Nepalgunj bazar

Nepalgunj bazar

Share

This page is for promoting western region and Nepalgunj city... Message us landscape, Photos and other information with us.. we upload it with your name..

05/05/2026

हरेक मंगलबार हनुमान मन्दिर, घरबारी टोलको सडक अस्तव्यस्त हुन्छ । गाडी, अटो, र बाइक पुरै जाममा फस्छ तर न त्यहाँ कुनै ट्राफिक हुन्छ । न त्यहाँ ट्राफिक व्यवस्थापनको लागी कुनै नियम बनाएकोछ ।

05/05/2026

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ।

सो फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ। करिब २५ वर्षदेखि समितिको कब्जामा रहेको धर्मशाला कोषमै फिर्ता भएकोछ । धर्मशाला चलाउने भनेर मारवाडी समितिले अस्पताल र पसल भाडामा संचालन गर्दै आएको थियो ।

27/04/2026

देशभर सरकारी र गुठीको जग्गा फिर्ता ल्याउने अभियान चलेकोछ । संघिय सरकारको बलियो साथ पाउदा स्थानीय सरकार पनि हौसियको छ तर नेपालगन्जको दृश्य फरक छ । सरकारी जग्गा अतिक्रमण मुक्त गर्न स्थानीय सरकार, राजनीतिक दल, पत्रकार, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र स्थानीय सबै मौन छन् ।

विंस २०२५ साल सम्म बागेश्वरी मन्दिरको नाममा इन्द्रपुरमा ९९ बिगाहा ५ कट्ठा १४ धुर जग्गा रहेको थियो । यसमा ८७ बिगाह व्यक्तिको नाउमा पुगेकोछ । २०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिगाहा २ कट्ठा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरियो ।
अहिले बागेश्वरीको नाममा खजुराखुर्दमा राम प्रसाद दवाडले ४ बिगाहा जग्गा मन्दिरका नाममा चढाएपनी हाल आएर सो जग्गा ३ बिगाहा ११ कट्टा १४ धुरमा सिमीत भएको छ । उता परसपुर ९ का बालक अहिरले चढाएको ३ कट्ठा १ धुर जगगाको समेत मन्दिर संग कुनै स्वामित्व छैन । २०१३ सालमा नेपालगञ्ज नगरको सल्यानी बागमा संकर प्रसाद उपाध्यले चढाएको १ बिगाहा १५ कट्ठा जग्गा मन्दिर ब्यबस्थापन समितीले ब्यवास्ता गरेपछी २०२५ सालको सर्भे नापीमा दाता उपाध्यकै श्रीमतीहरुले आफनो नाममा नापी गराएका थिए ।

कुनै बेला नेपालगन्जको सल्यानी बङ्गला रहेको स्थान वरिपरिको झण्डै २४ बिगाहा जग्गा पनि बागेश्वरी गुठीको नामममा रहेको थियो । बङ्गलाबाट उठ्ने भाडा त करिव ५० बर्ष पहिले सम्म बागेश्वरी गुठीले नै उठाउने गर्दथ्यो । तर बागेश्वरी गुठीको त्यो जग्गा कसरी नगरपालिका र ब्यक्तिहरुको नाममा गयो त्यसको समेत लेखाजोखा छैन ।

26/04/2026

अहिले देशव्याप्री रुपमा सरकारी जमिन र गुठीको जग्गामा भएको अतिक्रमण हटाउने कार्य भैरहेको छ । त्यसैगरी नेपालगन्जमा बागेश्वरी गुठीको नाममा भएको विभिन्न ठाउँमा भएका जग्गा फेरि बागेश्वरी माताको नाउमा आउनुपर्छ । यसमा स्थानीय सरकारले पहल गरोस् । यो काम यो सरकार हुँदा भएको भने कहिले हुँदैन ।बागेश्वरी माताले न्याय पाउनुपर्छ । घरबारी टोल, इन्द्रपुर, कोरियनपुरदेखी लिएर सुर्खेतरोडमा भएका विभिन्न जग्गा चाडै अतिक्रमणमुक्त पारियोस ।
तस्बिर:- AI image(यो सांकेतिक तस्बिर मात्रै हो जुन AI ले बनाएको हो ।)

