क्षति सहन सक्ने धैर्य, साहस र शक्ति प्रदान गरून् भनी भगवानसँग प्रार्थना गर्दछु।
02/07/2026
प्रहरी संगठनमा रहँदा मेरो निकट सहकार्यमा रहनुभएका पूर्व डीआईजी अर्जुन चन्दको असामयिक निधनको दुःखद खबरले म अत्यन्तै मर्माहत भएको छु।
प्रहरी संगठनप्रति समर्पित, इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा आफ्नो पहिचान स्थापित गर्नुभएका उहाँको निधनले प्रहरी संगठन, समाज तथा राष्ट्रको लागि अपूरणीय क्षति भएको छ।
स्वर्गीय अर्जुन चन्दप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। साथै, शोकको यस कठिन घडीमा शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा हार्दिक समवेदना व्यक्त गर्दछु।
रास्वपाको प्रथम महाधिवेशनको सन्दर्भमा गरिएको कुराकानी-
ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा असार ६ गते आएको बाढीले पुर्याएको क्षतिको सम्बन्धमा सदनमा सरकारको ध्यानाकर्षण-
28/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा निर्वाचित आदरणीय रवि लामिछानेज्यू तथा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यज्यूहरूलाई हार्दिक बधाई व्यक्त गर्दै सफल, प्रभावकारी र जनअपेक्षाअनुकूल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
26/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा अत्यधिक विश्वासका साथ विजयी गराइदिनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले मप्रति व्यक्त गर्नुभएको विश्वास र जिम्मेवारीलाई संगठनलाई अझ सुदृढ, सक्षम र तथा जनअपेक्षाको सम्बोधन गर्ने दृढ संकल्पका साथ इमान्दारीपूर्वक निर्वाह गर्नेछु। साथै, निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
24/06/2026
अब मतदान सुरु हुन लागेको छ-
रास्वपाको केन्द्रीय सदस्य पदका लागि (भूगोल-कोशी प्रदेश तर्फबाट) म विश्वराज पोखरेलले उम्मेदवारी दिएको छु। सम्पूर्ण प्रतिनिधि साथीहरूबाट अमूल्य मतको अपेक्षा गरेको छु।🙏
24/06/2026
आज मतदान
रास्वपाको केन्द्रीय सदस्य पदका लागि (भूगोल-कोशी प्रदेश तर्फबाट) म विश्वराज पोखरेलले उम्मेदवारी दिएको छु। सम्पूर्ण प्रतिनिधि साथीहरूबाट अमूल्य मतको अपेक्षा गरेको छु।🙏
23/06/2026
यहाँहरूको अमूल्य मतका लागि हार्दिक अनुरोध गर्दछु।
-महाधिवेशन, राष्ट्रिय स्वतन्त्र पार्टी
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
44600
