रूख

रूख

Share

Democracy for peace and development nationality, socialism , democracy and Students unity

02/03/2026

हाम्रो बौद्धिकता पनि गज्जबको छ:
"यो निर्वाचन एजेन्डामा हुनुपर्ने थियो, राष्ट्रिय मुद्दा र विकासका मोडलमाथि हुनुपर्ने थियो तर कसले कुन गाडी चढ्यो, कसले के लगायोजस्तो अनुत्पादक चर्चामा सीमित छ ! मलाई पनि साथीहरू छत खोलेको गाडीमा हिँड्न भन्नुहुन्छ !" गगन थापाको अभिव्यक्ति यस्तो थियो !
थोरै बुद्धि भएकोले पनि सजिलै बुझ्ने कुरा के हो भने गगन थापाले गाड़ी चढेको विरोध गरेका होइनन् । उल्टो यो चुनाबको ध्यान, चर्चा र विरोध जति गाडी र रोडशोमा सीमित भएकोमा असन्तुष्टि जनाएका हुन् । गाडीको चर्चा होइन, एजेन्डाको चर्चा भए हुन्थ्यो भनेका हुन् । पूर्वराजादेखि कांग्रेसकै नेतासम्म यस्तो प्वाल परेको गाडीमा हिँडिरहेकै छन् ।

हाम्रो बुझाइ चाहिँ गगन थापाले अरूलाई गाडी चढेकोमा विरोध गर्यो र आफू हेलिकप्टर चढ्यो भन्ने स्तरको देखियो ! जबकि कसले के चढ्यो भन्ने होइन, एजेन्डामा चुनाब लड्न पर्ने हो भन्दै उनले गाडीको चर्चा खारिज गरेका थिए ।

स्कुल लेभलदेखि नै कम्प्युटर शिक्षा र तालीम समावेश गर्ने हो भने एकदिन कीर्तिपुरको डाँडामा ल्यापटप हातमा बोकेरै तीन लाख कमाउन सकिने भाषणको खिल्ली उडाउँदा पनि 'पहाडको टुप्पोमाथि' ल्यापटप बोकेको चित्र बनाइएको थियो । कीर्तिपुर आफै डाँडामा रहेकाले उनले घरमैं बसेर भन्ने सन्दर्भमा डाँडा शब्द प्रयोग गरेका थिए । आईटीमा दक्ष जनशक्तिले त 'वर्क फ्रम होम' गरेकै छ, आज राम्रोसँग भिडियो बनाउन र सामान्य एडिट गर्न जान्ने कन्टेन्ट क्रिएटरले पनि त्यति कमाएकै छन् ।
देशको सबैभन्दा ठूलो विश्वविद्यालय रहेको, विज्ञानदेखि समाजशास्त्रसम्म पढाइ हुने र देशका सबैभन्दा दक्ष र शिक्षित युवा बस्ने कीर्तिपुरको डाँडामा यदि आईटीका जनशक्तिले तीन लाख कमाउने कुरा जोक लाग्छ भने पाँच वर्षमा यो देशको जिडीपी डबल बनाउने हरेक दलको घोषणापत्र कसरी पूरा होला ? कसरी भन्ने उत्तरसहितका योजनालाई पनि उडाउने हो भने त केको भिजन र योग्यताको कुरो गर्नु !

बालेनले चढेको गाडी विवादित व्यवसायीको र पूरा कर पनि नतिरेको देखिएकाले विरोध भएको हो । भोलिको प्रधानमन्त्रीलाई कुनै व्यावसायिक स्वार्थले नघेरोस् भन्ने असल मनसायले पनि विरोध भएको हो । उनले त्यसपछि चढेको देखिएको पनि छैन । यो राम्रो पक्ष हो । विरोधलाई सकारात्मक लिने र सुधार गर्ने हो भने त्यसलाई राम्रो भन्न पर्छ । अरू गाडीको कहीँ कतै विरोध भएको देखिन्न । सुरक्षा र कानुनी दृष्टिले छत खोलेको गाडीमा टाउको उठाउनु उचित हुँदैन । त्यो विरोध होइन । त्यो आफैले मनन गर्नुपर्ने कुरा हो । पछाडि बसेर सीटबेल्ट नलगाएको आरोपमा बेलायती प्रधानमन्त्रीले जरीबाना तिर्दै माफी माग्न परेको थियो । हामी खुल्लमखुल्ला नियमको धज्जी उडाउँछौं !

उनले चढेको हेलिकप्टर यदि कुनै विवादित व्यवसायीको उपहार हो भने विरोध गर्नु जायज हो । यस्ता उपहारले नेताहरूलाई बिगार्छ । तर पार्टी सभापतिले पार्टीको निर्णय अनुसार, देशभर चुनाबी सभा भ्याउन र उसैको चुनाबी कोष खर्च गरेर चढ़िएको हो भने त्यो यातायातको साधन हो । त्यसलाई विरोध गर्नुको कुनै औचित्य देखिन्न । हाम्रा नेताहरूले सजिलै एक करोड धरौटी बुझाउँछन् । हरेक पार्टीमा त्यस्ता नेता छन् । एक करोडमा बीस पल्ट हेलिकप्टर चढ्न पुग्छ !

