सहयोग उसलाई गर्नुस् जसलाई अति आवश्यक छ।
अर्ती उसलाई दिनुस् जसले माग्छ।
कसैको जीवनमा आवश्यकता भन्दा बढी सहयोग समर्थन नबन्नुहोस।
र कसैले नमागेको खण्डमा अर्ती नदिनुस्।
यसरी तपाईँको सहयोग समर्थनको अवमूल्यन हुन्छ।
तपाईं सजिलै उपलब्ध हुँदा तपाईंको साथ समर्थन सस्तो हुँदा
तपाईंको व्यक्तित्व छायाँमा पर्दछ र तपाईंको अस्तित्वमा प्रश्न उठ्छ।
AMRIT BAHADUR BK
INDEPENDENT POLITICIAN , IT CONVENOR ,SOCIAL ACTIVIST
Editor,VFx Graphics Designer,
“स्वतन्त्र अटेरी"
01/05/2025
नेपालमा वित्तीय मुद्दा उठान गरेर दीनदुःखी सर्वहारा भुइँ मान्छे दीनदुःखी गरीब नागरिकको न्यायको लागि निस्वार्थ अहोरात्र खटिने सहकरी पीडित हुन वा राज्यसत्ताले दमन गरेका नागरिक व्यक्तिगत स्वार्थ नराखी। हरेकको साथमा आफू भएको आभास दिलाउन हरेक मंच हरेक स्टेजमा सत्य बोल्ने। उसको बोलीले भ्रष्टहरु तर्सिए माफिया दलालहरुको मुटुमा ढ्याङ्ग्रो बज्यो। तस्करहरु डराए राज्यसत्ता र सम्पूर्ण गणतन्त्रलाईनै खतरा भो। जिन्दगीमा दुर्गा प्रसाइले सबै राम्रो नै गर्दै आएका थिए उनको जीवनको सबैभन्दा ठूलो गल्ती नैं राजतन्त्रको मुद्दा भिरेर हिँड्नु भो अन्तमा।
त्यही कथित राजतन्त्रको मुद्दा बोकेर हिड्ने केही अवसरवादी पञ्चे मण्डले। सीमित रैतीहरुको फन्दामा उनी परे र सुनियोजित षड्यन्त्रको सिकार बने र फसे।
उनलाई फसाइयो र देशमा गरीब निमुखा नागरिकको न्यायका लागि
सदैव निडर साहसी बनेर लड्ने एउटा योद्धा लाई बलिको बोको बनाईयो
ना उनी शक्तिमा थिए न उनी सत्तामा न उनीसँग कुनै कार्यकर्ता थियो न कुनै राजनीतक दल वास्तवमै एउटा स्वतंत्र योद्धा स्वतंत्रता सेनानी असली क्रान्तिकारी बिना राजनीतिक संरक्षण बिना कुनै शक्ति जसले सिंगो नेपाल हल्लायो र यो देशका सबै रजनती कर्मी तर्सिए।
जो वास्तवमै गरीब दिन दुखी नागरिकहरुको आवाज बन्न सक्थ्यो उ सेलायो उमाथि चौतर्फी घेराबन्दी भो र लोकतन्त्रको हत्या भो।
आज सबै चुप छन उ कालो कोठरीमा छ जनताको आवाजलाई कैद गर्न फेरी एकपटक लोकतन्त्रको खोल ओढेर बसेका अपराधीहरुको जय भयो। र पुन अधिनायक बादी सामन्ती सोषकहरुको जीत भो।
र गरिबहरू पुन एकपटक आफ्नो अधिकार को लड़ाई हारे।
उसलाई खाडलमा जाकेर फेरी नेपालको राजनीतिमा बृद्दतन्त्र फस्टायो।
राजाको नाम भजाएर के पी शर्मा ओलीले गुलामी गर्ने केही सीमित नेताहरुले दुर्गा प्रसाईलाई फसाए।
जसलाई आजसम्म न ओली ले हल्लाउन सक्यो न प्रचण्ड शेरबहादुर ले उसलाई पीठ मा छुरा घोप्ने यी धुन्दकारीले तह लगाए।
केही सीमित बिकाउ अभियन्ता ले सँगठनमा घुसपैठ गरे केही बिकाउ नेताहरुले अभियन्ता खरीद बिक्री गरे आज कोई सडकमा सञ्जालमा दुर्गा प्रसाईको पक्षमा बोल्दैन किनकि दुर्गा प्रसाई निस्वार्थ जनताको आवाज बोल्दै थियो।
