07/09/2026
त्रिशुली देखि बेत्रावती सम्मको राजमार्ग क्षतिग्रस्त भएकाले रसुवा जिल्लामा यातायातको पहुँचको विकल्पको रूपमा ढिकुरे (मध्य पहाडी राजमार्ग), फेदी बेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला (रसुवा) धनस्वारा, पाटिखर्क, भोर्ले, जिबजिबे, बोगटीटार (पासाङ ल्यामु राजमार्ग), कालिकास्थान - धुन्चे जाने वैकल्पिक सडक सञ्चालन गर्न बोरे भञ्ज्याङ, सानो खोला (रसुवा) धनस्वारा, पाटिखर्क खण्डमा Excavator, Backhoe loader, Tippers प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली बनाउने, साघुँरो स्थानमा सडक चौंडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्ने लगायतका मर्मत कार्य गरी ठूला सवारी साधन दुई तर्फी सञ्चालन गर्न सकिने भएको छ ।
यस अघि सञ्चालनमा रहेको काठमाडौ -टोखा -छहरे -चौघडा पुल- बाहुनबेसी -आप्र -नर्जा - लच्याङ - सरमथलि - पाटिखर्क हुदै बोगटीटार - कालिकास्थान - धुन्चे जाने बाटोमा ४ चक्के साना सवारी साधन चल्ने गरेका थिए ।
अब रसुवा जिल्लाको पाटिखर्कसम्म जाने दुई वटा वैकल्पिक सडक भएको हुँदा फेदी बेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला (रसुवा) धनस्वारा, पाटिखर्क खण्डबाट सवारी भारबाहक साधन जाने र पाटिखर्क-लच्याङ- नर्जा आप्र बाहुनबेसी चौघडा पुल (मध्य पहाडी राजमार्ग) बाट फर्किने गर्न मिल्ने भएको छ । एउटा बाट जाने अर्को बाट आउने गर्दा जाम हुँदैन ।
दुवै सडकहरू भर्खरै सञ्चालना आएका हुँदा हिलो/चिप्लो हुन सक्छ त्यसैले सावधान भएर सवारी चलाउनु होला । सवारी साधनहरूलाई सुरक्षितरूपमा गन्तव्यमा पुगुन भन्ने हाम्रो एक मात्र चाहना हो ।