District Police Office, Rolpa

Website

District Police Office, Rolpa Welcome to District Police office,Rolpa Official page. For Emergencies, Dial 100 for police Support.

25/09/2026

सहिदमार्ग सडकखण्ड अवरोध भएको सम्बन्धी .
********** **************** ***************
मिति २०८३।०६।०९ गते अं.०८:३० बजे जिल्ला रोल्पा माडी गा.पा. २ ब्याङखोला स्थित घोराही-थवाङ सहिदमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट ढुङ्गा माटो सहितको पहिरो खस्न जाँदा बाटो पुर्ण रुपमा अवरोध भएको भनि ऐ. ०८;४० बजे इ.प्र.का. घर्तीगाँउ रोल्पामा खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा इ.प्र.का. घर्तीगाँउ रोल्पाबाट प्र.ह.उपेन्द्र प्रसाद उपाध्यायको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटी गई JCB सँग समन्वय गरी बाटो खुलाउने पहल भई रहेको, हाल कुनैपनी सवारी साधनहरु होल्डमा नरहेको ,उक्त स्थान इ.प्र.का. घर्तिगाउँ रोल्पा बाट अं. ५ कि.मि. दक्षिण पर्ने ।

 ""भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित"============================प्रहरी चौकी मटेला जाजरकोट दरबन्दी भई यस जिल्ला प्रहरी क...
23/09/2026

"
"भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित"
============================
प्रहरी चौकी मटेला जाजरकोट दरबन्दी भई यस जिल्ला प्रहरी कार्यालय रोल्पा अ.अ. शाखामा कार्यरत (कम्प्युटर कोड नं. ४९२६४८ प्रहरी सङ्केत नं. C-००१५६८२८) रहेका प्रहरी सहायक निरीक्षक तुल्सीं बुढा क्षेत्रीलाई २०८३ साल भदौ महिनाको "Best Police Of The Month" घोषणा गरी "Best Police Of The Month" को प्रशंसा-पत्र प्रदान गरिएको छ ।
मिति:- २०८३।०६।०७ गते

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूच...
21/09/2026

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।

19/09/2026

झगडा तथा कुटपिटमा संग्लन व्यक्तिहरु नियन्त्रणमा ।।

मिति २०८३/०६/०१ गते जिल्ला रोल्पा रुन्टिगढी गा.पा. ४ माथिल्लो मसिना स्थित ऋषि पञ्चमिको अबसरमा लागेको १ दिने परम्परागत मेलामा झै-झगडा तथा कुटपिट गर्ने ८ जना पुरुष ब्यक्तिहरुलाई अ.प्र.पोष्ट सुर्पाल बाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोली र इ.प्र.का. होलेरी रोल्पाबाट प्र.ब.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८३/०६/०३ गते अं. २०:३० बजे निजहरुलाई आ-आफ्नै घरबाट नियन्त्रणमा लिई इ.प्र.का. होलेरी रोल्पामा थप अनुसन्धान कार्य भैरहेको ।

निम्न ब्यक्तीहरुः-
१) जिल्ला रोल्पा रुन्टीगढी गा.पा. ९ सखी बस्ने बर्ष १४ को प्रविन बि.क. ।
२) ऐ.ऐ. बस्ने बर्ष १९ को रबिन बि.क. ।
३) ऐ.ऐ. गुनाम बस्ने बर्ष १९ को बसन्त कुँवर ।
४) ऐ.४ लिघा बस्ने बर्ष १९ को सेमसम रोका ।
५) ऐ.ऐ. बस्ने बर्ष १९ को बिरु बि.क. ।
६) ऐ.ऐ.बस्ने बर्ष २० को रामु बुढा मगर ।
७) ऐ.५ जसपुर बस्ने बर्ष १४ को राकेश बि.क. ।
८) जिल्ला दाङ घोराही उ.म.न.पा.१४ बसपार्क घरभई हाल रुन्टिगढी गा.पा.६ होलेरी बस्ने बर्ष २० को दर्शन सुपार्क मगर ।

