प्यारा मेरा साथी–भाइहरू,
राजनीतिक आन्दोलनले मानिसलाई उक्साउँछ, उत्तेजित बनाउँछ। क्यामेराको अगाडि भाइरल हुन मन लाग्छ, ढुंगा हान्न र आगो बाल्न ठूलो जोश आउँछ। दाइका लागि, बा का लागि लडियो भने भोलि लाभ पाइन्छ भन्ने स्वार्थ पनि हुन्छ।
हिजो गृह मन्त्रालयमा हाम्रा दाइ, नत्र तिम्रा बा नै हुन्थे , उनीहरुकै चल्थ्यो। पुलिस चौकी पुगेको केही घण्टामै सम्मानका साथ छुट्ने थियौँ। तर आज न मेरा दाइको चल्छ, न तिम्रा बा , अझ तिम्रा बा त समातिइसके!
गृह, रक्षा र सरकार एकैसाथ छन्, र आजको सरकार हिजो जस्तो छैन, एउटा घुर्कीले ढल्ने।
पूरा ५ वर्ष कसैले केही गर्न सक्दैन। त्यसैले, यदि कुनै हालतमा तिमी प्रहरीको हातमा पर्यौ भने, तिम्रा बा का लागि केही फरक पर्दैन, न देशकै लागि , तर तिमी त आफ्ना परिवारका लागि सबै थोक हौ।
भोलि राज्यले चाहे धरौटी राख्न पनि पैसा नपुग्ने अवस्था आउन सक्छ। त्यसैले “आन्दोलन” भनेर उक्साउने कामले जन्म दिएका बा–आमा र तिमीबाट जन्मिएका सन्तानलाई सधैँ पीडा हुने काम नगर।
नेपाल बन्छ, काम गर्न देऊ।
✍️
Ramesh Karki
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramesh Karki, Kathmandu.
बालेन सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरू यस्ता छन्।
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।
समानुपातिक मतबाट सिट विभाजन कसरी हुन्छ?
नेपाल को प्रतिनिधि सभा मा कुल २७५ सांसद हुन्छन्।
१६५ जना – प्रत्यक्ष (Direct election)
११० जना – समानुपातिक (PR system)
समानुपातिकमा मतदाताले व्यक्तिलाई होइन, पार्टीलाई मत दिन्छन्।
सिट बाँड्ने प्रक्रिया
१) कुल सदर मत निकाल्ने
पहिले देशभरि खसेको समानुपातिक मतमध्ये सदर (valid) मत कति छ भनेर निकालिन्छ।
👉️उदाहरण
कुल मत = १ करोड १० लाख
बदर = ५ लाख
सदर मत = १ करोड ५ लाख
२) ३% थ्रेसहोल्ड (threshold) निकाल्ने
पहिले ३% कति हुन्छ भनेर निकालिन्छ।
१ करोड ५ लाख × ३%
= ३ लाख १५ हजार
➡️ जसले ३ लाख १५ हजार भन्दा कम मत पायो भने सिट पाउँदैन।
यो नियम निर्वाचन आयोग नेपाल ले राखेको हो।
३) ३% कटाउने दलको मत मात्र जोड्ने
अब ३% भन्दा धेरै मत ल्याएका पार्टीहरूको मात्र मत जोडिन्छ।
उदाहरण
मानौं सबै मिलाएर ८० लाख मत भयो।
४) १ सिट बराबर कति मत?
