20/11/2023
भाइटिका 2080
अध्यक्ष : बिहादी गाउँपालिका, पर्वत एंब
नेपाली काङ्ग्रेस,पर्बत प्रदेश ख, सभापति
20/11/2023
भाइटिका 2080
04/11/2023
निकै दु:खद महाविनाशकारी प्रकोप ..
वि.स.२०८० साल कार्तिक १७ गते मध्य राति ११:४८ बजे जाजरकोट जिल्ला काे रामिडांडा आसपास केन्द्र बिन्दु बनाई ६.४ मम्याग्निच्युटकाे भुकम्पले ठुलो मानवीय क्षति भएको खबरले स्तब्ध बनायो , यस घटनामा परी नलगाड नगरपालिका को उपप्रमुख, एंब काङ्ग्रेस नेतृ सरिता सिहं लगायत पश्चिम् रुकम र जाजरकोटमा गरि सयौं जना भन्दा बढीको मृत्यु भएकाे खबरले निकै मर्माहत बनाएकाे छ।
भुकम्पको प्रकोपमा परी मृत्यु भएका सम्पुर्ण मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित तत्काल अ-आफ्नो ठाउँबाट सहयोगका साथ उद्दारमा र राहतमा जुट्न सम्बन्धित सबैमा समेत अपिल गर्दछु ।। जय नेपाल
सभापति
परबिन गुरुङ
नेपाली काङ्ग्रेस प्रदेश सभा- ख, पर्बत
एंब अध्यक्ष बिहादी गाउपालिका
21/09/2023
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति सदस्य पदमा मनोनित हुनु भएकोमा आदरणीय नेता अर्जुन प्रसाद जोशी दाइलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु !
जय नेपाल !
🙏संबिधान दिबस २०८० को शुभकामना 🙏
नेपाली जनताको लामो संघर्ष र बलिदानपछि आजकै दिन २०७२ असौज ३ गते जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेका छौं । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस सुखद् अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली बुवाआमा,दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा व्यक्त गर्दछु!!
जय नेपाल ! जय संबिधान !!
परबिन गुरुङ
अध्यक्ष
बिहादी गाउपालिका
21/08/2023
नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
02/08/2023
पर्बत- बिहादी गाउपालिका सेवा समाज काठमाडौ द्वारा गरिएको स्वागत को लागि सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकार लगायत सहभागी सवै प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु,!!
जय नेपाल !!
22/07/2023
हार्दिक बधाई !
नेपाल लोकतान्त्रबादी अादिबासी जनजाति महासंघ पर्वतको प्रथम जिल्ला अधिवेशनले नेपाली कांग्रेस महाशिला गाउपालिकाका सभापति प्रिय् भाइ कृष्ण बहादुर गुरुङ (उज्वल) सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उहाँ लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !!
12/07/2023
नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डकी धर्मपत्नी सीता दहालको देहावसानको खबरले अत्यन्त दुख लागेको छ!स्व. दहाल प्रति हार्दिक श्रद्धाञ्जली तथा सम्माननीय प्रधानमन्त्रीज्यु र शोकाकुल उंहाको परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु!
10/07/2023
सामाजिक रुपान्तरण आजको आबस्यकता हो । समाज परिवर्तनका लागि नियम कानुन बनाएर वा राजनीतिक नारा लगाएर मात्र नहुदो रहेछ, परिवर्तनका लागि समाजको चेतनालाई बदल्नु जरुरी छ !!
!! जय नेपाल !!
परबिन गुरुङ
अध्यक्ष
बिहादी गाउपालिका,पर्बत
26/06/2023
भाबपुर्ण हार्दिक श्रद्धाञ्जली
बिहादी गाउपालिका ५ उरामपोखरा निबासी नेपाली काङ्ग्रेसका सदस्य,सामाजिक ब्याक्तित्व स्व.पितावर भुसालको यहि मिति २०८०असार ४ गते ७७ बर्षको उमेरमा भएको असमायिक निधनले स्तब्ध बनाएको छ, यस दु:खद घडीमा सम्पूर्ण परिबार जनमा हार्दिक समबेदना व्यक्त गर्दै दिबङ्गत आत्माको चिर शान्तिको बैकुण्ठमा बासको कामना गर्दै भाबपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ,!!
सभापति
परबिन गुरुङ
नेपाली काङ्ग्रेस,प्रदेश सभा ख पर्बत,एंब
अध्यक्ष बिहादी गाउपालिका