20/04/2026
अक्षय तृतीया वैशाख शुक्ल तृतीयाको त्यो पावन दिन हो, जसले धार्मिक आस्था र स्वास्थ्य दुवैलाई जोड्दछ। त्रेता युगको सुरुवात र परशुराम जयन्ती मानिने यस दिनमा जौको सातु र सर्वत खानुको विशेष अर्थ छ। वैज्ञानिक रूपमा यसले गर्मीमा शरीरलाई सित्तल र ऊर्जावान् राख्छ भने, धार्मिक रूपमा यस दिन गरिएको दान र सत्कर्मको फल कहिल्यै नाश नहुने (अक्षय रहने) विश्वास गरिन्छ। समग्रमा, यो पर्व शारीरिक स्वास्थ्य र आध्यात्मिक पुण्य प्राप्त गर्ने एक अनुपम अवसर हो।
26/03/2026
जनबहा: द्य: (सेतो मछिन्द्रनाथ) या जात्रा न्ह्यः, कलाकार मेरिना चित्रकारजुं तसकं चहकगु भावनां भैरवया मूर्तिइ अन्तिम 'लु' (Touch-up) बियाच्वनादीगु थ्व पल। थ्व झीगु नेवाः परम्परा, संस्कृति व कलाया जीवन्त नमूना खः।
किपा: maharjan (sid mertz)
25/03/2026
पोखरा भैरव गँः प्याखः को पुरानो ख्वापा
१०२ वर्ष अगाडि बि.सं. १९८० मा पोखराको भैरव नृत्यको गणहरुको ख्वापा (मकुण्डो) बनाइएको थियो । यो मकुण्डो करिव ६५ वर्षसम्म प्रयोग गरियो । यी ख्वापाहरु बनाउनका लागि त्यो समय करिव ६५ रूपैया खर्च भएको देखिन्छ । शुरुमा ५० रूपैया दिइए पनि पछि अपुग भइ १५ रूपैया थपिएको देखिन्छ । ६५ रूपैया खर्चेर बनाइएको ख्वापा ६५ वर्ष सम्म नै चलाइयो । ति ख्वापाहरुमा रङ पनि प्राकृतिक रङ नै प्रयोग गरिन्थ्यो ।
हाल प्रदर्शन गरिने बाह्र गणहरुको सहितको नृत्य भने बि.सं. १९०८ पछि देखाइएको भन्ने देखिन्छ । १९०८ मा भिमसेन द्वादश गुठीको गठन गरिनु, भैरवटोलमा रहेको गणेश मन्दिर स्थापना गरिनु र यहि समय तिर भक्तपुरबाट रघुनाथ तमोटलाई भैरव गणहरुका ख्वापाहरु बनाउन, रङरोगन गर्न तथा गरगहना बनाउन पोखरा ल्याइएको देखिन्छ । पोखराका अधिकांश तमोटहरु पाटन गाँबहाल र त्यस वरपरबाट आएका देखिए पनि शुरुवात तिर भक्तपुरबाट आएका अन्य तमोट परिवार भने देखिदैन ।
रघुनाथ तमोटको सन्ततीले नै पछि सम्म ख्वापा सम्बन्धि कार्य गरिरहेको देखिन्छ । वहाँकै पाँचौ पुस्ताका बसन्त तमोट र धर्म तमोटहरु अहिले पुजारीका रुपमा कार्य गर्दै आइरहनु भएको छ । तर यो पुजारीको कार्य वहाँहरुले पछि मात्र गर्न थाल्नुभएको हो । पुजारीको कार्य गर्दै आउनुभएका मोहनवीरका जेठान सेते नायोको निधन पछि वहाँ निसन्तान भएपछि मोहनवीरका काँहिला छोरा पूर्ण बहादुर तमोटले पुजारीको जिम्मेवारी बहन गर्नुभएको देखिन्छ ।
रघुनाथका पनाति कामी गोरे (मोहनवीर)को समयमा ख्वापामा रङ्ग लगाउने कार्य गरिरहँदा इन्द्रायणीको ख्वापाको अनुहारमा रङ्ग लगाइ रहँदा बारम्बार बिग्रिएर असफल हुनुभयो । राती ढिलो सम्म पनि रङ्ग लगाउँदा असफल भइ सुतेका कामी गोरेलाई सपनामा इन्द्रायणी स्वयं आएर यसरी बनाउ भनेर सिकाउनु भएछ । त्यसपछि राती नै उठेर वहाँले सानो ढ्याप्रि बालेर इन्द्रायणीको ख्वापामा रङ्ग लगाएर फेरी सुत्नुभएछ । बिहान उठेर ख्वापा हेर्दा जुङ्गा भएको इन्द्रायणी भएछ । सपनामा स्वयं इन्द्रायणीले भने अनुरुप नै ख्वापा बनाइएको भएर आज सम्म जुङ्गा भएको इन्द्रायणीको ख्वापा बनाउने गरिन्छ ।