अब त्यो ८० लाख मतलाई ११० सिटले भाग गरिन्छ।
८०,००,००० ÷ ११०
≈ ७२,७२७
➡️ यसको अर्थ करिब ७२ हजार मत = १ सिट जस्तो हुन्छ।
५) पार्टीले पाएको मतलाई भाग गर्ने
अब कुनै पार्टीले पाएको मतलाई ७२,७२७ ले भाग गरिन्छ।
उदाहरण
कुनै पार्टीको मत = ३५ लाख
३५,००,००० ÷ ७२,७२७
≈ ४८.१२
➡️ त्यस पार्टीले करिब ४८ सिट पाउने हुन्छ।
✅ छोटो निष्कर्ष
३% भन्दा कम मत → सिट पाइँदैन
३% भन्दा बढी मत → मतको अनुपात अनुसार सिट
करिब ७०–८० हजार मत बराबर १ सिट जस्तो हुन सक्छ (मतको संख्या अनुसार फरक पर्छ)
रामेछापमा आज भएको मतदानमा जम्मा ८६,४४४ मत खसेको प्रारम्भिक विवरण छ । कुन पालिकामा कति मत खस्यो त ? हेर्नुस् :
१. मन्थली नगरपालिका: १९,७२२ मत (सबैभन्दा बढी)
२. रामेछाप नगरपालिका: ११,६८७ मत
३. खाँडादेवी गाउँपालिका: ११,३७९ मत
४. दोरम्बा गाउँपालिका: १०,१०२ मत
५. सुनापति गाउँपालिका: ९,६२५ मत
६. लिखु तामाकोशी गाउँपालिका: ८,६१८ मत
७. गोकुलगंगा गाउँपालिका: ८,५६० मत
८. उमाकुण्ड गाउँपालिका: ६,७५१ मत (सबैभन्दा कम)
गोकुलगंगा गाउँपालिका मा जम्मा झरेको मत
चुचुरे-११५३
ठोसे-१०१०
रस्नालु-१८१०
बेताली-१८४९
नामाडी-१६७८
फर्पु-१०६०
जम्मा झरेको मत ८५६०/
यस पटक मत हाल्दा, निर्दोष रूपमा ज्यान गुमाएका सहिदहरूलाई सम्झौं। उनीहरूले देखेको शान्ती, समृद्ध र सशक्त नेपालको सपना अझै अधुरै छ र त्यो सपना साकार पार्ने जिम्मेवारी अब हाम्रो काँधमा छ।
हामीले आजका लागि मात्र होइन, भावी पुस्ताका लागि कस्तो नेपाल छोड्दैछौं भन्ने गहिरो सोचौं। परिवर्तनको अवसर बारम्बार आउँदैन। लोकतन्त्रमा हरेक मत शक्ति हो, हरेक मत आवाज हो, र हरेक मतले भविष्यको दिशा तय गर्न सक्छ। पार्टीभन्दा माथि उठेर देशका लागि इमान्दार, सक्षम र दूरदर्शी नेतृत्व छानौं। व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रहितलाई पहिलो स्थान दिऔं।यो केवल मतदान होइन.. यो हाम्रो भविष्य लेख्ने क्षण हो।सचेत, जिम्मेवार र देशप्रेमी नागरिकको रूपमा आफ्नो मत सही ठाउँमा प्रयोग गरौं।
जय नेपाल 🇳🇵
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
फागुन २१ गते हुने आम निर्वाचनमा रूख चिन्हमा मतदान गरी नेपाली काङ्ग्रेस रामेछापका उमेरद्वार रामचन्द्र खडकालाई अत्यधिक बहुमतका साथ विजयी गराउन हार्दिक अपिल गर्दछु। 🙏
सहकारी ठगीमा 'रवि संलग्नताको प्रमाण'
करारमा कर्मचारी नियुक्ति सुनेको थिएँ, रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
याद राख तिमि आफ्नो जिन्दगीको मालिक हौ, यो तिम्रो जिन्दगी हो र यहाँ कस्लाई राख्ने कस्लाई निकाल्ने भन्ने अधिकार मात्र तिम्रो हो, जस्ले तिमिलाई अगि बढ्ने हौसला दिन्छन, जस्ले तिम्रो भलो चाहान्छ्न उनिहरु लाई साथमा लेऊ र आफ्नो वरिपरि भन्दा माथि राख। तर् जस्ले तिम्रो ऊर्जा कम गर्छ, जो सधैं नकारात्मक मात्रै सोच्छ् ऊनिहरु जतिसुकै पुराना साथि हुन् या आफ्ना आफन्त नै किन नहुन् ऊनिहरुलाई हटाउन कहिलै नहिचकिचाऊ, किनकि अन्तमा तिम्रो जिन्दगीको सफलता भनेको तिमिले कस्ता मान्छेहरुलाई साथ मा राख्छौ भन्ने कुरामा भर पर्छ।
आफ्नो जीवनको मालिक आफै बन Be the boss of your own life ❤️
आज शहीदहरूलाई सम्झिरहँदा मेरो आँखामा ती युवाहरूको अनुहार आइरहेछ, जसले लोकतान्त्रिक व्यवस्था भित्रै पनि सुशासनको प्रश्न उठाउँदा ज्यान गुमाउनुपर्यो। इतिहासका ती महान् त्यागहरू र वर्तमानमा नयाँ पुस्ताले बगाएको रगत दुवै मेरा लागि अमूल्य छन्। शहीदको सम्मान भाषणले होइन, सुसंस्कृत राजनीतिको अभ्यासले हुन्छ भन्ने ठान्दछु। जबसम्म भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन, तबसम्म हाम्रा वीर शहीदहरुको आत्माले शान्ति पाउने छैन। जेन-जी देखि अग्रज पुस्तासम्मको बलिदानलाई खेर जान नदिने एउटै उपाय हो - सुसंस्कृत राजनीति र भ्रष्टाचारमुक्त समाज। यहि संकल्पसहित परिवर्तनका संवाहक सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति हार्दिक नमन गर्दछु।
भावपूर्ण श्रद्धाञ्जली !
Click here to claim your Sponsored Listing.
Location
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
45400
