प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत

प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत

Share

assembly.karnali.gov.np

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 01/06/2026

मिति २०८३ साल जेठ १८ गते सोमबार सामाजिक विकास समितिको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा मातहतका निकायहरूबाट चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका तथा सम्पन्न हुन बाँकी रहेका योजना तथा कार्यक्रमहरू, साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का नीति, योजना एवं क्रियाकलापहरूको प्राथमिकता निर्धारण सम्बन्धमा माननीय मन्त्रीज्यूसँग छलफल गरियो। बैठकमा चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका कार्यक्रमहरूको प्रगति अवस्थाबारे जानकारी लिँदै बाँकी रहेका योजना तथा कार्यक्रमहरू यथाशीघ्र, प्रभावकारी तथा परिणाममुखी रूपमा कार्यान्वयन गरी अपेक्षित उपलब्धि हासिल गर्न मन्त्रालयलाई सुझाव दिइयो।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 30/05/2026

मिति २०८३ साल जेठ १६ गते अर्थ तथा प्राकृतिक स्रोत समितिको बैठक बसि “कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” का सम्बन्धमा दर्ता भएका संशोधन प्रस्तावहरू उपर संशोधन प्रस्तावकर्ता माननीय सदस्यज्यूहरू, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका माननीय मन्त्री, माननीय राज्य मन्त्री, सचिवज्यू र कर्मचारीहरुसँग व्यापक दफावार छलफल गरियो।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 28/05/2026

मिति २०८३ साल जेठ १४ गते अर्थ तथा प्राकृतिक स्रोत समितिको बैठक बसि “कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” का सम्बन्धमा दर्ता भएका संशोधन प्रस्तावहरू उपर संशोधन प्रस्तावकर्ता माननीय सदस्यज्यूहरू, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका माननीय राज्य मन्त्री, सचिव लगायतसँग छलफल गरियो।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 27/05/2026

मिति २०८३ जेठ १३ गते प्रदेश मामिला समितिको बैठक बसी कर्णाली प्रदेश आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश सरकारका माननीय मुख्यमन्त्री, संशोधन प्रस्तावकर्ता माननीयज्यूहरू, प्रमुख सचिव, कानुन सचिव लगायतसँग संशोधन प्रस्तावउपर छलफल गरियो।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 27/05/2026

मिति २०८३ साल जेठ १३ गते सार्वजनिक लेखा समितिको बैठक बसी आर्थिक मामिला तथा योजना मन्त्रालयको बेरुजु माथि दफावार छलफल गरियो ।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 26/05/2026

मिति २०८३ साल जेठ १२ गते सार्वजनिक लेखा समितिको बैठक बसी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेरुजु माथि दफावार छलफल गरियो ।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 25/05/2026

मिति २०८३ साल जेठ ११ गते सार्वजनिक लेखा समितिको बैठक बसी भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयको बेरुजु माथि दफावार छलफल गरियो ।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 22/05/2026

आज मिति २०८३ साल जेठ ८ गते प्रदेश मामिला समितिको बैठक बस्यो। बैठकमा “कर्णालि आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि छलफल गरिएको थियो। उक्त छलफलमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, कानुन सचिव, उपसचिव लगायत सम्बन्धित पदाधिकारी तथा व्यक्तित्वहरूसँग विधेयकका विभिन्न व्यवस्थाहरूका विषयमा गहन छलफल गरियो।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 22/05/2026

मिति २०८३ साल जेठ ८ गते शुक्रवार बसेको सामाजिक विकास समितिको बैठकले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषि ऐन, २०७६’ को उत्तरविधायिकी परीक्षणसम्बन्धी बाँकी कार्य अगाडि बढाउने निर्णय गरियो।

Photos from प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश सुर्खेत's post 22/05/2026

मिति २०८३ साल जेठ ८ गते सार्वजनिक लेखा समितिको बैठक बसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बेरुजु माथि दफावार छलफल गरियो ।

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address

Karnali Provience
Surkhet