उपत्यकामा अष्टमातृकाहरु मध्य सात अजिमाको जात्रा पाँहाचह्रेका दिन गरिए पनि यस मध्यको लुँतीअजिमा (इन्द्रायणी) को भने बालाचह्रेको दिन जात्रा निकाल्ने परम्परा रहेको छ । लुँति अजिमालाई बालाचह्रेका दिन सर्पाहुति दिने गरिन्छ । साथै एकजोडी भंगेरा, एकजोडी फट्याङ्ग्रा, एकजोडी माछा र अन्तमा राँगोको बलि दिने चलन रहेको छ ।
बि.सं. १९८० मा बनाइएको ख्वापा २०४६ सालमा धेरै पुरानो भएको हुँदा बिस्थापन गराइ नयाँ बनाइएको थियो । पुराना मकुण्डो निकै जिर्ण अवस्थामा रहेको हुँदा बाकसमा बन्द गरेर राखिएको छ । मकुण्डोका आ-आफ्ना बिशेषता हुन्छ । मकुण्डोमा प्रयोग हुने रङ्गको आफ्नै बिशेषता हुन्छ । कुन मकुण्डोमा कुन रङ्ग प्रयोग गर्ने भन्ने आफ्नै किसिमको तान्त्रिक बिशेषता हुन्छ ।
जम्मा जम्मी बाह्र गणहरुको नृत्य हुने यस नृत्यलाई हालका दिनहरुमा भने बाह्र भैरवको नृत्य भन्ने गरिन्छ । तर यसमा भैरवकै रुपमा मानिएको भने एकमात्र हो । अन्य भैरवका गणहरु हुन् । यो नृत्यको इतिहास २२५ वर्षको भइसकेको छ । तर यस बिचमा जानिनजानि नृत्य सञ्चालन गर्ने समुहबाट गल्तीहरु भएको देखिन्छ ।
यस नृत्यबाट षासी ताल र षासी मृदंगबाट जानकार कोही पनि भेटिएन । एक किसिमले भन्ने नै हो भने यो हाम्रो इतिहासबाट बिलुप्त नै भइसकेको छ । हामी यसलाइ कहि न कहिैबाट खोजेर पून ताल सिकाउने प्रयासमा छौ । यसबारेमा जानकारी बटुल्न म उपत्यकाका बिभिन्न ठाउँ पुग्नेछु ।
तस्विर पोखराको गँः प्याखँःको १०० वर्ष अगाडि बनाइएको मकुण्डोको हो ।
19/03/2026
"यक्व यक्व भिंतुना नापं बांलागु कार्यकालय् भिंतुना 🌻🌼
10/03/2026
भाषा आयोगया दुजः, वरिष्ठ पत्रकार, ल्याय्म्ह कवि अले नेपालभाषा आन्दोलनया अथक अभियन्ता सुरेश किरण मानन्धर मदुगु खँ न्यनाः नुगः तस्कं मर्माहत जूगु दु। वय्कलं नेपालभाषा व नेवाः सभ्यताया संरक्षण अले प्रवर्द्धनया लागिं बियादीगु तःधंगु योगदान सदासर्वदा सम्मानका साथ लुमंकाच्वनेगु जुइ।
दिवङ्गत आत्माया चिरशान्तिया कामना याना। थ्व शोकया घडीइ शोकाकुल परिवारजनय् नुगःकुथिंनिसें गहिरो समवेदना प्वङ्कया।
नेवाः पत्रकार राष्ट्रिय दबूया केन्द्रीय सल्लाहकार अले वरिष्ठ पत्रकार मानन्धरया विलाय (मदुगु) पाखें पत्रकारिता, साहित्य व बौद्धिक ख्यलय् छगू अपूरणीय क्षति जूगु दु।
नेपालभाषा, पत्रकारिता व नेवाः आन्दोलनय् छिकपिसँ बियादीगु योगदान सदासर्वदा लुमंकाच्वनेगु जुइ। भावपूर्ण श्रद्धाञ्जली सुरेश किरण दाइ
05/02/2026
नेपाल जिम्न्याष्टिक संघको आयोजनामा भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा सम्पन्न १४औँ राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा नेपाल आर्मी समग्र टिम च्याम्पियन बन्न सफल भएको छ।
यस संस्थाकी सबैभन्दा सानी सदस्य जोया मानन्धरले व्यक्तिगत तर्फ द्वितीय पदक जितेर गौरव बढाएकी छन्।
जोया सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना। 🏅🎉