19/04/2026

नेपालगन्ज जमुनाहबाट जफत गरिएका वस्तु । सरकारले रु१०० माथिको सामान ल्याउदा कडाइ गर्न निर्देशन दिएकोछ । पेयपदार्थ, केरा, र तेल त पुरै प्रतिबन्ध छ । के यो कदम उचित हो?

तस्बिर:- रामु ओली

14/04/2026

वैशाख १ गते मात्रै फुल्ने सहलेश(सुनाखरी) फुल

11/04/2026

जेनजी आन्दोलनमा ध्वस्त भएको भाटभटेनी ७ महिनामा फेरि बनेर तयार भएकोछ । राजनीतिक सम्बन्ध हेरेर भाटभटेनी र अरु निजि संस्थालाई पनि व्यापक क्षति पुर्‍याएको थियो । जसबाट मिन बहागुर एकदम भावुक र आर्थिक नोक्सानी व्यहोरेका थिए । अहिले उनले त्यहीँ कमजोर पललाइ क्याम्पेन बनाएका छन् । यस्तो घटना कहिले नहोस् भन्ने आशय देखिन्छ । साच्चै, त्यो अवस्था कहिले नआओस् । नेता भ्रष्ट कहिले नहुन । अन्याय नहोस् । जनतालाइ सकभर सुविधा दिइयोस् । न्यानिसाफ राम्रो होस । व्यापारीले पनि भ्रष्ट नेताको पछि नलागुन । युवा फेरि सडकमा आउनु नपरोस् । त्यो कलालीलाग्दो दिन कहिले नआओस् । कलिला किशोर र आम नागरिक बाटोमा ढल्न नपरोस् । देश उन्नति पथमा लम्कियोस । हजारौंलाई रोजगार दिन भाटभटेनीलाइ धन्यवाद ।

09/04/2026

नेपालगन्जको मुटु धम्बोजीको अवस्था । खसी काट्ने फुटपाथमै, ब्याज काट्ने फुटपाथमा, सेकुवा पोल्ने फुटपाथमा, पुरै सडक अतिक्रमण गरेर बनेको यो रेस्टुरेन्ट कुन शक्तिकेन्द्रको आडमा चलेकोछ? सडक विस्तार हुदा पुरै भत्किएको थियो । फेरि शक्तिकेन्द्रको आडमा बन्यो । व्यस्त २ सडक घर्बारी टोल र सुर्खेत रोड जाम र दुर्घटना यहि रेस्ट्रोले गर्दा हुन्छ । किन फुटपाथ विस्तारमा यो परेन?
नेपालगन्जको धम्बोझी चोकमा सधैं बिहान पैदल यात्री हिडने ठाउँमा हाम्रो मम सेन्टरको खसि काट्ने , तरकारी काटने ठाउँ बनेको छ ।
नगर र सरोकार वालाहरुको ध्यान किन अहिलेसम्म नगएको ? छेउमै प्रसिद्ध बागेश्वरी मन्दिर जाने गेट छ । खुलेआम चोकमा पशु हत्या बन्द गर । पैदल यात्रा गर्ने बाटो खुल्ला हुनु पर्दछ । व्यवसाय गर्न पाउनुपर्छ तर नियममा रहेर । नगरको तुरुन्तै ध्यान जान जरुरी छ ।
Via: लोकेन्द्र चन्द

