09/09/2025
We together stand above party politics. We stand for our fellow students, we stand for our fellow citizens.
NSU Pulchowk is hence dissolved!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NSU , Pulchowk, Political organisation, .
09/09/2025
We together stand above party politics. We stand for our fellow students, we stand for our fellow citizens.
NSU Pulchowk is hence dissolved!
08/09/2025
Enough is Enough.
Ensure our fundamental Right to Live, we will no more tolerate us being victim due to your incompetency!!!
02/09/2025
Nepal Students' Union, Pulchowk Campus Unit, has set up an Admission Help Desk to assist new students with the admission process. Dedicated contacts are available as mentioned to assist students according to their chosen faculty.
For more information,
Contact:
Arjun Timsina
9863610637
28/08/2025
वैदेशिक अध्ययनका लागि फ्रान्स प्रस्थान गर्दै हुनुहुने नेविसंघ पुल्चोक क्याम्पस इकाईका पूर्व सभापती आदरणीय Ashmit Timsina ज्युलाई वैदेशिक तथा शैक्षिक जीवनको उत्तरोत्तर प्रगतिका लागि विशेष शुभकामना व्यक्त गर्दछौँ।
27/08/2025
भाद्र १४ गते हुन गइरहेको गरेको CDEN को निर्वाचनमा केन्द्रीय सदस्य पदका उम्मेदवार ,नेविसंघ पुल्चोक क्याम्पस इकाईका पुर्व अध्यक्ष Ar.Yugantar Paudel ज्युलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
26/08/2025
०८० र ०८१ ब्याचका विद्यार्थीहरूलाई होस्टेलमा पहिलो सेमेस्टरमा स्थान नै नदिई, प्रथम वर्षको दुबै सेमेस्टरको शुल्क असुल गरिनु सरासर अन्याय हो।
यही समस्या ०८२ र ०८३ ब्याचहरुले पनि भोग्नुपर्ने देखिन्छ। पुल्चोक जस्तो उत्कृष्ट इन्जिनियरिङ क्याम्पसमा यस्तो अवस्था हुनु निन्दनीय छ।
यो मात्र होइन, ६ वर्षअघि गरिएको आन्दोलनका २३ बुँदे सम्झौताका मागहरू आजसम्म पनि पूरा भएका छैनन्।
पुराना माग बेवास्ता भएको र नयाँ समस्या थपिँदै गएको अवस्थाले प्रशासनको लापरवाही र नियत स्पष्ट देखाउँछ।
विद्यार्थीहरूको आवाज सुन्न प्रशासनले अझ पनि ढिलासुस्ती गर्यो भने हामी अझ कडा कदम चाल्न बाध्य हुनेछौँ।
जय नेपाल 🇳🇵🇳🇵
संसदमा हाल दर्ता भएको 'शिक्षा स्वस्थ्यतथा सूचना प्रविधि समिति'द्वारा परिमार्जित "विद्यालय शिक्षा विधेयक -२०८०" यथासिघ्र पारित भई कार्यान्वयन हुन पर्ने र यस गतिशिल दस्तावेजलाई विद्यार्थीमैत्री तथा समयानुकूल बनाउने क्रममा भोलिका दिनमा पनि आवस्यक परिमार्जन हुने कुरामा असन्तुष्ट शिक्षकहरुलाई विश्वस्त पर्नुपर्ने विषयमा आफ्नो धारणा राख्दै नेविसंघ पुल्चोक इकाई।
22/07/2025
जननायक विश्वेश्वर प्रसाद कोइरालाको आज पर्न गएको ४३औँ स्मृति दिवसका दिन उहाँप्रति हार्दिक श्रद्धा सुमन स्वरूप पुल्चोक क्याम्पसको प्राङ्गणमा दिप परज्ज्वलनको कार्यक्रम सम्पन्न गरेका छौँ।
बिपी कोइराला फागत एक नाम मात्र होइनन्, आफैँमा एक सिद्धान्त, संगठन अनि परिवर्तन हुन्।
22/07/2025
नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाईले संघठनको आन्तरिक कार्यशैलीलाई थप सुदृढ, मर्यादित र उत्तरदायी बनाउने उद्देश्यले अनुशासन समिति गठन गरेको छ। जय नेपाल 🇳🇵🇳🇵
21/07/2025
हाम्रो आन्दोलन सफल भयो, भोलिबाट कक्षा कोठा फेरि खुल्नेछन्।
यसै गरी नेविसंघ पुल्चोक सदैव विद्यार्थीका हक र अधिकारका लागि निःशर्त लडिरहनेछ। स्ववियु पुल्चोक, स्ववियु थापाथली लगायत सम्पूर्ण विद्यार्थी संगठनहरुको साझा सङ्घर्षको फल आज प्राप्त भएको छ।आज उपकुलपति कार्यालयमा भएका सहमतिहरु कार्यन्वयनमा पनि हाम्रो सूक्ष्म निगरानी रहने जानकारी गराउदछौँ।
जय विद्यार्थी एकता, जय नेपाल 🇳🇵🇳🇵
नेविसंघ पुल्चोकका वरिष्ठ उपसभापति गौरब घिमिरे ज्यूले नेविसंघ पुल्चोकको सांगठनिक धारणा प्रस्तुत गर्दै
20/07/2025
आज त्रिवि केन्द्रीय क्याम्पस, उपकूलपति कार्यालय अगाडि इ.अ.स.को विकेन्द्रीकरण र शिक्षाको अधिकारको सुनिश्चितताका लागि आयोजित आन्दोलनमा स्व.वि.यू. पुल्चोक सँग ऐकेबद्धता जनाउँदै नेविसंघ पुल्चोक।
विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित हुन पर्ने र साथै ई.अ.स. लाई विकेन्द्रीकृत र स्वायत्त बनाउनै पर्ने कुरामा हामी स्पष्ट छौँ।
उपकूलपति कार्यालयले हाम्रो माग सम्बोधनमा थोरै पनि लचकता नदेखाएको हुँदा भोलि पनि हाम्रो संघर्ष जारी हुने कुरा सबैलाई जानकारी गराउँदै थप उर्जा सहित सशक्त रुपमा आन्दोलनमा उपस्थित भइदिन सम्पूर्णमा आह्वान गर्दछौं। जय नेपाल 🇳🇵🇳🇵