अरविन्द केजरीवाल आम आदमी पार्टीको उदय र नेपालको राजनीतिमा स्वतंत्र राजनीतिको सुरुवात
अरविन्द केजरीवालले भारतको राजधानी दिल्लीमा एउटा अद्वितीय राजनीतिक प्रयोग गरे।सफा, जनमुखी र भ्रष्टाचार विरोधी आन्दोलनबाट जन्मिएको “आम आदमी पार्टी (AAP)उनको उदय र संघर्षले भारतमा वैकल्पिक राजनीति सम्भव छ भन्ने सन्देश दियो। आज नेपालमा पनि स्वतन्त्र राजनीति गर्ने नेताहरू रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ जस्ता व्यक्तिहरूले जनताको विश्वास जितिरहेका छन्।
अरविन्द केजरीवालले सामाजिक कार्यकर्ता अन्ना हजारेसँग मिलेर सन् २०११ को "इण्डिया अगेंस्ट करप्शन" आन्दोलन चलाए।
आन्दोलनले कानूनी रूपमा परिवर्तन ल्याउन नसकेको देखेपछि उनले स्वतन्त्र राजनीति सुरु गरे र २०१२ मा "आम आदमी पार्टी (AAP)" को गठन गरे।
२०१३ मा पहिलो पटक दिल्लीमा सरकार बनायो। यद्यपि त्यो सरकार ४९ दिनमै गिर्यो। तर जनताले पुन दोस्रो मौका दिए ।
२०१५ र २०२० को दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले अत्यधिक बहुमतले जित हासिल गर्यो।
आप आदमी पार्टी को राम्रा पक्षहरू थिए
जनमुखी नीति शिक्षा, स्वास्थ्य, पानी र बिजुलीमा ध्यान दिने
सस्तो र गुणस्तरीय सेवा सरकारी स्कूल र क्लिनिकहरू र सरकारी अस्पतालमा राम्रो स्वास्थ्य सुविधा
सस्तो प्रचार शैली महँगा विज्ञापन भन्दा समाजिक सञ्जाल र जनसंपर्कमा आधारित उनीहरूको पार्टी थियो
र स्थानीय तहलाई बलियो बनाउँदै अधिकार हस्तान्तरण गर्नुपर्छ भनें माग थियो।
तर समयसँगै त्यहाँ विचलन देखा पर्दै गए जस्तै उदाहरणका लागि
संवेदनशीलता र आत्मकेन्द्रित निर्णय विरोध गर्ने आफ्नै सदस्यहरूलाई पार्टीबाट निष्कासन जस्तै नेपालको कण्टेक्सट मा राष्ट्रिय स्वतंत्र पार्टीको जस्तै मुकुल ढकाल
व्यक्तिकेन्द्रित मोडेल पार्टी अरविन्द केजरीवालमै केन्द्रीत देखिन्थ्यो जस्तै राष्ट्रिय स्वतंत्र पार्टीका अध्यक्ष रवि लामिछाने
पार्टी संगठन विस्तारको असफल प्रयास दिल्ली बाहिर अन्य राज्यहरूमा कमजोर उपस्थिति।जस्तै राष्ट्रिय स्वतंत्र पार्टी लगायत बलेन हर्क रवि लामिछाने चितवन धरान र काठमाडौं लेन्दृतम
कहिले काहीँ विवादास्पद गठबन्धन विचारभन्दा सत्तालाई प्राथमिकता दिने जस्तै रवि लामिछाने ले कांग्रेस एमाले माओवादी सँगको गठबंधन
भ्रष्टाचारका आरोपहरू पार्टीले भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्म लिएको भए पनि समयक्रममा AAP भित्रकै केही नेताहरूमा भ्रष्टाचारको आरोप लागेका छन्। यसले पार्टीको नैतिक छवि र जनविश्वासमा चोट पुर्याएको थियो जस्तै रवि लामिछाने आफैं सहकारी काण्डमा मुछिए।
