Pokhara 15 No Ward Office पोखरा १५ नं वडा कार्यालय

Pokhara 15 No Ward Office पोखरा १५ नं वडा कार्यालय

Share

You can share any queries, opinions, advice, or suggestions related to the office

१५ नं वडा कार्यालयको आधिकारिक फेसबुक पेज हो, कार्यालयसँग सम्बन्धीत कुनै जिज्ञासा, राय सल्लाह र सुझाव दिन सक्नुहुनेछ This is the official page of Ward No. 15 Office.

18/01/2026
Photos from Pokhara 15 No Ward Office पोखरा १५ नं वडा कार्यालय's post 18/01/2026

चौथो वडा खेलकुद महोत्सवको खेल तालिका र विभिन्न खेलहरुको TIE- SHEET

18/01/2026

"राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद" भन्ने मूल नाराका साथ मिति २०८२ माघ ५ गते देखि शुरू हुने चौथो वडा खेलकुद महोत्सवको उद्घाटन सत्रपूर्व देहायको मिति, समय, र स्थानमा हुने हुँदा यस वडाका रहेका सम्पूर्ण टोल विकास संस्थाहरू, आमा समूहहरू, युवा क्लब, अन्य सामाजिक संघ संस्थामा आवद्ध साथै सम्पूर्ण वडाबासीहरूलाई यसै सूचना मार्फत् उपस्थितिको लागि सादर अनुरोध गर्दछौं।
देहाय

मितिः २०८२ साल माघ ५ गते सोमबार

समयः बिहान १०: ३० बजे

स्थानः १५ नं वडा कार्यालयमा जम्मा भइ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको खेलमैदान सम्म

16/01/2026

सरसफाई कार्यक्रममा उपस्थित हुने सम्बन्धी सूचना ।।।

"राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद" भन्ने मूल नाराका साथ मिति २०८२ माघ ५ गते देखि शुरू हुने चौथो वडा खेलकुद महोत्सवको पूर्व सन्ध्यामा देहायको मिति, समय, र स्थानमा वृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हुँदा उक्त सरसफाइ कार्यक्रममा आवश्यक सामाग्री सहित उपस्थित भइदिनुहुन यस वडाका रहेका सम्पूर्ण टोल विकास संस्थाहरू, आमा समूहहरू, युवा क्लब, अन्य सामाजिक संघ संस्थामा आवद्ध साथै सम्पूर्ण वडाबासीहरूलाई यसै सूचना मार्फत् सादर अनुरोध गर्दछौं।

देहाय

मितिः २०८२ साल माघ ३ गते

समयः बिहान ७: ३० बजे

स्थानः वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको खेलमैदान, पोखरा-१५।

Photos from Pokhara 15 No Ward Office पोखरा १५ नं वडा कार्यालय's post 02/01/2026

चौथो वडा खेलकुद महोत्सव तथा विविध खेलकुद प्रतियोगिता सम्बन्धी सूचना ।

Google Maps 31/12/2025

पोखरा महानगरपालिकाको सेवा भवन स्थानान्तरण ।

गत भाद्र २४ गतेको आगजनीको कारण न्युरोडको भवन पुर्ण क्षति भइ पोखरा सभागृह बाट अस्थायी रुपमा सेवा प्रदान हुँदै आएकोमा २०८२-०९-१४ गतेदेखि नयाँबजार स्थित रास्ट्रीय वाणिज्री बैंक को पहिलो र दोश्रो तलाबाट सेवा सुचारु गरिएको जानकारी गराइन्छ।

rbb building मा सरेका सेवाहरु:
प्रमुख प्रशासकिय अधिकृत ज्यु को कार्यकक्ष,
प्रशासन महाशाखा,
राजश्व महाशाखा,
नगरकार्यपालिका लेखा,
घर नक्सा तथा अभिलेखिकरण ,
पन्जिकरण,
श्रम तथा रोजगार र सामी,
दर्ता चलानी तथा सोधपुछ।

नगर प्रमुख उप प्रमुख र अन्य शाखा तथा सेवाहरु विस्तारै आउने क्रममा छिट्टै सवै एकीकृत सेवा सुचारु हुने...

https://maps.app.goo.gl/JMxNzsmHTw9qLDPJ9?g_st=ac

Labour and Employment Section,
Pokhara Metropolitan City, Newroad
Now at (Rastriya Banijya Bank) First Floor.