10/09/2026
06/09/2026

पहिरो आई शहिद राजमार्ग अबरोध
मिति २०८३।०५।२० गते राति परेको अबिरल बर्षातको कारणले जिल्ला रोल्पा परिवर्तन गा.पा.१ खोलावाङ स्थित घोराही थवाङ शहिद राजमार्गमा माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएको भनि ऐ.०५।२१ गते अं.०६;३५ बजे प्र.चौ.कुरेली रोल्पामा खबर प्राप्त हुनासाथ तत्काल प्र.चौ.कुरेलि रोल्पाबाट प्र.ह.को कमाण्डमा प्रहरी टोलि खटिगई बाटो खुलाउनको लागि सरोकारवाला निकाय सँग समन्वय भैरहेको छ ।

03/09/2026

सहिद राजमार्ग अबरोध भए सम्बन्धमा !

मिति २०८३।०५।१८ गते अं.१५;४० बजेको समयमा जिल्ला रोल्पा परिवर्तन गा.पा.वडा नं.६ दुईखोलि बजार स्थित घोराही थवाङ सहिद मार्गमा बाटोको तल्लो भाग पहिरो गई बाटो पुर्ण रुपमा अबरोध भएको भनि ऐ.१५;४५ बजेको समयमा खबर प्राप्त हुनासाथ ऐ.१५;५० बजेको समयमा प्र.स.नि. को कमाण्डमा ३ जनाको प्रहरी टोलि खटि गई बाटो खुलाउने पहल भइरहेको !!!

03/09/2026

सहिदमार्ग अवरोध भएको सम्बन्धमा !!

मिति २०८३/०५/१७ गते राती देखी परिरहेको अबिरल बर्षाको कारण जिल्ला रोल्पा परिवर्तन गा.पा.३ भालखोर सहिद राजमार्ग सडकखण्डमा पहिरो खस्न जादा बाटो पूर्णरूपमा अवरोध भएको छ, भनि ऐ. १८ गते ०८:०० बजे प्र.चौ. बागमारा रोल्पामा खबरप्राप्त हुनसाथ तत्काल उक्त स्थानमा प्र.चौ. बागमारा रोल्पा बाट प्र.ह. (९८६४९४३३५०) को कमाण्डमा २ जनाको टोलि खटीई गई सरोकारवालाहरु सँग समन्वय गरी बाटो खुलाउने पहल भइ रहेको ।

25/08/2026

फरार प्रतिवादी पक्राउ..........।

मिति २०८२।०५।२३ र २४ गते भएको Gen-Z समुहको आन्दोलनको क्रममा विभिन्न कारागारहरुबाट भागेका कैदीबन्दीहरुलाई खोजतलास गरी फेला परेमा पक्राउ गरी दाखिला गर्न हुन भनि कारागार कार्यालय तुलसीपुर दाङबाट प्राप्त विवरण अनुसार बन्दी आईदी नम्बर ९१३६८५४ भएका कर्तव्य ज्यान मुद्दामा मिति २०७३।०७।२८ गतेदेखि मिति २०९३/०७/२७गतेसम्मको लागि कारागार कार्यालय तुलसीपुर दाङमा कैद भुक्तान गरिरहेका प्रतिवादी जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रा बस्ने बर्ष २६ को दिपक सुवेदी Gen-Z समुहको आन्दोलनको क्रममा उक्त कारागारबाट भागी फरार रहेकोमा निज प्रतिवादीलाई मिति २०८३।०५।०९ गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला रोल्पा, सुनिलस्मृति गाउँपालिका वडा नं. ३ रुईनिवाङ भन्ने स्थानमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आजै मिति २०८३।०५।०९ गते आवश्यक कारवाहीको लागि कारागार कार्यालय रोल्पामा पठाईएको ।

Address

Liwang Rolpa
Rolpa

Alerts

Be the first to know and let us send you an email when District Police Office, Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share