10/03/2026
निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
…………………………………….............................................
आज मिति २०८२।११।२६ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र घर्ति क्षेत्रीज्यू द्वारा यस गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरामा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्र.ना.म.नि. दिपेन्द्र घर्ति क्षेत्रीज्यूले प्रशासनिक व्यवस्था, प्याथोलोजी , O.P.D. फार्मेसी, निर्माणाधीन भवन तथा आन्तरीक शाखाहरुको स्थलगत निरीक्षण गर्नुको साथै अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको ।
24/12/2025
दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम।
........................................................
आज मिति २०८२।०९।०९ गतेका दिन नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको चलानी नं. ४३१८ मिति २०८२।०९।०७ गतेको निर्णयानुसार प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा हुनुभएका यस अस्पतालमा कार्यरत प्र.व.ना.नि.गीताराम भुसाललाई अस्पताल प्रमुख प्रा.प्रहरी वरिष्ठ उपरीक्षक डा.अभिमन्यु श्रेष्ठज्यूले दर्ज्यानी चिन्हद्वारा सु-शोभित गर्नुका साथै उपस्थित सबैमा निर्देशन समेत प्रदान गरी "दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम" सम्पन्न भयो ।
15/10/2025
रक्तदान कार्यक्रम सम्पन्न।
.......................................
असोज-२९, पोखरा ।
“७० औ प्रहरी दिवश २०८२” को अवसरमा तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजाना, यस गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको संयोजन र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा यस अस्पतालमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी अस्पताल प्रमुख प्रा.प्रहरी वरिष्ठ उपरीक्षक डा. अभिमन्यु श्रेष्ठज्यू, पोखरा उपत्यकामा स्थित प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, जवानहरु, सर्वसाधरण समेतको समुपस्थितीमा ९८ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको ।
02/07/2025
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न ।
............................................................
मिति २०८२।०३।१८ गते यस गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका अस्पताल प्रमुख प्रा.प्रहरी बरिष्ठ उपरीक्षक डा. अभिमन्यु श्रेष्ठ र प्रा.प्रहरी निरीक्षक डा. दिपक बाबु मग्राती सहित ११ जनाको स्वास्थ्यकर्मी टोलीबाट पोखरा महानगरपालिका २५ हेम्जा स्थित मानव सेवा आश्रममा आश्रित नागरिकहरु जम्मा १३५ जनाको नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रम सम्पन्न ।
22/05/2025
निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
……………………………………..................................
आज मिति २०८२।०२।०८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यूको विशेष उपस्थितिमा यस गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरामा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्र.ना.म.नि. दिनेश कुमार आचार्यज्यूले प्रशासनिक व्यवस्था, प्याथोलोजी , O.P.D. फार्मेसी, निर्माणाधीन भवन तथा आन्तरीक शाखाहरुको स्थलगत निरीक्षण गर्नुको साथै अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको ।
11/05/2025
बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।
---------------------------------
वैशाख-२८, पोखरा ।
प्रहरी सेवामा २७ वर्ष भन्दा बढि सेवा गरी स्वेच्छिक अवकाश जान लाग्नु भएका पूर्व प्रहरी बरिष्ठ नायव निरीक्षक बालकृष्ण देवकोटा लाई बिदाई तथा अवकाश पछीको सुखमय जिवनको शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.अभिमन्यु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
02/05/2025
स्वागत, बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ।
........................................................................
बैशाख-१९, पोखरा ।
गण्डकी प्रदेश प्रहरी अस्पताल प्रमुखको रुपमा काज सरुवा भई आउनु भएका प्रा.प्रहरी वरिष्ठ उपरीक्षक डा.अभिमन्यु श्रेष्ठलाई स्वागत एवं यस अस्पतालबाट नेपाल प्रहरी अस्पताल काठमाण्डौ काज सरुवा भई जान लाग्नु भएका प्रा.प्रहरी उपरीक्षक डा.अर्जुन प्रसाद डुम्रेलाई आज संयुक्त रुपमा स्वागत, विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको ।
30/04/2025
गण्डकी प्रदेश प्रहरी अस्पताल प्रमुखको पदभार ग्रहण ।
...........................................................................................
बैशाख-१७, पोखरा ।
नेपाल प्रहरी अस्पतालको मिति २०८२/०१/१५ गतेको पत्रादेशानुसार नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौबाट गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरामा काज सरुवा भई आउनु भएका प्रा.प्रहरी वरिष्ठ उपरीक्षक डा.अभिमन्यू श्रेष्ठज्यूले आज गण्डकी प्रदेश प्रहरी अस्पताल प्रमुखको पदभार ग्रहण गर्नुभई अस्पतालको सम्पुर्ण शाखाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।
11/04/2025
स्थलगत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।
-------------------------------------------
मिति २०८१।१२।२९ गते यस अस्पतालका प्रा.प्रहरी निरीक्षक डा.दिपक बाबु मग्राती सहित ७ जनाको स्वास्थ्यकर्मी टोलीबाट वडा प्रहरी कार्यालय बगर तथा मातहत प्रहरी ईकाईका ५७ जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको ।
05/02/2025
स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न ।
..........................................................
आज मिति २०८१।१०।२३ गते बुधबार प्रा.प्रहरी उपरीक्षक डा. अर्जुन प्रसाद डुम्रे सहितको टोलिले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँ र नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँमा प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण प्रदान गरिएको ।
23/01/2025
रक्तदान कार्यक्रम सम्पन्न ।
..................................................
आज मिति २०८१।१०।१० गते बिहिबार यस अस्पतालको “आठौं स्थापना दिवश २०८१” को अवसरमा पोखरा उपत्यकाका प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कार्यालय सहयोगीहरुको whole Body Checkup तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्र.ना.म.नि.भोला बहादुर रावलज्यू, पोखरा उपत्यकामा स्थित प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, जवानहरु, पूर्व प्रहरी संगठन पोखराका पदाधिकारीहरु बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधीहरु समेतको समुपस्थितीमा ४० जना रक्तदाताहरुले रक्तदान कार्यक्रम सम्पन्न ।