Google Maps Find local businesses, view maps and get driving directions in Google Maps.

26/12/2025

घरमै बसेर मेरो कित्ता बाट जग्गाको नक्सा यसरी लिनुहोस
त्यसका लागि :
1. https://merokitta.dos.gov.np/ मा जानुहोस।
2. "सेवा लिने निवेदन" मा click गर्नुहोस।
3. आवश्यक विवरण भरी निवेदन पेश गर्नुहोस।
3. तपाईंको निबेदन नापी कार्यालय बाट रुजु हुनेछ।
4. राजस्व तिर्नका लागी sms आउने छ ।
5. sms मा प्राप्त link मा click गरि राजस्व online प्रणाली मार्फत भुक्तानी गर्नुहोस् ।
6. तत पश्चात् तपाईंको नक्साको link तपाईको मोबाइलमै आउने छ । उक्त link मा आएको नक्सा तपाईंले जहासुकै बाट print गर्न सक्नुहुनेछ ।

Photos from Pokhara 15 No Ward Office पोखरा १५ नं वडा कार्यालय's post 23/12/2025

स्रेष्ता कायम गर्नको लागी चाहिने निबेदनको ढाँचा ।।।

23/12/2025

पोखरा महानगरपालिकाको सूचना !

पोखरा महानगर क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदिसम्म र नगर क्षेत्रका प्रमुख सडकहरुको दायाँबायाँका शटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस प्रकृतिका उद्यम तथा व्यवसायहरु यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अन्यत्र व्यवस्थापन गर्न÷गराउनुहुन सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।

साथै तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवयर पसल, डिपो तथा अन्य व्यवसायीहरुलाई समेत सडकपेटीमा निर्माण सामाग्री र साइनबोर्ड लगायतका वस्तु तथा सामाग्रीहरु नराख्न पोखरा महानगरपालिका अनुरोध गर्दछ । महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यमहरु सञ्चालन तथा सामाग्रीहरु राखेको पाइएको अवस्थामा प्रचलित कानुन बमोजिम कारवाही हुने ब्यहोरा सूचित गरिन्छ । यस अनुरोधलाई परिपालना गर्ने/गराउने सन्दर्भमा आवश्यक सहयोग तथा सहजिकरण गरिदिनुहुन सम्बन्धित घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई समेत अनुरोध गरिन्छ ।

– पोखरा महानगरपालिका

मिति : २०८२/०९/०७

16/12/2025

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम भोली बुधवार बिहान १० बजे मानवअधिकारचोक चिप्लेढुंगाबाट सुरु भई पोखरा सभागृह पुगी मुल समारोहमा परिणत हुने कार्यक्रम रहेकाले उक्त र्यालीमा आफ्नो सांस्कृतिक पहिचान झल्कने भेसभुसा तथा झाँकी र्याली सहित उपस्थितिका लागि आम नगरवासीहरूमा पोखरा महानगरपालिका हार्दिक निमन्त्रणा गर्दछ ।

- पोखरा महानगरपालिका

16/12/2025

६७औँ स्थापना दिवसका दिन मिति २०८२ पुस २ गते बुधबारका कार्यालयको नियमित सेवा प्रवाह नहुने सम्बन्धी सूचना!!

६७औँ स्थापना दिवसका दिन कार्यालयको नियमित सेवा प्रवाह नहुने सम्बन्धी सूचना!!

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address

Kaski
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00