Golbazar Buzz

Golbazar Buzz

Share

Follow for Daily Updates
तपाईंको आफ्नो Golbazar Buzz
यहाँ पाइन्छ सबै ताजा खबर, भिडियो र अपडेट Not pagal

Photos from Golbazar Buzz's post 03/06/2026

सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको राष्ट्रियसभा बैठकमा सहभागी सांसदहरू।

Photos from Golbazar Buzz's post 03/06/2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

Photos from Golbazar Buzz's post 02/06/2026

सिंहदरबारस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसहित उपस्थित सांसदहरू।

Photos from Golbazar Buzz's post 02/06/2026

मधेश प्रदेश लोक सेवा आयोगको सूचना

मधेश प्रदेश लोक सेवा आयोग, जनकपुरधामले स्थानीय तह सम्बन्धी पदहरूको पदपूर्ति प्रक्रियामा राय/परामर्श माग गर्ने ढाँचा सम्बन्धमा सम्बन्धित निकायहरूलाई आवश्यक जानकारी तथा निर्देशन दिएको छ। आयोगले तोकिएको ढाँचा अनुसार राय तथा परामर्श पेश गर्न आग्रह गरेको छ।

Photos from Golbazar Buzz's post 02/06/2026

विद्यालय कर्मचारीहरूले पहिलो चरणको आन्दोलन घोषणा गरे

02/06/2026

लागू औषध (ब्राउन सुगर) सहित व्यक्तिहरू पक्राउ

Photos from Golbazar Buzz's post 02/06/2026

रौतहटमा विभिन्न मुद्दाका २६ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका २६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

02/06/2026

घुसकाण्डमा दोषी ठहर मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद

विशेष अदालतले घुस लिएको अभियोगमा दोषी ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसूर प्रमाणित भएपछि आज सजाय निर्धारण गर्दै ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना समेत तोकेको हो।

अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत सोही रकम प्राप्त गरेको पुष्टि भएकाले उक्त रकमलाई भ्रष्टाचारको विगो मानी सजाय निर्धारण गरिएको हो।

Photos from Golbazar Buzz's post 02/06/2026

रास्वपा सभापति रवि लामिछानेले नयाँदिल्लीमा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

02/06/2026

कोशी प्रदेश लोक सेवा आयोग, विराटनगरले इन्जिनियर पद (सातौँ तह) का लागि वैकल्पिक उम्मेदवार (वै.यो.क्र.नं. २) सिफारिस गरेको सूचना प्रकाशित गरेको छ।

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Golbazar
Siraha
56500