Health plus

Health plus

Share

नेपाली समाज,कला, धर्म, राजनीति, सस्कृत?

16/12/2023

हो त्यतिबेला तिमिलाइ फोन गर्ने मै हो ! !

01/02/2018
Photos 18/03/2016

धेरै समय ब्रा लगाउनुहुन्छ ? होसियार !

महिलाहरुको अनिवार्य वस्त्रको रुपमा पर्दछ ब्रा । कुनै पनि महिला बिना ब्रा हिड्न रुचाउँदैनन् । ब्राले शरीरको आकार त राम्रो देखाउँछ तर यो धेरै बेर लगाइ रहनाले शरीरमा विभिन्न रोग पनि निम्त्याउन सक्छ । अझ कति महिलाहरुले त राती सुत्ने बेलामा पनि ब्रा लगाएरै सुत्ने गरेको पाइन्छ । ब्रा धेरै बेर लगाउनाले महिलाहरुमा यस्ता समस्या देखा पर्न सक्छन् ।

१.रक्तसञ्चार कम गर्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ। अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन।

२.रातो दाग बस्छ ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।

३.राम्रो निद्रा लाग्दैन शरीर पूरै रिल्याक्स्ड भयो भने मात्र गहिरोसँग निदाउन सक्छ। यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन होस्। टाइट ब्रा लगाएर सुतेमा मीठो निद्रा पर्दैन। राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ। पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन।

४.थकान महसुस हुन्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ। यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ।

५.सुनिन सक्छ टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्।

६.पसिना आउँछ गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ। त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ।

७.क्यान्सर हुन सक्छ टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो। टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। किनकि, टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ। वर्षौंसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखापर्ने सम्भावना पनि बढी हुन्छ।

Photos 16/03/2016
16/07/2015

हजारभन्दा बढी डिभी–पिआरधारी कर्मचारीद्वारा राजीनामा

काठमाडाैं असार ३१। विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । बर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरूले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । डिभी–पिआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानुनी व्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भयले ती कर्मचारीले राजीनामा दिएको मन्त्री पण्डितले बताए ।

उनले भने, ‘डिभी, पिआर भएका सयौँ कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजीनामा दिएको पाइएको छ ।’ सामान्य प्रशासन मन्त्रालयको अध्ययनअनुसार डिभी र पिआर लिएका कर्मचारीको संख्या अझै एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म छ । निजामती सेवा ऐनको चौथो संशोधनमा डिभी–पिआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान छ । तर, ऐनअनुसार कर्मचारीलाई जागिर वा डिभी–पिआर कुन त्याग्ने भन्ने निर्णय गर्न ६० दिनको समय दिइएको छ ।

कानुन बनेपछि तत्काल बर्खास्तमा पर्ने र पेन्सनलगायतका सुविधा पनि खोसिने भयले धेरै कर्मचारीले यसअघि नै राजीनामा दिएको मन्त्रालयले जनाएको छ । संशोधित निजामती ऐनअनुसार कर्मचारीले ६० दिनभित्र डिभी–पिआरको जानकारी गराएर जागिर त्यागेमा उनीहरूले पाउने बिमा, सञ्चय कोष तथा पेन्सनलगायतका सबै सुविधा पाउनेछन् । डिभी–पिआरको जानकारी नदिई जागिर खाइरहने कर्मचारीको पेन्सनलगायतका सुविधा खोसिने व्यवस्था गरिएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी–पिआर भएका कर्मचारीलाई कारबाही गर्ने ऐन कडाइका साथ लागू गर्ने बताएका छन् । कानुन बनाउने क्रममा अनेक धम्की आउँदा आफू पछि नहटेको भन्दै उनले कार्यान्वयनमा आउने समस्या पनि चिर्दै जाने बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Mobile uploads 21/01/2015
Mobile uploads 12/10/2014

हाम्रा प्रधानमन्त्री

Mobile uploads 21/09/2014

नेपालको विकास कस्ले गर्न सक्छ जस्तो लाग्छ ???

Photos from Health plus's post 16/09/2014

स्वर्गीय पोस्ट बहादुर बोगटीलाई हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं साथै जनयुद्धकालिन फोटोहरु !!!

एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात - Nepal Politics, election, sports, national and other news... 12/09/2014


एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात
गंगालालको आईसीयुमा उपचार हुँदै

काठमाडौं, भदौ २७– एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई हृदयघाट भएको छ ।
बिहीबार बेलुका सानोभर्याङस्थित निवासमा उनलाई हृदयघाट भएपछि परिवारले बाँसबारिस्थित सहिद गंगालाल अस्पताल पुर्याएका थिए ।
पारिवारिक स्रोतका अनुसार गंगालाललको आइसीयुमा उपचाररत उनको अवस्था अहिले खतरामुक्त रहेको छ ।
उनको अवस्था बुझ्न राती एमाओवादी अध्यक्ष, प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी, महासचिव कृष्णबहादुर महरालगायत केन्द्रीय नेताहरु अस्पताल पुगेका थिए ।
एमाओवादी स्वकिय सचिव चूडामणि खड्काले बोगटीको स्वास्थ्य अवस्था अहिले सामान्य हुँदै गएको बताए । ‘उहाँलाई हिजो राती घरमै आराम गरिरहेका बेला हृदयघाट हुन पुगेछ, अपरेसनपछि उहाँ खतरामुक्त रहेको र अहिले आइसीयुमै हुनुहुन्छ, खड्काले रातोपाटीसँग भने ।
बिहीबार दिनभर विभिन्न बैठकमा सहभागी भएका बोगटीलाई साँझ एक्कासी हृदयघाट हुन पुगेको थियो ।


पोष्टबहादुरलाई हृदयघाट, बिहीबार साँझ हर्ट घरमा, अप्रेसन,
आसीयुमा उपचार , केन्द्रीय नेताहरु अस्पतालमा, खतरामुक्त

एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात - Nepal Politics, election, sports, national and other news... काठमाडौं, भदौ २७– एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई हृदयघाट भएको छ ।

02/09/2014

माओवादी सहितको गोलमेच सम्मेलन गरेर अग्रगमी संविधान निर्माणमा सबैको सहभागिताको सुनिस्चित गरौ !!!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kathmandu
Kathmandu