Balen PMO Network

Call Website Contact the organization

Balen PMO Network Nepal Forward with
(Unofficial Page)

28/09/2026

धेरैजसो समयमा संयुक्त राष्ट्र महासभाका धेरै कुर्सीहरू खाली देखिन्छन् वा विभिन्न देशका प्रतिनिधिहरू आफ्नो उपस्थितिमा निरन्तरता दिँदैनन्। त्यसैले संयुक्त राष्ट्र महासभाले सबै देशका लागि समान र कडा नियम बनाउनुपर्छ भन्ने मेरो धारणा छ।

कुनै पनि देशका प्रधानमन्त्री, राष्ट्रपति वा अन्य प्रतिनिधिले अर्को देशका प्रधानमन्त्री वा राष्ट्रपतिले आफ्नो सम्बोधन गरिरहेको समयमा सभा छोड्न वा आफ्नो पालो सकिएलगत्तै अरू देशको सम्बोधन नसुनी बाहिरिन नपाउने व्यवस्था हुनुपर्छ।

हरेक देशले समान सम्मान र कूटनीतिक शिष्टाचार पाउनुपर्छ। नेताहरूबीच नीति र विचारमा असहमति हुन सक्छ, तर एक–अर्काको कुरा ध्यानपूर्वक सुन्नु नै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको महत्वपूर्ण आधार हो।

Many seats are often empty, or country representatives are absent. Therefore, I believe the United Nations General Assembly should establish a strict and equal rule for all countries: no official including a Prime Minister, President, or other representative should be allowed to leave the assembly or skip another country’s speech while a Prime Minister or President is delivering their address, or immediately after their own turn has ended.

Every country deserves the same level of respect and diplomatic courtesy. Leaders may disagree on policies, but listening to one another is an essential part of international diplomacy.

10/09/2026

इन्जिनियर दीपक कुमार साह ज्युलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो । Er Deepak Kumar Sah ज्युलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना! 🙏

#गृहमन्त्रालय

02/09/2026
27/08/2026

रसुवा बाढीले मानिस, धन, जमिन र विकास मात्र बगाएन; नेपालीहरूको संवेदना, मानवता, उदारता र अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि पनि गम्भीर प्रश्न उठ्ने गरी एउटा पीडादायी घटना देखायो।

मृ'तकको श'व निकालेर परिवारलाई हस्तान्तरण गर्नुपर्ने संवेदनशील अवस्थामा समेत श'वबाट सुन–चाँदीका गहना निकाल्न व्यस्त केहि विर नेपालिहरु....। यो मानवताको चरम पतनको संकेत हो।

यस्तो अमानवीय र निन्दनीय कार्यप्रति घोर भर्त्सना! धिक्कार छ। #धिक्कार #मानवता 🤮😔 💔

17/06/2026

PM , HM , IM 🙂

Desh Banaune Toli :)

संसद्को त्यो एक अभिव्यक्ति, जसले भारतीय विदेश मन्त्रालयलाई 'डिफेन्सिभ मोड'मा पुर्‍यायो परम्परागत कुटनीतिमा एउटा स्थापित ...
02/06/2026

संसद्को त्यो एक अभिव्यक्ति, जसले भारतीय विदेश मन्त्रालयलाई 'डिफेन्सिभ मोड'मा पुर्‍यायो


परम्परागत कुटनीतिमा एउटा स्थापित मान्यता छ– "आफ्नो दाबी बलियो बनाउन विपक्षीमाथि लगातार आरोप थुपारिरहनु पर्छ।" तर, प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको रोष्टममा उभिएर ठ्याक्कै यसको उल्टो गरिदिए। उनले नेपाल-भारत सीमा विवादको कसिलो गाँठो फुकाउन 'रिभर्स डिप्लोम्यासी' (उल्टो कुटनीति) को साहसिक प्रयोग गरे, जसको पराकम्प अहिले नयाँ दिल्लीसम्म पुगेको छ।

विगतमा नेपालले लिपुलेक र लिम्पियाधुरामा आफ्नो दाबी पेस गर्दा कडा शब्दमा खारेज गर्ने भारत यसपटक भने रक्षात्मक (डिफेन्डिङ) मोडमा देखिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले स्पष्ट पार्छ– बालेनको कुटनीतिक चातुर्यताले काम गर्न सुरु गरिसकेको छ।

संसद्को त्यो अभिव्यक्ति र दिल्लीको 'टोन डाउन'
प्रधानमन्त्री बालेनले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दुईवटा रणनीतिक कुराहरू अगाडि सारेका थिए। पहिलो– "नेपालले पनि भारतको जग्गा मिचेको छ।" र दोस्रो– "यो समस्या बेलायतले ब्रिटिस इन्डिया छाड्दादेखिको भएकाले यसमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ।"
आफैँले जग्गा मिचेको स्वीकार गर्ने प्रधानमन्त्रीको यो अप्रत्याशित कार्डले भारतलाई चकित बनायो। सधैँ 'नेपालले एकतर्फी दाबी गर्‍यो' भन्दै आएको दिल्ली यसपटक नेपालका प्रधानमन्त्रीको सोही बयान र परराष्ट्र मन्त्रालयको वक्तव्यलाई गम्भीरतापूर्वक अध्ययन गर्न बाध्य भयो।

प्रवक्ता जयसवालले भने:
> "भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको छ। तैपनि केही हिस्सामा समस्या छन्, जसलाई सुल्झाउन बाँकी छ।"
>
लिपुलेकको नक्सा जारी हुँदा आक्रोशित बन्ने भारतले यसपटक सुस्ता र अन्य क्षेत्रमा सीमा समस्या रहेको कुरा सहजै स्वीकार गर्नु र टोन 'डाउन' गर्नुलाई कुटनीतिक वृत्तमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। विशेषगरी गण्डक नदीको बहाव परिवर्तनका कारण नवलपरासीको सुस्तामा उत्पन्न स्थिति र दसगजा (No Man's Land) को अतिक्रमणलाई संयुक्त रूपमा मानचित्रण (Mapping) भइरहेको जानकारी भारतले नै दिनुले संवादको ढोका खुलेको संकेत गर्छ।

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Balen PMO Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Balen PMO Network:

Shortcuts

Share