Photos from Nepalgunj bazar's post 07/04/2026

बेथितिमा रुमलिएको बागेश्वरी क्षेत्र । गोठीमा धार्मिक भन्दा राजनीतिक नेतृत्व हुँदा सानातिना काम पनि हुनसकेको छैन । अहिके नयाँ सरकार आउदा विभिन्न क्षेत्र सुधार, अतिक्रमण मुक्त र सुरक्षीत हुदै गएकोमा बागेश्वरी मन्दिर क्षेत्र उस्तैछ । यहाँसम्म कि मुख्य गेट प्रवेश द्वारको बाटो पुरै बिग्रीएको छ । हिड्ने फुटपाथ पुरै व्यापारीले बाहिरै सामान राखेको छन् । रुखहरु पनि व्यापरिले कब्जा गरेको स्थिति छ । मन्दिर भित्र जाने प्रवेश द्वारकै ढलको ढक्कन छैन । हाइमास लाइट एउटा बल्ब मात्रै बल्छ । बिना कामको ट्यान्की गेटमै राखिएको छ । भएभरको होर्डिङ्ग बोर्ड छ ।

यदि गुठीमा पदाधिकारी साच्चै काम गर्न आएको भए सुरुमा ढल व्यवस्थापन र सरसफाइ गर । फुटपाथ क्लियर गर । बुद्द गुम्बा जाने बाटो पुरै खुला र अस्थाइ प्रहरी चौकीबाट पनि २ कोठा भित्काएर बाटो खोल । प्रवेश द्वारको घुम्ने रेलिङ्ग हटाउ । रुखले ढाकेको पसल हटाउ । बागेश्वरी मन्दिर ओगटेर बनेका घर भत्काउ । गुम्बा साइडको पुरै पसल हटाउ । रु२०० मासिक भाडामा किन पसल राख्ने? बागेश्वरी मन्दिर महन्तको चङ्कुलबाट हटोस । आरतिले बागेश्वरी मन्दिर अस्तव्यस्त भयो । अहिले हटाउ।

बागेश्वरी मन्दिरको जग्गा आफ्नो नाउमा ल्याउन पहल सुरु गर । बागेश्वरीको जायजेथा सार्वजनिक गर । यो सरकार हुँदा काम भएन भने कहिले हुदैन । बागेश्वरी मन्दिर आस्था र नेपालगन्जको पहिचान हो । राजनीति गर्ने मात्रै उद्देश्य भए राजनीतिमा देउ । शिलालेखमा नाम मात्रै हाल्न आएको हो? अनि जुघे महादेव मन्दुरको मन्दिरको सामान्य पुरानो इतिहास, जिर्णोद्वार सम्बन्धित जानकारी, हुनुपर्नेमा राजनीतिज्ञको नाम मात्रै देखिन्छ ।

Photos from Nepalgunj bazar's post 05/04/2026

यातायात व्यवस्था कार्यलयको अव्यवस्था अझै उस्तै नै रहेछ । कार्यलय परिसरमा कुनै नागरिक वडापत्र छैन न सहायता कक्ष छ । बिचौलिया केहि कम देखिए तर अझै उनिहरुको उपस्थिति देख्न सकिन्छ । टिकट सिस्टम यथावत छ । फम पैसा तिरेर पाइन्छ । बैंकको लाइन, राजस्व तिरेको भौचर लिन र अन्तिममा तोक लगाउन पनि गरी तिन ठाउँमा लाइन बस्नुपर्छ । ४ वटा कोठामा धाएपछी काम हुन्छ । राजस्व बुझाएको रसिफ बाहिर टेबलमा लुछाचुडी गरेर लिनुपर्छ । अब नविकरण कर तिर्ने व्यवस्था अनलाइन नै गर्नुको विकल्प छैन । कर तिर्न रहर लाग्ने व्यवस्था चाडै आओस् । बिचलियाको काम मात्रै प्राथमिकता दिने सिस्टम हटेकोमा खुसी लाग्यो । नागरिक वडापत्र, फम भर्न सिकाएको छवी सहित कार्यलय सूचना पाटीमा राखियोस । मजबुरीले होइन मनबाटै कर्मचारी सुधार हुन् । B***n

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Nepalganj