नेपाली स्वतन्त्र नेताहरूको बारेमा
रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ आदिका लागि सिक्नुपर्ने कुराहरू
सर्वप्रथम उनीहरूको नीतिमा स्पष्टता हुनुपर्छ।
जस्तै AAP ले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दियो। नेपाली स्वतन्त्र नेताहरूले पनि यस्तै स्पष्ट एजेन्डा विकास गर्नुपर्छ।
संगठन निर्माण जरुरी छ।
केजरीवालले आन्दोलनबाट पार्टी बनाएका थिए। नेपालको स्वतन्त्र राजनीति अझै व्यक्तिमूलक छ, संगठनात्मक रूपमा बलियो छैन।
पारदर्शिता र उत्तरदायित्व
भ्रष्टाचार विरुद्ध उभिएका नेताहरू आफैं पारदर्शी हुनु जरुरी छ। रवि लामिछानेको नागरिकता विवाद लगायत पासपोर्ट र सहकरी काण्डले जनविश्वासमा असर पार्छ।
स्थायित्व र दीर्घकालीन योजना
केजरीवाल ४९ दिनको सरकार र रवि लामिछाने को ३० दिन र १०० दिनको सरकार जस्तै, चाँडै परिणाम नदिए पनि संयमता र दूरदर्शिता आवश्यक छ।
जनसंपर्क र सशक्त संचार रणनीति
- बालेन र हर्कको शैली प्रभावकारी भए पनि दीर्घकालीन प्रभावका लागि संस्थागत संचार रणनीति विकास गर्न आवश्यक छ।
अरविन्द केजरीवालको राजनीति नेपालको स्वतन्त्र नेताहरूका लागी आशा, प्रेरणा र चेतावनी तीनवटै हो। जनताबाट उठेका नेता यदि स्पष्ट नीति, पारदर्शिता र संगठनात्मक शक्तिका साथ अघि बढे भने नेपाली राजनीतिमा नयाँ युगको शुरुआत सम्भव छ। तर यदि उनीहरू पनि पुराना नेताहरू झैं स्वार्थ, विवाद र अवसरवादमा फसे भने, परिवर्तनको सपना फेरि अधुरै रहन्छ।
आमा आदमी पार्टी भित्र भ्रष्टाचारका प्रकरणहरू देखा परेपछि जनताले सो पार्टीको नैतिक दाबीमाथि प्रश्न उठाउन थालेका छन्। त्यसैले स्वतन्त्र नेताहरूले यस्ता गल्तीबाट समयमै सिकेर आफ्नो आन्दोलनलाई जनविश्वासको बलमा टिकाउ बनाउनु पर्छ।
ढिलो चाँडो नेपालका वैकल्पिक धारका नेताहरु पनि एक पछि अर्को गर्दै। विभिन्न कण्डहरुमा मुचिदै जानबाट जोगिनु पर्छ।
कसरी भारतमा नरेन्द्र मोदीको भारतीय जनता पार्टीले सम्पूर्ण बहुमत बाट result oriented कामहरू गर्दै सत्ता हात पारेर स्थायित्व प्राप्त गर्दै गयो नेपालको राजनीतिमा पनि वैकल्पिक धार सुदृढ र बलियो हुन सकेन भने भविष्यले यही देखाउने छ र फेरि नेपाली राजनीतिमा पुरानी दलहरुको वर्चस्व कायम हुने संकेत देखिन्छ।
AAP भित्र भ्रष्टाचारका प्रकरणहरू देखा परेपछि जनताले सो पार्टीको नैतिक दाबीमाथि प्रश्न उठाउन थालेका छन्। 2025 मा सत्ता गुमाउनुका पछाडि यही विश्वसनीयताको पतन एक प्रमुख कारण बन्यो। त्यसैले स्वतन्त्र नेताहरूले यस्ता गल्तीबाट समयमै सिकेर आफ्नो आन्दोलनलाई जनविश्वासको बलमा टिकाउ बनाउनु पर्छ।