स्रोत खोजेर, उत्तरदायी बनाउन खोजेर र पारदर्शिताको चाहनाले प्रश्न उठेको हो भने त्यसको चाहिँ सधैँ स्वागत गर्नुपर्छ ।

02/03/2026

लोकप्रियतावाद को अन्त हुनैपर्छ ।

एक पटक सफल गगन थापाको नेतृत्वलाई रुख चिन्हमा मतदान गरौं ।
नेपाल आज एक संवेदनशील र निर्णायक मोडमा उभिएको छ। यस्तो बेला देशलाई नारा, भ्रम र लोकप्रियतावाद होइन ,दूरदृष्टि, स्थिरता र जिम्मेवार नेतृत्वको आवश्यकता छ।
नेपाली कांग्रेस कुनै साधारण पार्टी होइन , २००७ सालको प्रजातान्त्रिक व्यवस्था होस , लोकतान्त्रिक आन्दोलनदेखि २०४६/२०६२/६३ को जनाअन्दोलन एबम २०७२को संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म प्रत्येक ऐतिहासिक घडीमा यसले राष्ट्रलाई सही दिशा दिएको छ, र जब–जब देश संकटमा परेको छ, लोकतन्त्र, स्थिरता र राष्ट्रिय एकताको नेतृत्व कांग्रेसले नै गरेको छ।
आजको कांग्रेस केवल इतिहासमा सीमित छैन; विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति निर्माण तहमा परिवर्तन गर्दै आफूलाई जैविक बौद्धिकता ले जितेर आएको छ। सुसूचित, जिम्मेवार र आधुनिक सोच भएको पार्टीका रूपमा आफ्नो पार्टी को निति थिति रूपान्तरण गरेको छ, जहाँ युवाको भूमिका, सहभागिता र भविष्यलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइएको छ।
यसैबीच केही शक्तिहरूले परम्परागत जड सोच, अराजकता र नकारात्मकता, सामाजिक सञ्जालमार्फत भ्रम र “हामी बाहेक सबै गलत” भन्ने भाष्य फैलाउँदै जादुमय समाधानको अव्यावहारिक प्रचार गरेर जनमानसलाई मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने प्रयास गरिरहेका छन्। तर देशको नेतृत्व लोकप्रियता मात्र होइन कूटनीतिक क्षमता, रणनीतिक सोच र दीर्घकालीन राष्ट्रिय दृष्टि हो।छोटो अवधिको प्रचारले होइन, संस्थागत सुधार र स्पष्ट योजनाले मात्र देश समुन्नत र समृद्ध बन्छ, किनकि अराजकतावाद, हैकमवादी शैली र अस्थिरताले राष्ट्रलाई कमजोर बनाउँछ। इतिहासले प्रमाणित गरेको छ कि अतिवाद र अस्थिरताको बीचबाट देशलाई सुरक्षित मार्गमा ल्याउने शक्ति कांग्रेस नै हो, र आज फेरि त्यही जिम्मेवारीको घडी आएको छ।
आजको गर्ने निर्णय भविष्यसँग जोडिएको छ।
अवसर र रोजगारी, उद्यमशीलताको वातावरण, डिजिटल नेपाल र नवप्रवर्तन, पारदर्शी र उत्तरदायी शासन तथा स्थिर र विश्वसनीय विकासको हाम्रो चाहना हो । यो समयमा टेस्ट भएर सफल सासद र स्वास्थ मन्त्रीभएका जुझारु नेतालाई परिवर्तनशील र जिम्मेवार नेतृत्वको प्रतिनिधित्व गर्दै सभापति मा निर्वाचित गरेको छ। गगन थापा स्पष्ट भिजन, मिशन र योजनासहित देशलाई समुन्नतिको मार्गमा अघि बढाउने प्रतिज्ञा लिएर आएका छन।
अब समय आएको छ ,लोकप्रियतावादको अन्त्य गर्ने, अराजकता होइन स्थिरता रोज्ने, भ्रम होइन जिम्मेवार नेतृत्व रोज्ने। आउनुहोस्, अतिवाद र अस्थिरताबाट देशलाई जोगाउन, लोकतन्त्र, विकास र उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरौं।
यो चुनाव केवल मत होइन ,तपाईंको भविष्य, तपाईंको अवसर र समुन्नत नेपालको संकल्प हो।
—-Roshan tiwari

27/02/2026

The vision to lead, the speed to deliver!

काठमाडौं-५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा 27/02/2026

काठमाडौं-५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

27/02/2026

कपिलवस्तु बुद्धभुमि नगरपालिकामा नेपाली कांग्रेस चुनावी सभा ।

27/02/2026
रास्वपाका नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीले छाडे पार्टी, कांग्रेस प्रवेश 27/02/2026

रास्वपाका नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीले छाडे पार्टी, कांग्रेस प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।

27/02/2026

मेरै पाखा पखेरो ...

27/02/2026

रास्वपा छाड्ने क्रम जारी - संस्थापक नवलपरासी सभापति नै कांग्रेसमा:
रास्वपा नवलपरासीका संस्थापक सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। आज बर्दघाट–चौपतामा आयोजित चुनावी सभामा पार्टी प्रवेशपछि उनले “कागजी बाघ” रास्वपा छोडेर “असली बाघ” कांग्रेस रोजेको बताएका छन्। यसअघि उनका दाइ (सुस्ता गाउँपालिकाका रास्वपा उपसभापति) गुप्तसेन ठकुरीले पनि पार्टी छाडेका थिए।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
44600