11/07/2026
मलाई डा. तोसिमा कार्की किन मन पर्छ ?
डा. तोसिमा कार्की एक कुशल शल्यचिकित्सक, स्पष्ट विचार राख्ने वक्ता र जनताको सेवाप्रति समर्पित युवा नेतृका रूपमा परिचित हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक चरणदेखि नै पार्टीलाई संस्थागत गर्न, संगठन विस्तार गर्न र जनतासँग प्रत्यक्ष जोडिन उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभवका कारण उहाँले समस्यालाई तथ्य र व्यवहारिक दृष्टिकोणबाट विश्लेषण गर्दै स्वास्थ्य प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ राजनीतिमा सक्रिय भूमिका रोज्नुभयो।
२०७२ सालको भूकम्पका बेला राहत संकलन र उपचार देखि GenZ आन्दोलनका घाइतेहरूको उपचारमा अग्रपंक्तिमा खटिएर उहाँले सेवा भावलाई व्यवहारमै प्रमाणित गर्नुभएको छ। सबैको कुरा धैर्यपूर्वक सुन्ने, सहज रूपमा संवाद गर्ने र आवश्यक पर्दा जुनसुकै व्यक्तिको सहयोगमा तत्पर रहने उहाँको नेतृत्व शैलीले उहाँलाई जनविश्वास जित्न सफल बनाएको छ। एक युवा महिला नेतृका रूपमा उहाँ महिला सशक्तीकरण, समान अवसर र नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिताको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। समाजका विभिन्न क्षेत्रमा पछाडि पारिएका महिलाहरूलाई आत्मनिर्भर, सक्षम र नेतृत्वदायी बनाउन उहाँले प्रेरणा र हौसला प्रदान गर्दै आउनुभएको छ। सेवा, समर्पण, इमानदारी र दूरदर्शी सोचले भरिएको उहाँको नेतृत्व धेरै युवापुस्ता र महिलाका लागि प्रेरणाको स्रोत बनेको छ।