विधि फेरियोस विधान फे। बाद तंत्र फेरियोस
संविधान फेरीयोस्।नेता फरियोस् नेतृत्व फेरियोस्।
प्रविधि फेरियोस,राजा आवोस वा गणतन्त्र आवोस।
के पी शर्मा ओली प्रचण्ड देउवा आवोस वा रवि लामिछाने बलेन शाह आवोस यो देशमा गरीब दिन दुखी को दिन कहिले आउँदैन।
नेपालमा सबै गरीब मारा छन सबै राजनीतक दल रवि लामिछाने बलेन शाह लगायत सबै गरिबमारा हुन यिनको काम नै समुन्नति विकास र भविष्यका सपना बाढेर आफ्नो कुर्सी टिकाउने र सवभन्दा पहिले गरीब मार्ने गरिबको ढाड सेकेरै सुरु हुन्छ खतम पनि त्यसरी नै हुन्छ।
गरिबको लागि लड्ने र बोल्ने नेपालमा कोई जन्मिएकै छैन।
गरिबको लागि कोई बोल्दैन यहाँ
गरिबको कसैले सुन्दैन यहाँ।
यो नेपाल भन्ने देशमा आजसम्म
एउटै गरिबको नेता जन्मिएको छैन।
मजदुर दिवसको शुभकामना।
30/04/2025
पोखरा बाट भर्खरै म काठमाडौं ओर्लिए ३० मिनेटमा नै काठमाडौं 'रेल'ले ल्याईपुरायो, काठमाडौं पुरै फेरिएछ । म सिधै 'मेट्रो' चढेर लागे साथीको कोठातिर । साथीले 'पाइपवाला ग्यास' को बटन अन गरेर ५ मिनेटमै खाजा तयार पारे । खाजा खाए पछि 'AC रुम' मा आराम गर्दै मैले सोधे , AC महंगो हुदैन ? साथिले मन्द मुस्कानका साथ भने- 'हावाबाट निकालेको Almost' हो, धेरै सस्तो छ ।मैले साथीलाई सोधे– अनि कस्तो चल्दैछ जागिर ? उस्ले मुस्कुराउदै भन्यो – जागिर त छोडिसके नि, अहिले ल्यापटप लिएर किर्तिपुरको डाँडातिर जान्छु महिनाको लाखौं कमाउछु किन गर्नुपर्यो जागिर ? हो रहेछ काठमाण्डौ निकै फेरिएछ म त्यत्तिकै दङ्ग थे', हुन त पोखरा पनि त्यति अबिकसित त थिएन तर यी सबै कुराहरु processing मै थिए । हामी सुती सुती विस्तारमा भात खाएर डकार्दै उठेऊ र खाना पचाउन हामी धरहरा घुम्न निस्कियौं । धरहराको चौथो तल्ला सम्म गाडीहरू खचाखच पार्किङ गरिएका थिए । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी 'केबलकार'बाट स्वयम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो । 'पानीजहाज' चड्ने मेरो पुरानो इच्क्षा पूरा हुने वाला थियो ! बाग्मति बाट सोझै indian ocean हानिए ! त्यहाँ बाट घुमेर 'मेट्रो train' मा फेरि १ घन्टा भित्रै Kathmandu आए !त्यसपछि केरुङ काठमान्डौ काठमान्डौ केरुङ रेल कुश्मा स्टेसन पर्ने भएकाले कुश्मा को साथीलाई पनि भेटिन्छ भनेर
मेट्रो ट्रेन मा चडेको छू।
हो हो, त्यसैले Stunt गरेर मात्र देश बन्दैन है......
गफ जोत्न नि जान्न पर्छ ।
Regrets last forever
Pain is Temporary.
काम नलाग्ने भाँडो भो।
के पी ओली घाँडो भो।
ओली बाजे सन्यास लेऊ।।
This is Democracy
DONT UNDERESTIMATE THE POWER OF A COMMON MAN
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
33700
