05/05/2026
राजा सबैका साझा।
हामी सँग tiktok मा जोडिनको लागि यो लिंकमा जानुहोस https://vm.tiktok.com/ZSHtQNfnTwpyB-0waDR/
Instagram मा जोडिनको लागि यो लिंकमा जानुहोस www.instagram.com/royal_family_nepal
27/04/2026
नेकपा एमालेका महेश बस्नेतकी पत्नी अम्बिका लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघर मण्डेलामा दिउँसै कुटाई खाएकी शोभा पाठकको वीर हस्पिटलमा उपचार हुँदैछ।
27/04/2026
राजा सबैका साझा।
हामी सँग tiktok मा जोडिनको लागि यो लिंकमा जानुहोस https://vm.tiktok.com/ZSHtQNfnTwpyB-0waDR/
Instagram मा जोडिनको लागि यो लिंकमा जानुहोस www.instagram.com/royal_family_nepal
27/04/2026
प्रिय साथि मलाई यसरि नै संपुर्ण नेपाली र नेपाल हासेको हेर्न मन छ ❤️🙏❤️
27/04/2026
एमालेकी नेतृ रामकुमारी झाँक्रीले बागमती किनारको अव्यवस्थित बसोबास हटाउन आफूले पूर्व शहरी विकास मन्त्री हुँदा अघि सारेको संयुक्त आवासको योजनालाई राजनीतिक शक्ति र केही व्यक्तिको आडमा अवरुद्ध पारिएको बताएकी छन्। मन्त्रालयले इचंगु क्षेत्रमा निर्माण गरेको आवासमा थापाथलीका सुकुम्बासीलाई प्राथमिकताका साथ राख्ने तयारी गरे पनि त्यसमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ।
झाँक्रीका अनुसार तत्कालीन समयमा शहरी विकास मन्त्रालयले थापाथलीका सुकुम्बासीलाई इचंगुको संयुक्त आवासमा सार्ने र बाँकीलाई 'पहिला आउनेलाई पहिला' भन्ने आधारमा व्यवस्थापन गर्ने मोडालिटी तयार पारेको थियो। बागमती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा यो काम अघि बढे पनि सम्बन्धित पक्षले मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा असहयोग गरेको उनले उल्लेख गरेकी छन्।
बागमती नदी सुधार परियोजना (BRBIP) अन्तर्गत 'राइट अफ वे' खाली गराउन गोकर्णेश्वरदेखि थापाथलीसम्मका संरचना हटाउन खोज्दा पार्टीस्तरबाटै दबाब आएको उनले खुलाएकी छन्। "सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाउँदा टोलीलाई फिर्ता बोलाइएपछि काम अधुरो रह्यो," उनले लेखेकी छन्। सो क्रममा आफूले तत्कालीन मेयर (हालका प्रधानमन्त्री) बालेन शाहसँग विभिन्न विषयमा सहकार्य गरेको समेत उनले स्मरण गरेकी छन्।
संविधानले आवासको हक सुनिश्चित गरे पनि नागरिकले 'आफू बसेकै ठाउँमा' घर पाउनुपर्छ भन्ने मान्यता गलत रहेको झाँक्रीको तर्क छ। उनले सुकुम्बासीलाई जग्गा वितरण गर्नुभन्दा राज्यले साझेदारी मोडेलमा व्यवस्थित आवास उपलब्ध गराउनु नै दीर्घकालीन समाधान हुने बताएकी छन्।
आफ्नो कार्यकालमा सुकुम्बासी व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (ADB) र स्थानीय तहहरूसँग विभिन्न वित्तीय मोडालिटीमा छलफल गरिएको उनले जानकारी दिएकी छन्। सुकुम्बासी समस्यालाई भावनात्मक नारामा मात्र सीमित नराखी यथार्थपरक ढङ्गले समाधान गर्नुपर्नेमा उनको जोड छ।
27/04/2026
NATUF मंच मा बोले- भारत बटा रोटी, बेटी सांस्कृतिक व पौराणिक संबंध… गुप्ता
21/04/2026
गौर नगरपालिकासंग बालेन सरकारले गरेको विभेद ।
१. चुनाव प्रचारको क्रममा सबै ठाउँमा पुगे पनि गौर आएन ।
2. सबै सिमा नाकामा कडाइ गरे पनि गौर स्थित सिमा नाकामा कडाइ गरेन ।
3. सबै ठाउँ को सडक चौडीकरण गर्न घरहरु भत्काए पनि गौरमा भत्काएन ।
कमेन्ट बक्समा जानकारी दिनु ।
21/04/2026
रास्वपामा मधेशी समुदायका सांसदहरुको कतिको हैसियत छ भन्ने कुरा थाहा भएको होला नि ? कि कसो ? सन्दर्भ : एकजना मन्त्रीलाई सिधै बर्खास्त र एकजनालाई स्पष्टीकरण !
13/04/2026
उपसभामुख राप्रपा सासंद खुस्बु ओली हुने पक्का पक्की भन्ने कुरा आयो , अस्ति २/३ दिन अघि रबि ज्यु र ज्ञानेन्द्र शाहिको भेंट पनि भएको थियो .. जो भए पनि राम्रो काम गर्नु जरूरी छ 🙏❤️🇳🇵
08/04/2026
रोपाइँको सिजन आउँदै छ। यसअघि मल र कृषि सामग्री सुनिश्चित गर्नु अति आवश्यक छ। तर पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति सङ्कटका सङ्केतहरू देखापरिसकेका छन्। यस विषयलाई लिएर सरकारको तयारी के छ? म सभामुखमार्फत सोध्न चाहन्छु।